नेपाली पत्रकारको सङ्गठित इतिहास

taranath dahalतारानाथ दाहाल

 

 

नेपाल पत्रकार महासङ्घ नेपालका सम्पूर्ण पत्रकारको प्रतिनिधिमूलक पेसागत छाता सङ्गठन हो । यसको स्थापना वि.सं. २०१२ साल चैत १६ गते नेपाल पत्रकार सङ्घका नाममा भएको हो । यसका संस्थापक सभापति नेपाल पुकार साप्ताहिकका तत्कालीन सम्पादक कृष्णप्रसाद भट्टराई उपाध्याय हुनुहुन्छ । २००७ सालको सफल जनक्रान्तिपछि प्रजातन्त्रको उदयसँगै विकास र विस्तार भएको पत्रकारिता क्षेत्रमा पत्रकारहरूको साझा सङ्गठनको आवश्यकता महसुस भएकाले २००८ सालदेखि नै सङ्गठन निर्माणका प्रयास हुन थालेको देखिन्छ ।
२००८ साल जेठमै सत्यनारायणबहादुर श्रेष्ठको अध्यक्षतामा नेपाल पत्रकार सङ्घ नामक एउटा संस्था स्थापना गरिएको अभिलेख पाइन्छ । २००८ सालमा नेपाल पत्रकार सङ्घको स्थापना भए पनि यो सङ्घले निरन्तरता पाउन सकेन । तथापि, २००९ वैशाख २८ गते यस सङ्घले केही साधारण सदस्य, कार्यसमिति पदाधिकारी र सङ्घको उद्देश्यसमेत घोषणा गरेको देखिन्छ ।
जन्मेर पनि बीचैमा बिलाएको त्यस सङ्घको सभापतिमा सत्यनारायणबहादुर श्रेष्ठ (नेपाल टुडे), उपसभापति प्रेमराज शर्मा (गोरखापत्र), सचिव भोजबहादुर न्यौपाने (तरङ्ग), सहसचिव रामहरि जोशी (नेपाल पुकार), कोषाध्यक्ष रामराज शर्मा (नेपाल पुकार) र सदस्यमा नारायणप्रसाद उपाध्याय भट्टराई (युगवाणी), देवेन्द्रराज शर्मा, भीमभक्त जोशी (उद्योग) र प्रकाशचन्द्र टण्डन (पिटिआइ) हुनुहुन्थ्यो । सङ्घको साधारण सदस्यको सङ्ख्या कुल २१ थियो । तर, त्यसको प्रमाणित अभिलेख पाइएको छैन ।
यसरी उत्साहपूर्वक प्रारम्भ भएको संस्थाले कुनै गति नपाएपछि नेपाली प्रेसको प्रारम्भकालीन समय नेतृत्वहीन रह्यो । तर, त्यसको अभाव भने खट्किनैरहेको हुनुपर्छ । त्यसैले २०१२ साल पुस १९ गते नेपाल समाचारपत्रका प्रकाशक उदयराज शास्त्रीको अग्रसरतामा पत्रकारको भेला भएर सङ्गठन बनाउने अठोट ग¥यो । सोही अठोटलाई यथार्थमा परिणत गर्न २०१२ चैत १६ गते अर्को बैठक बस्यो र त्यसले नेपाल पत्रकार सङ्घको विधिवत स्थापना ग¥यो । त्यसैले नेपाल पत्रकार महासङ्घको स्थापनाको आधिकारिक मिति २०१२ साल चैत १६ लाई नै मानिँदै आएको हो । तथापि, यसको विधिवत दर्ता भने २ जेठ २०१३ सालमा भएको हो ।
यस सङ्घको प्रथम कार्यसमिति निम्नानुसार रहेको कुरा देवकोटाकै उक्त पुस्तकमा उल्लेख छ । सभापति कृष्णप्रसाद उपाध्याय भट्टराई (सम्पादक नेपाल पुकार), उपसभापति फत्तेबहादुर सिंह (सम्पादक नेपाल भाषा पत्रिका), मन्त्री मणिराज उपाध्याय (सम्पादक समाज), सहायकमन्त्री रामसिंह (सम्पादक नेपाल टाइम्स), कोषाध्यक्ष उदयराज शास्त्री र सदस्यमा हृदयचन्द्रसिंह प्रधान (सम्पादक जनचेतना), शारदा रेग्मी
(सम्पादक राष्ट्रवाणी) र राजबहादुर मिश्र (सम्पादक कर्मवीर) रहनुभएको थियो ।
सङ्घको सञ्चालन नियम यस प्रकारको थियो । १) राष्ट्रको सर्वतोन्मुखी विकास र प्रजातान्त्रिक पद्धतिलाई सुदृढ बनाउन देशमा प्रबुद्ध र उत्तरदायी जनमतको सिर्जना गर्न स्वच्छ पत्रकारिताको विकासमा सहयोग गर्नु, २) राष्ट्रिय हितमा धक्का नपर्ने गरी पत्रकारहरूको हक र अधिकारका लागि प्रयास गर्नु, ३) पत्र र पत्रकारमाथि समय बेसमय आइपर्ने कष्टहरूको निराकरणका लागि आवश्यक कदम उठाउनु ।
सङ्घका मुख्य नियम यस्ता थिए । १) सङ्घको सदस्य बन्न कमसेकम दुई वर्ष पत्रकारिताको क्षेत्रमा काम गरेको व्यक्ति हुनुपर्ने, २) सदस्यता प्राप्त गरेको तीन महिना नपुगेको सदस्यले मतदानमा भाग लिन नपाउने र सङ्घका सबै सदस्यले कार्यसमितिको प्रत्यक्ष निर्वाचन गर्ने, ३) प्रवेश शुल्क रु १०।– र प्रतिमहिना रु एक शुल्क बुझाउनुपर्ने तथा दुई जना सदस्यको सिफरिसमा मात्र सदस्यको आवेदन दिन पाउने । सङ्घको स्थापनाकालमा निदृष्ट गरेका उपरोक्त उद्देश्य एवं नियम आजपर्यन्त अनुकरणीय मात्र होइन, समयसामयिकसमेत पाइनुले संस्थापकको दीर्घकालीन सोच र दृष्टि सुस्पष्ट भल्किएको छ ।
नेपाल पत्रकार सङ्घको पहिलो यो उपलब्धिसँगै विवादले जन्म लियो र त्यो विवादको विषय थियो– विदेश भ्रमणको अवसर । तत्कालीन सोभियत सङ्घले नेपाली पत्रकारका लागि भ्रमणको निम्ता सरकारमार्फत दिएको थियो । त्यो अवसर हत्याउनका लागि अनेक मानिस पत्रकारका रूपमा प्रकट भए । भरतशमशेरसमेत राष्ट्रवाणी नामक पत्रिकाको प्रतिनिधिका रूपमा प्रस्तुत भएर सङ्घका सहमहामन्त्री रामासिंह भारतीय नागरिक भएको मुद्दा झिकेर सङ्घमा विवादको बीउ रोपियो ।
२०१३ सालमा सिर्जना भएको विवादमा २०१३ चैत १७ मा गोपालदास समूहले संस्थापक सभापति भट्टराईसहित मणिराज, फत्तेबहादुर र उदयराज जस्ता अग्रजलाई निष्कासनको घोषणा गरेर हास्यास्पद कार्य ग¥यो । तर, केही दिनपछि नै आपसी मेलमिलाप कायम गरी दाताराम शर्माको सभापतित्वमा सर्वसम्बत कार्यसमिति चयन गरियो ।
२०१३ साल चैत २९ गते बनेको यो दोस्रो समिति नै आधिकारिक समिति थियो । यसमा उपसभापतिमा आदित्यप्रसाद पुरी, मन्त्रीमा मणिकलाल श्रेष्ठ, उपमन्त्रीमा मदन शर्मा र कोषाध्यक्ष विष्णुबहादुर रहेको देखिन्छ । तर, यो समिति विवादमुक्त रहेन । २०१७ सालको प्रजातन्त्र मास्ने राजाको कदमपछि उत्पन्न परिस्थितिमा पत्रकार सङ्घको भूमिका जसरी सशक्त हुनुपथ्र्यो त्यो हुन सकेन । गिरफ्तार गरी जेल हालिएका पत्रकारको मुक्तिका लागि खास आवाज उठाइएको पाइएन ।
२०१८ साल भदौ ७ गते पत्रकारको एक भेला सगरमाथा संवाद समितिको कार्यालयमा सम्पन्न भयो र सो भेलाको परिणमत २०१८ भदौ १० गते फत्तेबहादुर सिंहको सभापतित्वमा नेपाल पत्रकार सङ्घको नयाँ कार्यसमिति गठन भयो । यो सङ्घको तेस्रो कार्यसमिति हो भनी मान्न सकिन्छ । ४१ जना साधारण सदस्यबाट चुनिएको यो समितिका सचिवमा मणिराज उपाध्याय, कोषाध्यक्षमा उमाकान्त दास, सदस्यमा गोपालदास श्रेष्ठ, मणिन्द्रराज श्रेष्ठ, श्यामप्रसाद र इन्द्रकान्त मिश्र रहनुभयो । यो कार्यसमितिले २०१९ वैशाख २७ मा राष्ट्रिय निर्देशन ऐन अनुकूल आवेदन दिएर २०१९ वैशाख ३१ मा विधिवत स्वीकृत प्राप्त ग¥यो ।
पत्रकार सङ्घमा फेरि झगडा बढ्यो र त्यतिबेलाको विवादको विषय थियो भारतीय प्रेस सचिव एए. एस जुगारनको घरमा भएको रात्रिभोजमा केही नेपाली पत्रकारलाई गरिएको अपमान । सचिव जुगारनले मणिन्द्रराज श्रेष्ठ र शङ्करनाथ शर्मालाई भोज भइरहेका बेला घरबाट निस्केर जान भन्दै उनीहरूको आलोचना गरेका थिए । यो विषयले पत्रकार सङ्घका ४१ संस्थापक सदस्यको विशेष अधिवेश बोलाउने आवाज चर्कियो । अन्ततः सङ्घका बहुमत २६ सदस्यले सङ्घको नयाँ कार्यसमिति घोषणा गरे ।
२०१९÷६÷१५ गते घोषित यस समितिलाई नेपाल पत्रकार सङ्घको चौथो कार्यसमिति मान्नुपर्ने हुन्छ । यस समितिमा सभापति पशुपतिदेव पाण्डे, सचिव मणिकलाल श्रेष्ठ, कोषाध्यक्ष विनय गुरुवाचार्य र सदस्यमा शशीकला शर्मा, शिवहरिसिंह प्रधान, मदनलोचन सिंह र गोविन्द वियोगी रहनुभयो । सङ्घमा आएको विभाजन लगातार चार वर्ष चल्यो । तत्काल सम्मेलन हुन सक्ने हुँदा अस्थायी समितिको सभापतिका लागि २०२३ साउन १५ मा चुनाव भयो र चुनावमा गोपालदासलाई आठ मतका विरुद्ध नौ मतले पशुपतिदेव पाण्डेले जित्नुभयो ।
यो समितिले २०२३ फागुन २४ देखि २७ सम्म नेपाल पत्रकार सङ्घको प्रथम सम्मेलन आयोजना ग¥यो । यो सम्मेलन नै सङ्घको जीवनमा यस्तो ऐतिहासिक अवसर हो, जसले यस सङ्घलाई नेपालका सबै पत्रकारको साझा र व्यापक सहभागिताको संस्था बन्न पुगेको पाइन्छ । सम्मेलनमा देशभरिका १३९ पत्रकार प्रतिनिधि सहभागी रहे । सम्मेलनले पे्रसमाथीको नियन्त्रण खुकुलो पार्न, पत्रपत्रिकाको आधार प्रकार सम्बन्धी नियमा फिर्ता लिन र पे्रसपरिषद् एवं प्रेस काउन्सिलको गठनजस्ता प्रस्ताव पारित गर्नुका साथै पहिलोपटक २२ बुँदे पत्रकार आचारसंहिता जारी ग¥यो । नेपाली पत्रकारहरूको यो नै पहिलो र व्यापक आचारसंहिता हो ।
सम्मेलनले पशुपतिदेव पाण्डेलाई नै पुनः सभापति चुन्यो । उहाँले २०२३ फागुन २८ गते मदन शर्मा महामन्त्री, गोविन्द प्रधान कोषाध्यक्ष र सदस्यमा शङ्करनाथ शर्मा, ईन्द्रकान्त मिश्र र गोपालदास श्रेष्ठ, मणिराज उपाध्याय, गोपालप्रसाद भट्टराई, इन्द्रमणि मानव, मणिन्द्रराज श्रेष्ठ, रमेश घिमिरे रहेको कार्यसमिति बनाउनुभयो । पहिलोपटक सङ्घमा काठमाडौँ बाहिरका पत्रकार घिमिरे कार्यसमितिमा चुनिनुभयो । तर, गोपालदास र ईन्द्रकान्त मिश्रले सङ्घबाट राजीनामा दिनुभयो । यसरी अनेक उतारचाढाव सहँदै अगाडि बढेको सङ्घले २०२५ सालमा दोस्रो अधिवेशन ग¥यो र सो अधिवेशनले मणिन्द्रराज श्रेष्ठलाई नेतृत्वमा ल्यायो । महामन्त्री शङ्खरनाथ शर्मा हुनुभयो ।
सोही समितिले सङ्घको तेस्रो अधिवेशन २०२६ वैशाख २८, २९ र ३० मा काठमाडौँमा नै सम्पन्न भयो । अन्ततः दुवै विवादास्पद सङ्घलाई एक बनाउन २०२६ साल असार २७ गते पारस होटलमा भेला आयोजना गरियो र साझा अस्थायी समिति गठन भयो । सो समितिमा पशुपतिदेव पाण्डे, फत्तेबहादुर सिंह, चन्द्रलाल झा, गोपालदास श्रेष्ठ, मदनमणि दीक्षित, मणिराज उपाध्याय र गोपालप्रसाद भट्टराई रहनुभएको थियो । यस समितिले नै प्रेस सल्लाहकार समिति गठन, प्रेस काउन्सिलको स्थापना र राससमा सङ्घको प्रतिनिधित्वसम्बन्धी अवधारणा सार्वजनिक ग¥यो ।
२०२७ जेठ १८ र १९ मा चौथो अधिवेशन भयो र यसबाट गोपालदास सभापति चुनिनुभयो । लगातार सङ्घको नेतृत्व विवादमा पर्नुभएका गोपालदास नेतृत्वमा स्थापित भएपछि सङ्घले हासिल गरेको उपलब्धि ऐतिहासिक महŒवका छन् । यसै कार्यसमितिले २०२८ असार ७ गते पाँचौँ र २०२९÷७÷११ गते छैठौँ अधिवेशन सम्पन्न ग¥यो भने २०३० मा सम्पन्न सातौँ अधिवेशनबाट गोकर्णदेव पाण्डे नेतृत्वमा आउनुभयो ।
यसरी अगाडि बढेको सङ्घमा २०३२ साउनमा आठौँ अधिवेशनबाट इन्दुकान्त शर्मा नेतृत्वमा आउनुभयो । उहाँको समितिले २०३३ जेठ १३ र १४ मा नवौँ अधिवेशन सम्पन्न ग¥यो । यसकालमा नेपाली पत्रकारिता जगत्मा निकै महŒवपूर्ण उपलब्धि भएका छन् । सङ्घको भवन बनाउन जग्गा प्राप्त गर्ने काम त्यतिबेला भएको थियो । पुल्चोकस्थित मन्त्रीनिवाससँगै दुई रोपनी जग्गा सङ्घलाई सरकारले प्रदान गरेको थियो । तर, सो जग्गा कालान्तरमा सङ्घका विवादास्पद सभापति मञ्जुरत्न शाक्यले बेचिदिए । यसैगरी सोही कार्याकालमा नेपालमा पत्रकारिताको पढाई त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन गर्न सङ्घले महŒवपूर्ण योगदान पु¥याएको थियो । त्रिवि सभाबाट २०३३ साउन १ गतेबाट ३० जना विद्यार्थीले आइए तहमा पत्रकारिता पढ्न शुरु गरेका हुन् ।
यसपछि सङ्घ सत्ताको निरङ्कुश घेराभित्र कैद हुन थालेको अभाष पाइन्छ । अवाञ्छित राजनीतिक हस्तक्षेप सङ्घमा आकर्षित हुँदै गएर २०३५÷७÷२१ मा भएको दशौँ अधिवेशनबाट वामपन्थी प्यानलको घोषित स्वरूप भित्रबाट मञ्जुरत्न शाक्य नेतृत्वमा पुग्नुभयो ।
२०३६ को विशेष राजनीतिक परिस्थितिले उत्पन्न अवस्थाका कारण सङ्घको आन्तरिक प्रजातन्त्र सिथिल भयो । २०३७ फागुनमा भएको ११ औँ महाधिवेशनमा पुनः मञ्जुरत्न नै निर्वाचित हुनुभयो । २०२७ सालमा पत्रकार सङ्घकै पहलमा खुलेको प्रेस काउन्सिललाई बिस्तारै सरकारी हस्तक्षेपको केन्द्र बनाइयो । सङ्घद्वारा निर्वाचित काउन्सिलका चार सदस्यलाई बैठकमा सहभागी गराइएन र पत्रकारमाथिको कारबाही चलाउँदा काउन्सिलको राय माग्ने कार्य गरिएन । यसरी सत्ता केन्द्रित हुँदै गएको सङ्घमा २०३९ मा भएको १२ औँ महाधिवेशनमा वरिष्ठ पत्रकारहरूलाई पन्छाएर निर्मलकुमार अर्याल सभापति चुनिनुभयो ।
त्यसपछि खास पत्रकार एकातिर सत्ताका ताबेदार अर्कातिर बाँडिन थाले र सङ्घको १३ औँ कथित अधिवेशनलाई पत्रकारले बहिष्कार गरे । अनि सङ्घको गौरवपूर्ण इतिहासको संरक्षणका लागि वरिष्ठ एवं क्रियाशील पत्रकारले देशव्यापी छलफल चलाउन थाले । सङ्घ गैरपत्रकारको कुण्डलीमा परिणत भएकाले सङ्घलाई पुनःगठित गरी अगाडि बढ्ने अठोट सर्वत्र भयो । अन्ततः २०४३ साल भदौ २० गते थापाथली रोटरी क्लबमा १३ औँ अधिवेशन डाकियो । प्रहरी हस्तक्षेपद्वारा पञ्चायती सत्ताले पत्रकारहरूलाई सङ्गठित हुनबाट रोक्न सकेन । पत्रकारहरू आफ्नै अधिवेशनमा कुटिए । गिरफ्तार भए । तर, सङ्गठन निर्माण गरिछाडे ।
सो भेलाले मणिराज उपाध्यायलाई सभापति घोषणा ग¥यो । अनि सङ्घको अघिल्लो दुई नेतृत्वलाई अवैध ठह¥यायो । सो भेलामा प्रहरी हस्तक्षेपका बीच पदम ठकुराठीले उपाध्यायलाई संस्थाको सभापति प्रस्ताव गर्नुभयो र भेलाले सर्वसम्मतिले सो प्रस्तावलाई अनुमोदन ग¥यो । सोही दिन राति ठाकुराठीमाथि गोली प्रहार भयो । यसरी थापाथली भेलाबाट पुनःनिर्माण प्रारम्भ भएको सङ्घले २०४६ सम्म आइपुगदा राष्ट्रव्यापी मूलधारको सिर्जना गरिसकेको थियो ।
२०४६ साल असार ९ गते काठमाडौँमा बृहत् १४ औँ अधिवेशन सम्पन्न भयो र सो अधिवेशनले गोविन्द वियोगीलाई सभापति चुन्यो । सो कार्यसमिमा महासचिव पद्मसिंह कार्की, कोषाध्यक्ष निर्मान नेवा र सदस्यमा होमनाथ दाहाल, सोमनाथ घिमिरे, विनोदमणि दीक्षित, किशोर नेपाल, कृष्णसुन्दर मल्ल, शक्ति लम्साल, पन्नालाल गुप्ता, राजेश्वर नेपाली, हरिहर विरही, रघु पन्त, गोपाल शिवाकोटी, प्रेमकुमारी पन्त, प्रेम कैदी, माथवरसिंह बस्नेत, कुमारबहादुर श्रेष्ठ, आङदोर्जे लामा र टि.आर विश्वकर्मा रहनुभएको थियो । यो कार्यसमितिले २०४६ सालको जनआन्दोलन र २०४७ सालको संविधान निर्माणमा पु¥याएको योगदान एतिहासिक महŒवको रहेको छ । जनआन्दोलनलाई निर्णायक मोडमा पु¥याउन पत्रकार सङ्घको संस्थागत योगदान उल्लेखनीय रह्यो । यसपछि संविधान निर्माणमा पनि सङ्घको भूमिका उल्लेखनीय रहेको छ । प्रेस स्वतन्त्रताको दृष्टिमा २०४७ को संविधान नेपाली प्रेसका लागि एउटा महान् उपलब्धि हो, जसको संरक्षण सुदूर भविष्यसम्म हुन अत्यावश्यक छ । प्रजान्तको पुनःस्थापना भएपछि बनेको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले नेपाली पत्रकारहरूको मूल प्रवाहका रूपमा यो सङ्घलाई विधिवत मान्यता दियो । र, २०४७ जेठ ८ गते पुनःगठित प्रेस काउन्सिलमा वियोगीले सभापतिको रूपमा प्रतिनिधित्व गरी सदाका लागि सङ्घमा फैलिएको ऐंजेरुलाई काटेर फालियो ।
२०४९ चैत ९ गते विराटनगरमा सम्पन्न सङ्घको १५ औँ महाधिवेशनमा भएको निर्वाचनमा होमनाथ दाहाल र २०५२ वैशाख १६ गते झापामा सम्पन्न सङ्घको १७ औँ महाधिवेशनबाट हरिहर विरही सङ्घको सभापतिमा निर्वाचित हुनुभयो । प्रजातन्त्रको पुनःस्थापना पछाडि नेपली पत्रकारिता जगत्ले एउटा नयाँ स्वरूप ग्रहण गर्ने वातावरण प्राप्त ग¥यो । परिवर्तित राजनीतिक परिस्थितिसँगै पत्रकारिता क्षेत्रको दायित्व र महŒवको पनि स्वभावतः विस्तार भयो । यस अवधिमा पत्रपत्रिकाको सङ्ख्या मात्र बढेन आकार र प्रकारमा वृद्धि भए । विभिन्न विषय, विधा, रुचि, उमेर र लिङ्गका पत्रकारलाई बृहत् रूपमा समेट्दै नेपाली पत्रकारिताले नयाँ फड्को मार्ने प्रयत्न ग¥यो ।
वि.सं. २०५३ जेठ २८ र २९ गते धरानमा सम्पन्न वार्षिक साधारणसभाले महासङ्घको विधान अनुमोदन गरेको थियो । केही संस्थागत सदस्यहरूसमेत सङ्गठित गरी २०५३ असार ११ गतेदेखि सङ्घलाई आधिकारिक महासङ्घ बनाइयो । सङ्घलाई महासङ्घ रूपान्तरित गर्ने गहन जिम्मेवारी हरिहर विरही सभापति रहनुभएको समयमा भएको हो ।
महासङ्घको स्वरूपमा परिणत भएपछि २०५४ भदौ ३० गते सम्पन्न १८ औँ महाधिवेशनले किशोर नेपाललाई सभापतिमा निर्वाचित ग¥यो, सो अवधिमा महासङ्घको संस्थागत भौतिक सुदृढीकरणमा उल्लेखनीय उपलब्धि जुटाएको पाइन्छ । २०५६ मङ्सिर १९ गते १९ औँ महाधिवेशन सम्पन्न भयो । सो महाधिवेशनबाट सुरेश आचार्य सभापति हुनुभयो । यसै कार्यकालमा महासङ्घले हालको सञ्चारग्रामस्थित एउटा स्थायी आवासको जग हालेको थियो । महासङ्घमा नयाँ पुस्ताको वर्चस्व यसै महाधिवेशनले स्थापित पनि भयो । यसपछि महासङ्घको विधानमा समसामयिक संशोधन गरेर कार्यसमितिको कार्यकाललाई तीन वर्षको बनाइयो । २०५९ साल वैशाख ३० गते सम्पन्न २० औँ महाधिवेशनबाट यो पङ्क्तिकार सत्रौँ सभापतिमा निर्वाचित भएको हो ।
महासङ्घका शाखा र एशोसिएट संस्थाको सङ्ख्या निकै विस्तार भयो । जिल्ला–जिल्लामा समेत महासङ्घका भौतिक संरचना खडा भएका छन् । आज १३ हजारभन्दा बढी व्यावसायिक पत्रकार यस संस्थामा आबद्ध छन् । यसको गरिमामय विकासमा म पछिका नेतृत्वमा आउने साथीहरूको भूमिका पनि उत्तिकै गतिशील देख्दा सन्तोष लाग्छ । म पछि मेरै कार्यकालमा महासचिव रहेका विष्णु निष्ठुुरी, सदस्य रहेका धर्मेन्द्र झा, कोषाध्यक्ष रहेका शिव गाउँले र सचिव रहेका महेन्द्र विष्ट महासङ्घको नेतृत्वमा आउनुभयो । यो मेरा लागि निकै खुसीको विषय हो । किनकि महासङ्घको संस्कार र यसको गति बुझेको पुस्ता अहिलेसम्म पनि कार्यसमितिको नेतृत्वमा स्थापित भइरहेको छ ।
(लेखक नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ । )

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना