राष्ट्रपतिको सम्बोधन आज

Bidya-Devi-Bhandariकाठमाडौँ, चैत १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सङ्घीय संसद्लाई सम्बोधन गर्दै हुनुहुन्छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई पहिलो पटक राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लाग्नुभएको हो । 

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछिको पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले सम्बोधन गर्न लाग्नुभएको हो । सङ्घीय संसद्को बैठक बिहीबार अपराह्न ४ बजे बोलाइएको छ ।
संविधानको धारा ९५ (१) मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिको सम्बोधनपछि चैत १६ गते बैठक राखेर सङ्घीय संसद् अधिवेशन अन्त्य गर्ने तयारी समेत गरिएको छ ।
संविधानअनुसार राष्ट्रपति प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय–संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद्को बैठक हालको प्रतिनिधिसभा हलमा बस्नेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना