सामाजिक सञ्जालको प्रयोग

baburam adhikariबाबुराम अधिकारी

तपाईंको मोबाइल नम्बर कति हो ? भनी कसैले सोध्यो भने मेरो त मोबाइल छैन भन्ने जवाफ दिने व्यक्ति सायदै भेटिन्थे । त्यसैगरी लेखेपढेका व्यक्ति फेसबुक, ट्वीटर खाता वा आइडी नभएको व्यक्ति आजकल सायदै भेटिएला । गाउँघरमा यस्ता व्यक्तिको ठूलै सङ्ख्या हुन सक्ने भए पनि शहरीया व्यक्तिमा सामाजिक सजालमा खाता वा आइडी नहुनु भनेको पाखे हुन वा आधुनिक हुन नसक्नु भन्ने भ्रम समाजमा व्याप्त देखिन्छ ।
सामाजिक सञ्जालमा खाता हुनु वा यस्ता सञ्जालसँग पहुँच हुनु नराम्रो नहोला । तर यसको प्रयोगको प्रवृत्ति वा अभ्यास हेर्दा भन्ने सन्तोष मानेर बस्न सक्ने स्थिति देखिँदैन । केहि दिन पहिला फेसबुकमा पोष्ट गरिएको एउटा बच्चा नुहाएको चिसो कट्टुसहित “मेरो आमाको फेसबुक हेर्ने बानी छुटाइदेउ भगवान् भन्दै प्राथना गरेको विषयले हामीलाई संवेदनशील भएर सोच्न बाध्य बनाएको छ ।
आजकल कसैको घरमा कोही पाहुँना आए भने सबैभन्दा पहिला बाइफाइको पासवड सोध्ने र त्यसमा लाग्ने कार्य संस्कृतिको रूपमा विकसित हँुदैछ । यसले पूर्वीय संस्कृतिमा रहेको सामाजिक आत्मीयता कमजोर बनाउँदैछ ।
फेसबुकको कारणले भान्से महिलाको तरकारी डढेको र सुसंस्कमृत परिवारका छोरी सडेको पनि हामीले नसुनेको होइन । सामाजिक सञ्जालको अत्याधिक प्रयोगले हाम्रो जीवनको ज्यादै महìवपूर्ण समयको ठूलो हिस्सा लिएको छ । जुन समय हामी हाम्रो आफ्नै उन्नति, प्रगति, परिवारको खुशी वा सन्तुष्टि बढाउने, समाजको भलाइमा योगदान गर्ने वा राष्ट्र निर्माण गर्ने अझ भनौँ मानव समुदायको नै सुख शान्ति अभिवृद्धि गर्ने कार्यमा प्रयोग गर्न सक्छौँ ।
सामाजिक सञ्जालको अधिक प्रयोगले हाम्रो स्वास्थ्य खासगरी आँखामा पर्ने दबाब लगायत शारीरिक वा मानसिक तनावमा पार्ने प्रतिकूल प्रभावको बारेमा त विचारै गरेका हुँदैनौँ । यसको असर पनि कम्ती खतरनाक नहोला ।
सामाजिक सञ्जालको कारणले हाम्रा बच्चाको पढाइमा प्रतिकूल असर परेको विषयमा हामी अनविज्ञ छैनौँ बरु सुख दुःख बाड्ने प्रत्येक अवसरमा हामी यी विषयलाई उठाइरहेको समेत हुन्छाँै । बच्चाको गृहकार्य इ–मेलबाट पठाएर आफ्नो उच्चस्तरको दुहाइ दिन प्रयत्नशील विद्यालय र आफ्नो बच्चाले इन्टरनेटबाट गृहकार्य डाउनलोड गरेर सम्पन्न गर्दा गर्व महसुस गर्ने हामी अभिभावकको पनि कमी छैन ।
तर झण्डै संस्कृतिको रूपमा विकसित भइरहेको माथि उल्लेखित विषय र आधुनिक जीवनशैली मानिएको भ्रमपूर्ण मान्यताले हाम्रो जीवनलाई सहज बनाएको छ
त ? अथवा सामाजिक सञ्जालको प्रयोगले हाम्रो जीवनमा खुशी वा सुख थपेको छ । अथवा महìवाकांक्षा वा चाहनाको अत्याधिक वृद्धि गरी हामीलाई तड्पाइरहेको छ । अथवा हामीले हाल प्रयोग गरिरहेको सामाजिक सञ्जालको प्रयोग गर्ने तरिका समय, अवधि ठीक
छ ? सबै सामाजिक सञ्जाल प्रयोगकर्ताको यसमा खर्च भएको समय गणना गर्ने हो भने कति अरब घण्टा समय मानव समुदायले यसमा खर्च गरे होला ? यसको कति अंश वा कति प्रतिशत उपयोगी प्रयोग भए होला ? अब हामीले यी विषयमा गम्भीर भएर सोच्ने बेला भइसकेको छ ।
फेसबुकलगायत सामाजिक सञ्जालका प्रयोगमा देखिएको ठूलो समस्या सामाजिक सञ्जालमा पोष्ट गरिने सामग्रीको किसिम वा विषय देखिन्छ । सामाजिक सञ्जालमा अत्यन्तै निजी विषय पनि पोष्ट गरेको भेटिन्छन् भने कतिपय सामाजिक मूल्य मान्यताको हिसाबले पोष्ट गर्न नहुने विषय पनि पोष्ट गरेको देखिन्छ । केही दिन अघि मात्र सामाजिक सञ्जालमा पोष्ट गरिने सामग्रीको किसिम वा आजकल सामाजिक सञ्जालको प्रयोगको प्रवृत्तिलाई ज्यादै राम्ररी समेट्ने गरी साभार गरिएको थियो । कसैका मृत्युमा समवेदना दिनु, जन्मदिनमा शुभकामना दिनु, वर्षगाठमा बधाई दिनु, बढुवा वा उन्नतिमा बधाई एवं नयाँ कार्यकालका लागि शुभकामना दिने विषय नियमित नै बनेका छन् । यस्ता विषयमा नकारात्मक टिप्पणी गर्नु आवश्यक नहोला । कसैको विवाह गरेको कति वर्ष भयो भन्ने विषय आफन्तमा बाड्दा त्यसले कति सन्तुष्टि देला तर कसैको विवाहमा भाग लिएको महिलाले आफ्नो लुगा र गहना प्रदर्शन गर्दा हाम्रो इज्जत बढेको होला वा सार्वजनिक ओहदामा बसेको व्यक्तिको परिवार रहेछ भने ती गहनाका बारेमा लागि भएको खर्चको बैधतामा प्रश्नसमेत समाजले गरिरहेको हुन सक्छ ।
कुनै कर्मचारी विदेश भ्रमणको क्रममा विमानस्थलमा खिचेर पोष्ट गरिएको फोटोले विदेश जाने क्रममा केही शुभ यात्राका सन्देश प्राप्त होलान् । थाहा छैन यी शुभ यात्राका कामना पनि भित्र मनदेखि आएका छन् वा केवल औपचारिकता मात्र हुन् । यी पनि विचारणीय पक्ष हुन सक्छन् भने ल यो त केही दिनका लागि विदेश हिँडेछ भन्ने सूचना प्राप्त भएका कारण अमूक व्यक्तिको अनुपस्थितिलाई गलत प्रयोग गर्ने अवसरको खोजीमा रहेकाका लागि उसको विषयमा आवश्यक सूचना प्राप्त हुन सक्छ । त्यसैगरी स–परिवार घुम्न गएको फोटो पोष्ट गर्दा हामीले घरमा चोर डकैती त निम्त्याई रहेका छैनौँ भनेर हामीले खै कति सोच्न भ्याएका छौ । तर यस्ता विषयमा हामीलाई कति हेक्का छ । कहिलेकाँही नपरी नचेत्ने हाम्रो बानीले अप्रिय घटनाको सिकार बनाउने सम्भावनालाई नकार्न सकिँदैन ।
यी माथिका विषय केवल प्रतिनिधि पात्र हुन् । यसको सूची लामो हुन सक्छ । यी विषय हामीले नजानेको नयाँ विषय पनि होइन । सुनिरहेको तर हटाउन नसकिएको भने पक्कै हो ।
आजको जमानामा सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने वा निरुत्साहित गर्न सम्भव नहोला तर व्यवस्थित हिसाबले चलाउन जरुरी छ । तर हाल जसरी सामाजिक सञ्जालको प्रयोग भइरहेको छ, त्यसलाई लामो समयको निरन्तरता समाजले पचाउन सक्दैन वा त्यसको मूल्य हामीले सरसर्ति सोचेभन्दा भयानक हुन सक्छ । अतः यसको उचित प्रयोगका लागि अब हामीले आ–आफ्नो ठाउँबाट उचित भूमिका निर्वाह गर्नुपर्ने अति जरुरी भइसकेको छ ।
सञ्जालमा साथी बनाउँदा वा साथीका लागि अनुरोध पठाउने विषयसमेत ज्यादै विचार गर्नु जरुरी छ । धेरै साथी बनाउनुको अर्थ त्यसका लागि थप समयको आवश्यकता बढ्नु हो । अत धेरै साथी बनाउनुभन्दा उपयोगी साथी बनाउने कुरामा ध्यान दिनु जरुरी छ ।
परिवारमा सामाजिक सञ्जालको व्यवस्थित प्रयोगमा अभिभावक वा घरमूलीको महìवपूर्ण भूमिका रहन्छ । हामी आफूँले निर्धारित वा व्यवस्थित प्रयोग नगर्ने, जुनसुकै बेला प्रयोग गर्ने, चाहिनेभन्दा बढी समय दिने तर छोराछोरीले त्यसो नगरुन् भन्ने अपेक्षा गर्ने गरेको पाइएको छ । त्यसैले छोराछोरीबाट उचित प्रयोगको आशा राख्ने प्रत्येक अभिभावक पहिले आफैँ नियमित र सामाजिक सञ्जालको उचित प्रयोग कर्ता हुनु जरुरी छ । घरमा इन्टरनेटको सुविधा छ भने पनि त्यो सुविधालाई दिनको निश्चित अवधि बिहान एक दुई घण्टा र बेलुका चार घण्टामा सीमित गर्ने हो भने त्यसले एक त इन्टरनेट सेवाको खर्चलाई कम गर्न मद्दत गर्छ भने अर्कोतर्फ इन्टरनेट आउने बेलामा बाहेक अन्य बेला सामाजिक सञ्जाल वा अन्य जथाभावी इन्टरनेट प्रयोग गर्ने सम्भावना रहँदैन ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना