नासः द्यः (नाट्येश्वर) मन्दिर १५ लाख रुपियाँमा जिर्णाेद्धार

DSCF6108

गोरखापत्र समाचारदाता-
काठमाडौं, चैत १५ गते । महर्जन बिजनेस एसोसिएट्सले न्यूरोडस्थित बसन्तपुर दरबार क्षेत्रमा जिर्णाेद्धार गरेको नासः द्यः (नाट्येश्वर) मन्दिर बिहीबारदेखि खुल्ला गरेको छ ।
महाभूकम्पमा परी क्षतिपुगेको सार्वजनिक मन्दिरलाई पूरातत्व विभागको स्विकृतिमा मौलिक नेपाली शैलीमा जिर्णाेद्धार गरिएको हो ।मन्दिरको भित्ताहरु भूकम्प प्रतिरोधात्मक बनाइएको छ ।
करिब १५ लाख रुपियाँको लागतमा जिर्णाेद्धार गरिएको उक्त मन्दिरसँगै रहेको ब्यापारिक प्रयोजनको लागि निर्माण गरिएको महर्जन बिजनेस एसोसिएट्सका पसलहरु बुकिङ्ग चाँडै खुल्ला गरिने सञ्चालक कृष्णलाल महर्जनले जानकारी दिनुभयो ।

DSCF6111
युनेस्कोबाट पनि स्विकृति पाएको मौलिक आकारको भवनमा करिब ६० वटा पसल रहनेछ । महर्जन विजनेस एसोसिएट्सले आफ्नौ मौलिक भवन सार्वजनिक पनि गरेको छ ।

मन्दिर खुल्ला कार्यक्रमपछि आयोजित प्रसाद ग्रहण कार्यक्रममा सांसदद्वय कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, काठमाडांै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । फोटो-उपेश महर्जन

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना