शेयर बजारमा देखिएको निराशा.

sarojसरोज अधिकारी

 

शेयर बजारको नेप्से परिसूचकाङ्क घट्ने क्रम जारी छ । चुनावपश्चात् बजार थामिन्छ र बढ्छ भन्ने आँकलन फेल खाएपश्चात् लगानीकर्ताले नयाँ सरकार गठनसँगै बजार माथि जाने अनुमान गरेको भए पनि त्यो अनुमान गलत साबित गरिदिएको छ नेपाली शेयर बजारले । अघिल्लो वर्षको साउन महिनाबाट निरन्तर ओरालो लागेको बजार चालु आर्थिक वर्षको शुरुमा नेप्से एक हजार ६६७ अङ्कको हाराहारीमा रहेको थियो । हाल चैतको दोस्रो सातासम्म आइपुग्दा नेप्से एक हजार दुई सय नजिक आइपुगेको छ । नेप्सेमा साढे आठ महिनाको अवधिमा चार सय पचास अङ्कभन्दा माथिको गिरावट देखिएको छ । बजार यसरी घट्नुको महŒवपूर्ण कारक तŒव के–के हुन् त ? लगानी कर्ता होस् वा विश्लेषक सबैको साझा बुझाई भनेको तरलताको अभाव, बजारमा हकप्रद, एफपीओ, लिलामी शेयर, बोनस, प्राथमिक निष्काशन र संस्थापक शेयर साधारण शेयरमा परिणत भएर जस्ता विविध माध्यमबाट आपूर्ति चर्को रूपमा बढ्नु नै रहेको पाइएको छ । तरलता अभाव र लगानीयोग्य रकमको कमी रहेको वर्तमान अवस्थामा निक्षेपमा मनग्य ब्याजदर पाइने अवस्था विद्यमान नै छ भने कर्जाको ब्याजदर चर्को हुँदा शेयरमा रकम आउन सकेको छैन । नयाँ सरकार त्यसमाथि पनि अर्थतन्त्र बुझेका अर्थमन्त्रीको आगमनले बजारमा शुरुमा निकै उत्साह छाएको थियो । एकै दिन ठूलो मात्रामा बजारमा उछाल पनि देखिएको हो । तर, शेयर बजार सुधार वा बजारमैत्री नीति ल्याउने मामलामा हालसम्म सिन्को भाँच्ने काम नयाँ सरकारका अर्थमन्त्रीले नगर्नु अनि बजारका बारेमा घुमाउरो पाराले नकारात्मक टिप्पणी गर्नुले बजारमा लगानीकर्ताको मनोबल अझै बढ्न सकेको छैन । त्यसको नकारात्मक परिणाम बजारमा पर्ने क्रम जारी छ ।
शेयर बजारमा देखिएको गिरावटका कारण धेरै लगानीकर्ता ठूलो घाटा सहेरै पनि शेयर बिक्री गर्ने पक्षमा रहेको सन्दर्भले बजारमा थप गिरावट ल्याउन सघाउ पुगेको देखिन्छ । बजारमा हाल लगानीकर्ताको मनोबल र निकै कमजोर देखिएको छ । कुनै दिन केही अङ्कले बजार उकालो लाग्नेबित्तिकै ठूलो मात्रामा बिक्रीको चाप आउनुले वर्तमान सरकारप्रति लगानीकर्ताको विश्वास बढ्न सकेको देखिँदैन । शेयर बजारमा लगानीकर्ताको विश्वास कमजोर बन्दै गएको छ । यस्तो अवस्थामा सरकार नियमनकारी निकायबाट बजार विकास तथा सुधारका बारेमा कुनै ठोस नीति नआउनु भनेको दुभाग्यपूर्ण देखिएको छ । हाल मार्जिन कल र प्राथमिक शेयरका निष्काशनले बजारलाई प्रभाव पारेको छ भने बजार विस्तारका काम अघि बढ्ने दिशामा कुरा मात्र भएको पाइएको छ । नियमनकारी निकायले कुनै ठोस र उपलब्धिमूलक कार्य अघि बढाएको छैन । बढ्दो आपूर्ति धान्नका लागि ७७ वटै जिल्लामा शेयरको कारोबार विस्तार हुनु जरुरी छ भने अनलाइन ट्रडिङको कार्य पनि कछुवाको गतिमा अघि बढको छ । बैङ्कलाई ब्रोकर लाइसेन्स दिने विषय होस् वा राजधानीमा र मोफसलमा शेयर दलाल कम्पनी थप्ने कार्य होस कुनै प्रगति भएको देखिँदैन । नियमनकारी निकाय नेपाल राष्ट्र बैङ्क, सेवोन र नेप्सेजस्ता संस्था नै शेयर बजारको विस्तार गर्ने कार्यलाई अघि बढाउन आतुर देखिएका छैनन् । यस्तो अवस्थाले नेप्सेको नेतृत्व नै हालको शेयर दलाल कम्पनीको चुङ्गुलमा फसेको छ र दलाल थप्ने कुरामा अनुदार रहेको भन्ने कतिपय लगानीकर्ताको आरोप सही साबित हुने अवस्था सिर्जना भएको छ ।
बजारमा बैङ्किङ क्षेत्रमा तरलताको समस्या त छँदैछ, त्यसको अन्त्यका लागि सरकारले कुनै ठोस कदम चालेको देखिएको छैन । विदेशबाट ऋण ल्याउने कुरा बारम्बार चले पनि त्यसको कार्यान्वयनमा खासै उपलब्धि हुन सकेको छैन । विदेशी संस्था होस् वा विश्वभर छरिएर रहेको गैरआवासीय नेपाली नेपालमा राम्रो ब्याजदर
(प्रतिफल) पाउने अवस्थाको सुनिश्चितता र प्रतिफल बापतको रकम विदेशी मुद्दामा सटही गरेर लान पाउने सुविधा उपलब्ध भएको अवस्थामा नेपालमा प्रशस्त मात्रामा विदेशी लगानी आउने सम्भावना देखिन्छ । त्यसका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने देखिएको छ । दुईतिहाइभन्दा बढी मत पाएर बनेको कम्युनिस्ट सरकारले लगानीकर्तालाई आशावादी बनाउन सक्नुपर्छ, हालको जस्तो अवस्था जसमा पुँजी बजारको विकासको बारेमा न कुनै कार्य गरेको छ न बोलेको नै देखिन्छ, यस्तो अवस्थाले भने लगानीकर्ताको मनोबल खस्कनु स्वाभाविक हो ।
शेयर बजारमा हाल देखिएको नकारात्मक प्रभावको अन्त्यका लागि सरकारले तरलताको अभावको छिटोभन्दा छिटो अन्त्यका लागि पुँजीगत खर्चलाई तीव्र रूपमा बढाउन सक्नुपर्छ । नेपालको सन्दर्भमा शेयर बजारमा भएका लगानीमध्ये धेरै लगानीकर्ताले ऋण गरेर शेयर खरिद गरेको अवस्था छ । दोस्रो बजारमा शेयरको मूल्यमा आएको कमीका कारण बैङ्कमा शेयर धितोको कर्जामा आउने मार्जिन कलले लगानीकर्ता घाटा सहेरै शेयर बेच्न बाध्य भएको अवस्थाको अन्त्य गर्दै बजारमा ठूलो मात्राको गिरावट आउन नदिन शेयर कर्जामा मार्जिनको सीमा बढाउनु जरुरी देखिन्छ । हाल बैङ्कले शेयर धितोमा कर्जा प्रदान गर्दा धितोमा राख्ने शेयरको १८० दिनको औसत मूल्य वा बजार मूल्य जुन कम हुन्छ, त्यसैलाई आधार मानेर त्यसको ५० प्रतिशत शेयरमा ऋण दिने गरेका अवस्थामा सुधार ल्याएर त्यस्तो ऋण कम्तीमा ७० प्रतिशत पु¥याउनु जरुरी देखिन्छ । त्यसको साथै शेयर कर्जाको ब्याजदर निश्चित सीमाभित्र राख्नु जरुरी देखिन्छ । अघिल्लो हप्ताको तथ्याङ्कअनुसार शेयरको भाउ सस्तिएका बेला कारोबार भने ३३ प्रतिशतले बढेको छ । तरलताको अभाव भएको बेला पनि कारोबार उच्च हुन थाल्नु भनेको अब बजारमा थप गिरावट आउने क्रम रोकिने सङ्केत पनि हो । सरकारले पुँजी बजारमैत्री नीति ल्याउन वा बजारको बारेमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न अब ढिला गर्न नहुने देखिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना