प्रधानमन्त्रीको आसन्न भारत भ्रमण...


GOPAL SHOWAKOTIप्रा.डा. गोपाल शिवाकोटी

 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भारत भ्रमण यही चैत्र २३ देखि २५ गतेसम्म तीन दिन हुने तय भएको छ । यो भ्रमणमा कुनै सम्झौता नगर्ने भएकोले प्रधानमन्त्रीको सद्भावनाको भ्रमणको रूपमा मात्र रहेको छ । तर यसअघिको पहिलो प्रधानमन्त्रीकालमा भारतसँगको सम्बन्धमा असहज परिस्थिति भएको र ओलीसँगको सम्बन्ध पनि चिसो रहेकोमा अहिले हुन लागेको भ्रमणलाई लिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा अत्यन्त चासोका साथ हेरिएको छ । यो भ्रमणलाई ओलीले सम्बन्ध सुधारका लागि भएको भ्रमणको रूपमा व्याख्या गरे पनि नेपालको राजनीति र कूटनीतिक क्षेत्रमा तरङ्ग पैदा भएको देखिएको छ । भारतीय पक्षले पनि यो ओलीको भ्रमणलाई ओलीसँग र नेपालसँगको सम्बन्ध सुधारको रूपमा तयार गरेको छ ।
केपी शर्मा ओली प्रतिनिधि सभाको निर्वाचनमा वाम मोर्चाले अत्यधिक मत ल्याई विजय भएको लगत्तैपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी बधाई दिएको र भारत भ्रमणका लागि निम्ता दिएका थिए । ओलीले पनि भारतीय प्रधानमन्त्रीलाई नेपालको जानकी मन्दिर, मुक्तिनाथको धार्मिक भ्रमणका लागि निम्ता दिएका थिए । त्यस लगत्तैपछि प्रधानमन्त्री नहुँदै नरेन्द्र मोदीले विदेशमन्त्री सुष्मा स्वराजको नेतृत्वमा उच्चस्तरीय विशेष प्रतिनिधि पठाएर बधाई दिने काम गरेर भारत नेपालसँग सहकार्य गर्न र सम्बन्ध विस्तार गर्न उत्सुक रहेको भनी सन्देश दिएका थिए । नेपालले पनि भारतसँग सहकार्य गर्न र चीन र सहयोगबाट नेपालको स्थिरता र समृद्धि गर्ने कुरालाई प्राथमिकतामा राखेको भनी भारतलाई सन्देश दिएको थियो ।
ओली प्रधानमन्त्री हुने बित्तिकै पाकिस्तानका प्रधानमन्त्री अब्बासीले नेपालको भ्रमण गरी बधाई दिएका थिए भने नेपालले पनि पहिलो उच्चस्तरको विदेशी पाहुनाको रूपमा अब्बासीलाई स्वागत गरेको थियो । यसैले गर्दा भारतलाई केही सशङ्कित गराए पनि सरकार बनेपछि ओलीका निकटका विश्वास्त अर्थमन्त्री डा.युवराज खतिवडाले भारत भ्रमण गरी नेपाल जहिले पनि सीमापार आतङ्कवादको विरोधमा रहेको र नेपालको भूमिलाई कुनै राष्ट्रको विरोधमा प्रयोग गर्न नदिने भनी आश्वास्त गर्ने काम भएको थियो ।
यसैबीच भारतका प्रधानमन्त्री र चीनका राष्ट्रपति सि जीन पिङलाई पनि नेपालको भ्रमण गर्ने भनी नेपालले तयारी सुरु गरेको छ । राष्ट्रपति सिको भ्रमण नेपालको आन्तरिक राजनीतिक कारणले २०१६ मा गर्ने तयारी भए पनि स्थगित भएपछि यसैवर्ष भारतका प्रधानमन्त्री र चीनको राष्ट्रपतिको भ्रमण गराउने निर्णय गर्ने तयारी गरिरहेको सन्दर्भमा ओलीको भारत भ्रमणलाई विशेष महìव दिइएको छ ।
नेपालमा वाम सरकार बनेपछि र उसको सम्बन्ध स्वभावत चीनसँग निकट रहेको भन्ने ठानिएको र वाम सरकारमा माओवादीसमेत सम्मिलित भएकोले चीनसँग निकटता रहने कुरालाई स्वाभाविक रूपमा अड्कल गरिएको थियो । बीआरआई सम्झौतामा हस्तक्षर गरी यो परियोजनाको खाकाभित्र प्रवेश गरिसकेकोले चीनसँगको सम्बन्ध निकट हुने कुरालाई सबैले महसुस गरेका हुन् । यसैले गर्दा प्रधानमन्त्री ओलीको भ्रमण कताबाट हुन्छ भन्ने आशङ्का भइरहेको अवस्थामा परम्परालाई अनुशरण गर्दै दक्षिणतर्फबाट नै भ्रमण सुरु गरेकोले पनि यो भारत भ्रमणलाई विशेष रूपमा महìव दिइएको छ । भारतबाट सुरु गर्ने परम्पराको विरोध गर्दै आएका प्रधानमन्त्रीले ओलीले भारतबाट आफूले पनि भ्रमण सुरु गरिएकोलाई अर्थपूर्ण रूपमा हेर्ने काम भएको छ । यसैले यो भ्रमण पहिलाका सामान्य अवस्थाको भ्रमणभन्दा पनि विशेष महìव रहेको पाइन्छ ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण तीन वटा कारणले विशेष महìव रहेको छ । पहिलो त नेपालमा संविधान कार्यान्वयन भएको र अत्यधिक बहुमतबाट वाम सरकार बनेको, दोस्रो कुरा पहिलो चोटिको भ्रमणमा भारतसँगले संविधानप्रति असन्तुष्ट भई नाकाबन्दीसमेत गरी असहज परिस्थिति भएको र ओलीले भारतको विरुद्धमा अडान लिएकोले दुई देशको सम्बन्ध चिसो रहेको थियो । तेस्रो कुरा नेपाल चीनको बीआरआई परियोजनामा हस्ताक्षर गरी निकट भएको र चीनसँग निकट सम्बन्ध भइरहेकोले गर्दा अब नेपालले कस्तो किसिमको नीति लिने हो भन्ने चर्चा, परिचर्चा र आशङ्का भइरहेको अवस्थाले गर्दा यो ओलीको भारततर्फबाटै भ्रमण सुरु गर्ने र भारतसँगको सम्बन्ध सुधार गर्ने अभिव्यक्ति दिएकोले यसले विशेष महìव पाएको हो । यो भ्रमण साधारण अवस्थामा नभएर नेपालमा गणतन्त्र र स्थिरता र समृद्धिको नयाँ युग सुरु भएको नेपालमा पहिलो चोटि अत्यधिक बहुमतबाट वाम सरकार बनेको परिवर्तित परिस्थितिमा हुन लागेको यो भ्रमणलाई सबै क्षेत्रले चाखपूर्ण हेरेका छन् । साथै नेपालले चीन र भारतबीच सन्तुलित सम्बन्ध राखेर कसरी नेपालको समृद्धिका लागि सहयोग प्राप्त गर्दछ, दुवै छिमेकी मुलुकको विश्वास आर्जन गर्छ भन्ने कुराले नेपालको परराष्ट्र नीतिको सफलता र ओली सरकारको कूटनीतिक सफलता र सन्तुलनको नीति कार्यान्वयन हुन्छ भन्ने कुराले यो भ्रमण प्रधानमन्त्री ओलीको अग्नि परीक्षाको रूपमा रहेको छ । भारतले पनि नेपालप्रतिको धारणमा परिवर्तन देखा परेको छ । लोकसभाको निर्वाचनको परिणामले सङ्गठित हुँदै गएकोले छिमेकीसँग सम्बन्ध सुधार नगरेमा यसको असर निर्वाचनमा पर्ने आँकलन भारतीय संस्थापन पक्षको छ । यसै साल हुने १९ औँ लोकसभाबाट पुर्नसत्तामा शक्तिशाली रूपमा उपस्थिति हुने नरेन्द्र मोदीले छिमेकी नेपालसँग सम्बन्ध सुधार अवसरको रूपमा ओलीको भारत भ्रमणलाई लिएको हुनुपर्छ । यसको साथै भ्रमणबाट नेपालसँगको सम्बन्ध सुधारका साथै ओलीलाई आफू निकट रहेको देखाउने चीनको रणनीतिलाई पनि निस्तेज पार्ने उनको रणनीति रहेको देखिन्छ । मोदीको छिमेकीप्रतिको असफल नीतिको कारणले नै पाकिस्तानी प्रधानमन्त्री अब्बासी ओलीलाई बधाई दिन नेपाल आएकोलाई पनि नेपालसँगको नीति परिवर्तन नगरेमा यो भारतका लागि प्रतिउत्पादक हुन सक्ने आँकलन गरिएको छ । ओलीले चीनबाट भ्रमण सुरु गर्ने चर्चा चलेको अवस्थामा भारतले दक्षिणबाटै भ्रमण गराउनका लागि विशेष जोड दिएको छ । ओलीले निर्वाचित हुने बित्तिकै चीनको सिमानाको रसुवागढीमा गई रेलको चर्चा गरेकोले पनि नेपालसँगको नीतिमा सुधार गर्नुपर्ने आवश्यकता भारतले महसुस ग¥यो । साथै नेपालसँग भएका विभिन्न परियोजनालाई पनि गति दिने काम गरिएको छ । हालै पेट्रोलियम पाइपको निर्माणलाई गति दिनु तथा नेपाललाई जोड्ने पाँच वटा रेलवे मार्गको निर्माणलाई तीव्रता दिई अर्काे महिनासम्म रेलवे सञ्चालन गर्ने तथा काठमाडौँमा चार वर्षभित्र रेलवे ल्याउने कार्यलाई समेत महìव दिएर अगाडि भारतले बढाएको छ । प्रधानमन्त्रीको भारत भ्रमणमा पहिला भइसकेका सम्झौता कार्यान्वयनमा जोड दिइने भएको छ । प्रधानमन्त्रीका एजेन्डाभित्र पञ्चेश्वर परियोजना, अरुण ३, उच्च कोशी बाँध परियोजना, रेलवे, हुलाकी राजमार्ग, क्रसबोर्डर, सुपुर्दगी सन्धी, सीमापार नियमन, व्यापारघाटा रहेका छन् ।
भारतसँग धेरै खालका समस्या छन् । यसमा सीमा समस्या प्रमुख रूपमा रहेको छ । कालापानी, लिपुलेकजस्ता समस्याको साथै सुस्तामा हालै निर्माण गरिएको बाँध तथा नेपाललाई डुबाउने गरी निर्माण भएका कैलाशपुरी बाँध, लक्ष्मणपुर बाँध, कलुवा बाँध, तिलाठी आदि बाँध रहेका छन् भने खुल्ला सिमाना अर्काे चुनौतीको विषय भएको छ । साथै नेपालका अतिक्रमित भूमिसमेत समस्याको विषय छन् । व्यापारमा देखापर्ने समस्या तथा भारतीय सुरक्षाकर्मीले नेपालीलाई दिने दुःख पनि अहिलेको समस्याको विषय भएको छ । यो सबै विषयमा प्रधानमन्त्रीले उच्चस्तरमा वार्ता गरी समाधान गर्ने अपेक्षा गरिएको छ । नेपालले चीनको नजिक वा भारतको नजिक हुने नीति नलिएर आफूलाई तटस्थ राख्नु र नेपालको हितमा सम्बन्ध राख्नु अहिलेको आवश्यकता हो । यो अवस्थामा व्यवस्थामा परिवर्तन हुँदा केही सहुलियत हात गर्दैैै आएकोमा अहिले पनि आशङ्का रहेका छन् । यसैले ओलीले छिमेकीसँगको कूटनीतिमा विशेष सर्तकता र सन्तुलन अपनाउन आवश्यक छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना