बढ्दो वर्गीय विभेद

murari dhungelमुरारी ढुङ्गेल


केही समयअघिको नेपाली समाजभित्र जातीय विभेद प्रस्ट रूपमा देखिने गथ्र्यो । उच्च जात र नीच जातबीच ठूलो खाडल सिर्जना गरिएको थियो । कथित नीज जात भएकै कारणले समाजमा उसको महŒवलाई स्वीकार गरिँदैन थियो अथवा कम महŒव दिने चलन थियो । अझ नीज जातको व्यक्तिलाई कम महŒवको मानिएका काममा लगाइने गरिन्थ्यो । पारिश्रमिक (ज्याला) मा पनि भेदभाव गरिन्थ्यो । भोजभतेरका जुठो भाँडा माझ्न, खेत खन–जोत गर्न, भारी बोक्न, दाउरा चिर्नजस्ता समाजले कम महŒवको काम मानिएका काममा कथित तल्लो जातका मानिसलाई प्रयोग गरिन्थो । तल्लो जातको व्यक्तिलाई यतिसम्म हेलाको दृष्टिकोणले हेर्ने गरिन्थ्यो । तल्लो जातको व्यक्तिले बाटो हिँड्दै गर्दा उपल्लो जातको मानिस त्यही बाटो गरी आए त्यो तल्लो जातको व्यक्तिले बाटो मुन्तिर झरेर उसलाई बाटो खाली गरिदिनुपथ्र्यो । उच्च जातको मानिस हिँड्ने बाटोमा कथित नीच जातको व्यक्ति देखिएमा अशुभ भयो भनेर हेला गाली गलौज गरिन्थ्यो । उच्च जातको घरभित्र नीज जातको मानिस पस्न पाउने परिकल्पना समेत हुन्न थियो । आज त्यो सोचाइबाट समाज थोरै भए पनि परिर्वतन भएको छ ।
मानिस परिवर्तनको पक्षधर हो । कति परिवर्तन स्वतःस्फूर्त हुन्छन् त कति समय र समाजको आवश्कताले हुने गर्छन् । समाजमा हुने गरेका जातीय, धार्मिक कुरीति, अन्धविश्वास समयक्रमसँगै परिवर्तित, परिमार्जित, सुधारोन्मुख हुँदै जान्छन् । मानिसमा हुने चेतना स्तरको विकाससँगै उसले अङ्गीकार गर्ने सामाजिक–परम्परा, धार्मिक–मूल्यमान्यता परिवर्तन हुँदै जाने हुनाले समाज विकासको बाटोमा अघि बढ्छ । तर, यसको आशय यो होइन कि परिवर्तनको प्रक्रियालाई हामीले निश्चित खालको पूर्वघोषणा पूर्वअनुमान गर्न मिल्ने गरिको हुन्छ । यो समयक्रमसँगै परिवर्तन हुँदै जाने प्रक्रिया हो । परिवर्तनलाई हामीले न हाम्रो अनुकूलको गोरेटोमा हिँडाउन सक्छौँ न कि पूर्वानुमान गर्न नै सकिन्छ । परिवर्तन समयअनुकूल रहेर समाजको मुख्य आवश्यकताको पहिचान गर्दै समाजलाई नै परिवर्तत गरी अघि बढेको हुन्छ । जसले समाज प्रतिकूलको अवस्था नै सिर्जना हुन पाउँदैन । परिवर्तनको नाममा देखिने समाजलाई अपाच्य परिवर्तन दिगो हुन सक्दैन । समाजले आवश्यकता महसुस गरेको परिवर्तन नै दिया तथा प्रभावकारी हुन्छ ।
परिवर्तन मानिसले चाहेरभन्दा पनि स्वतःस्फूर्त समयक्रमसँगै समाजको आवश्यकताअनुसार हुने कुरा हो । परिवर्तन हाम्रो योजना मुताबिक हुन सक्दैन । परिवर्तनलाई मानिसमा हुने चेतना स्तरले मार्ग निर्देश गर्छ । कसैले जबर्जस्त रूपमा लादेर कसैमा परिवर्तन आउँदैन ।
हिजोको समाजभन्दा वर्तमानको समाजमा जातीय हिंसामा देखिएको परिवर्तन आकाश जमिनको फरक छ । आजकल समाजले केही हदसम्म अन्तरजातीय विवाह, सार्वजनिकस्थल तथा भोजभतेरमा हुने खानपान आदि कुरामा उच्च जात र नीज जातबीचको भेदभाव खासै पाइँदैन । हिजोको पानी चल्ने जात मानिएका तल्लो जात र उपल्लो जातबीच आज खासै छुवाछूत भएको देखिँदैन । यसो भनिरहँदा आजको समाजमा जातीय छुवाछूतको अन्त्य भइसक्यो त्यो आशय होइन तर समाजमा जातीय छुवाछूत केही हदसम्म परिमार्जन उन्मुख छ । हामी हिजोभन्दा आज समाजमा जातीय हिंसा कम भइरहेको महसुस गर्न र स्पष्ट देख्न सक्छौँ । जातीय छुवाछूतलाई एकैचोटि परिवर्तन गर्छु भनेर हुन्न, यसले झन् समाजलाई नकारात्मक दिशातिर लान सक्छ । मानिसमा आउने क्रमिक परिवर्तनले समाजमा जातीय हिंसामा सकारात्मक सुधार आउँछ ।
नेपाली समाजमा भएका राजनीतिक परिवर्तनले जातीय छुवाछूतमा परिवर्तन आएको कुरालाई नकार्न सकिन्न । मानिसले प्राप्त गरेको शिक्षाले उसको चेतना स्तरमा भएको सकारात्मक परिवर्तन नै जातीय छुवाछूत अन्त्यको मूल अस्त्र बन्न सक्छ । वर्तमान समय विश्व भूगोलीकरणको समय हो । आधुनिकीकरण उन्मुख हाम्रो युवा जमातले जातीय भेदभाव स्वीकार गर्दैन । आज हरेक मानिस परिवर्तनको पक्षधर छ, यसर्थ पनि उसले अङ्गीकार गर्ने परिवर्तनमा जातीय भेदभाव स्वतः कम हँुदै जान्छ ।
जातीय भेदभावलाई पूर्ण रूपमा अन्त्य गर्न हरेक तह–तप्का सरोकारवाला निकाय, राज्य संयत्रको भूमिका आज पनि उत्तिकै महŒवपूर्ण छ । शहरी समाजभन्दा ग्रामीण समाजमा जातीय छुवाछूत अहिले पनि केही हदसम्म देखिन्छ, त्यस्तै अशिक्षित समाजमा जातीय छुवाछूतका शेषहरू जीवित नै छन् । तराईका पहाडिया समुदायभन्दा मधेशी समुदायमा जातीय भेदभावको हिंसा तुलनात्मक रूपमा बढी भएको कुरालाई नकार्न सकिँदैन । कारण ती समुदायमा चेतना स्तर एवं शिक्षाको कमी हुनु हो । यसर्थ, राज्य स्तरबाट हरेक व्यक्तिमा सकारात्मक सोचको लागि शिक्षित तुल्याउनु अपरिहार्य कदम हो । गरिबीको कारण आज पनि नेपाली जनता शिक्षा लिनबाट वञ्चित भएका छन् । यसकारण राज्य स्तरले बेलैमा यस कुरामा ध्यान पु¥याइ शिक्षा क्षेत्रलाई हरेकको पहँुचमा पु¥याउनुपर्छ, जसले समाजमा देखिएका जातीय भेदभाव स्वतः कम हुँदै निमिट्यान्न हुन सक्छ ।
जातीय विभेदभन्दा डरलाग्दो रूपमा अहिले वर्गीय विभेद मौलाउँदो छ । धनीले गरिबलाई गर्ने व्यवहार तथा उनीहरूबाट गरिने भेदभावका हेपाह प्रवृत्ति पनि झन्–झन् बढ्दै जाने परिपाटीले जातीय विभेदभन्दा वर्गिय विभेदका कारण समाज अवनतीतिर जाँदैछ । आर्थिक रूपमा दुर्बल परिवार जातीय हिसाबमा पनि कथित तल्लो जातको भएमा उसलाई समाजले हेर्ने दृष्टिकोण नै हेपाह व्यवहारसँगै नीच हुन्छ । तुलनात्मक रूपमा कथित तल्लो जातको भए पनि आर्थिक रूपमा ऊ सबल छ भने उसलाई समाजले हेर्ने दृष्टिकोण खासै भेदभावपूर्ण हुँदैन । यसर्थ, यहाँ जातीय भेद्भावभन्दा वर्गीय भेदभावको खाडल झनै डरलाग्दो रूपमा विकास हुनुले यसमा राज्य तथा सरोकालवालाको ध्यान जान जरुरी छ । हरेक निकाय तथा राज्य संयत्रले विभेदको भेदभावको अन्त्य नहुदाँसम्म सामाजिक तथ आर्थिक विकासको सपना देख्नु भूल हो । समुन्नत समाजको परिकल्पना गर्नलाई भेदभावयुक्त समाजको अन्त्य अपरिहार्य छ । नेपाली समाजमा जातीय विभेदको अन्त्यको बाटोमा अघि बढिरहे पनि समाजका अन्य पाटोमा विभेद यथावत् रहिरहेसम्म ग्रामीण विकास हुन नसकेका कारण समाज पिछडिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना