सवारी दुर्घटनामा युवकको मृत्यु, दुर्घटनामा दुईजनाको मृत्यु

images_6

पर्सा, चैत १२ गते । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गएराति भएको सवारी दुर्घटनामा परी १७ वर्षीय युवकको मृत्यु भएको छ ।

गाउँपालिका वडा नं ५ महुवन नजिकै ना१त ८८३६ नंको ट्र्याक्टरले ठक्कर दिँदा ना५१प २७७ नंको मोटरसाइकलमा सवार रहेका स्थानीय रत्न साह कलवारको मृत्यु भएको हो ।

बालुवा ढुवानी गर्ने ट्र्याक्टले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कलवारलाई वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा राखिएको छ भने ट्र्याक्टर र विन्दवासिनी गाउँपालिका–३ निवासी ट्र्याक्टर चालक दिनेश चौरसियालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

दुर्घटनामा दुईजनाको मृत्यु

लहान, चैत १२ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसाहामा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । 


मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखीपुर नगरपालिका–४ महादेवका ३५ वर्षीय राजीवकुमार चौधरी र साइकलयात्री सुरुङ्गा नगरपालिका–८ का ३० वर्षीय महेश ठाकुर रहेको प्रहरीले जनाएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प १९७७ नंको मोटरसाइकलले गएराति साइकललाई ठक्कर दिएको थियो । चौधरी र ठाकुरको लहानस्थित डिभाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । 

मोटरसाइकलमा पछाडि सवार सप्तरी बोदेबर्साइन नगरपालिका–८ का ३० वर्षीय भुनेश्वर चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । 

(रासस)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना