सूचनाको स्रोत रेडियो नेपाल

harishaaran lamichhaneहरिशरण लामिछाने


प्रसारकको नाताले रेडियो नेपालमा स्थायी सेवा गरेको पनि २५ वर्ष पूरा भएछ । सङ््ख्यात्मकभन्दा पनि गुणात्मक दृष्टिकोणले नेपाली प्रसारण पत्रकारितामा यो अबधि कत्तिको सार्थक रह्यो । विगतको एकतन्त्रिय व्यवस्था हुँदै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा नेपाली प्रसारण माध्यम के कति सक्रिय रहे भन्ने विषयको पुनरावलोकन गर्ने प्रयासम यो आलेख केन्द्रित छ । हुन त २०४६ सालको जनआन्दोलन पछि मात्रै निजी र सामुदायिक प्रसारण माध्यम अस्तित्वमा आएका हुन् । त्यसअघि २००७ सालमा स्थापित रेडियो र २०४२ सालमा स्थापित नेपाल टेलिभिजन मात्रै अस्तित्वमा थिए । जसको आ–आफ्नै इतिहास र स्थापनाको पृष्ठभूमि छ । यहाँ भने आजको एक्काइसाँै शताब्दीको बदलिँदो बहुसञ्चार युगमा परम्परागत प्रसारण रेडियो र टेलिभिजनको भूमिकाका बारेमा चर्चा गरौँ ।
कुनै पनि प्रजातान्त्रिक मुलुकमा सरकारले सञ्चार माध्यम चलाउन हुँदैन भनेर विज्ञहरू भन्ने गर्छन् । यदि चलाइहाले ती सञ्चारमाध्यम प्रत्यक्ष राज्यको नियन्त्रण बाहिर संसदीय समिति मातहत रहने गरी चलाइन्ुपर्छ र तिनको प्रकृति सार्वजनिक प्रसारण माध्यम (पीएसवी) मोडलको हुनुपर्छ भन्ने आम मान्यता छ । हामीकहाँ रहेका रेडियो नेपाल र नेपाल टेलिभिजन पनि विषयवस्तुका आधारमा
(पीएसवी) हुन् तर दुवै सरकार नियन्त्रित एउटा समिति र अर्को संस्थानको रूपमा छन् । यी दुवैलाई गाभेर (पीएसवी) बनाइनुपर्ने बहस निरन्तर जारी छ तर यसमा निष्कर्षमा पुग्न राज्यले आनाकानी गरिरहेको प्रतित हुन्छ । कहिले हुन्छ त कहिले हुँदैनको मनस्थितिमा सरकार देखिन्छ । तर हुनुपर्ने
(पीएसवी) कै मोडलमा विधिवत रूपान्तरण गर्ने नै हो । यसका केही संरचनागत प्रावधानहरू निर्माण गरेमा विषयवस्तुका आधारमा मूलतः यी दुई संस्थाले पीएसवी कै मान्यता कायम राखेका छन्, केही व्यवसायिक अभ्यासबाहेक ।
केही वर्षअघि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग
(जाइका) ले यस विषयमा सम्बद्ध मन्त्रालयसँगको सहकार्यमा २ वर्षसम्म एउटा परियोजना नै सञ्चालन गरी त्यसको प्रारूप सरकारलाई बुझाइसकेको भए पनि कार्यान्यनमा तत्परता लिने कोही नहुँदा त्यत्रो धनराशि खर्च गरी तयार भएको गृहकार्य अलपत्र परेको छ । विषेशगरी जापान, बेलायत, अमेरिकाजस्ता देशमा पनि सरकारद्धारा सञ्चालित रेडियो र टेलिभिजन एकै छाता मुनिका सार्वजनिक प्रसारण माध्यम छन् । कतिपयले अलग्गै सेवा पनि सञ्चालन गर्ने गर्छन् ।
रेडियोको मात्रै कुरा गर्दा हामी कहाँ तीन थरी अवधारणा अस्तित्वमा छन् । सामुदायिक रेडियो, व्यवसायिक रेडियो र सार्वजनिक प्रसारण सेवा । तर रेडियो नेपाललाई अझै पूर्णरूपमा सार्वजनिक भन्न सकिएको छैन । जसलाई हामी सरकारी सञ्चारमाध्यम भन्छौँ । त्यहाँ कार्यरत सञ्चारकर्मी पत्रकार होइन, कर्मचारी हो, भनिन्छ । हुन त जुनसुकै संस्थामा काम गर्ने व्यक्ति कर्मचारी नै हो । तर हाम्रो कर्मचारी भन्ने शब्दको अर्थ पेशेवर होइन, मात्र कर्मचारी हो । अह्राएको काम गर्ने आफ्नो स्वविवेक प्रयोग गर्न नपाउने । यो अवधारणाले सरकारी रेडियो टेलिभिजनमा कार्यरत सञ्चारकर्मी, प्राविधिक वा पत्रकारलाई सम्पादकीय स्वतन्त्रताबाट वञ्चित गर्छ । तब न यो लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र पत्रकारिताको सिद्धान्तभित्र पर्न सकिरहेको छैन आज पनि । यस्ता विषयमा अलमल गरिरहँदा समयले धेरै नै चुनौती खडा गरिसक्यो । हामी अझै एक कदम पछाडिको बहसमा छौँ । यो विडम्बना नै हो । हाम्रो मुलुकमा जब संविधानको परिभाषा हामी सबै बराबर हौँ, राज्यको चौथो अङ्गको भित्र यी दुई संस्था पनि पर्छन् भने यिनको समयानुकूल व्यवस्थापन हुनुपर्छ कि पर्दैन ? बहसको विषय यो पनि हो । आजको युगमा नेपालमै नागरिक आफ्नै रेडियो र टेलिभिजन प्रसारणको पहुँच बाहिर छन् । देशको शतप्रतिशत भूभाग र जनसङ्ख्यामा यसको पहुँच पु¥याउन राज्यका निम्ति अनिवार्य छ । सार्वजनिक सूचना, राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार, जीवन उपयोगी जानकारी र विषेशगरी प्राकृतिक प्रकोप र विपत्ति अनि युद्ध र अशान्तिपूर्ण वातावरणमा पनि नागरिकलाई सन्तुलित, तटस्थ, तथ्यपूर्ण र समय सीमाभित्र सूचना प्राप्त गर्ने र आफ्ना सहमति र विमति प्रकट गर्ने खुल्ला मञ्चका रूपमा सार्वजनिक प्रसारण माध्यमलाई तम्तैयार राख्नु राज्यको दायित्व हो । सूचनाको हकको प्रयोग, शतप्रतिशत सुनिश्चित गर्न पनि यिनको प्रभावकारिता र पहुँच बढाइनु पर्छ ।
०४६ को परिवर्तनपछि नेपालमा दु्रतगतिमा विकास भएको क्षेत्र नै सूचना र सञ्चार प्रविधिको क्षेत्र हो । निजी र सामुदायिक क्षेत्रबाट देशमा सयाँै एफ.एम स्टेशन सञ्चालित छन् । तिनीहरूले कला, साहित्य, भाषा, जनजीवन, रीतिरिवाज, संस्कृति, समाजसेवा र उद्योग व्यवसाय सबै क्षेत्रमा नजर पु¥याएका छन् । स्थानीयतालाई बढावा दिने यस प्रकारका सञ्चार माध्यमहरू एफ.एम रेडियो, केवल टेलिभिजन आदि स्वरूपमा सञ्चालित छन् । राष्ट्रिय प्रसारणमा पनि नेटवर्किङ गरी सञ्चालित रेडियो र स्याटेलाइटबाट डाउनलोड गरी घरघरमा पुग्ने टेलिभिजनको पहुँच बढ्दो छ । तर अझै राष्ट्रिय दायित्वका दृष्टिले सार्वजनिक प्रसारण माध्यमको पहुँच सर्वत्र पुग्न सकेको छैन ।
व्यावसायिक प्रसारकले आआफ्नो स्वार्थ अनुकूलका सामग्री प्रसारण गर्नु अन्यथा होइन । स्वभावैले उनीहरू नाफामुखी छन् । सामुदायिकको दायरा सीमित समुदायमा केन्द्रित छ । यो विचमा रहेर विभिन्न समयमा राष्ट्रिय दायित्व बहन गर्ने माध्यम नै सार्वजनिक प्रसारण माध्यम हुन् । जसले शतप्रतिशत भूभाग र शतप्रतिशत जनतामा सेवा विस्तार गर्र्नु अपरिहार्य छ । बदलिँदो नेपालमा राज्यको काँधमा धेरै जिम्मेवारी छन् । विकास निर्माणको आंकाक्षा तीव्र छ । तर ती सबै क्रियाकलापलाई लयमा ल्याउन सुसूचित र सचेत नागरिक पङ्क्ति तयार पार्ने कार्यका लागि पनि सार्वजनिक प्रसारण माध्यमको उपादेयता उच्च छ । सङ्घीय प्रणालीमा अझ प्रदेशस्तरबाटै भए पनि आ–आफ्नो भूगोल र जनसङ्ख्यालाई दृष्टिगत गरी कम्तीमा एक एक वटा सार्वजनिक प्रसारण माध्यम सञ्चालनको व्यवस्था गर्नु प्रभावकारी हुन्छ । ती सबैलाई केन्द्रीय प्रसारणमा आबद्ध गरी दोहोरो संवादको नयाँ युगमा प्रवेश गर्न सकिन्छ ।
अर्को महìवपूर्ण पाटो भनेको जनशक्ति र प्रविधि पनि हो । समयको माग अन्य रूपमा विषयवस्तुलाई सन्तुलित तबरले प्रस्तुत गर्न सक्ने सञ्चारकर्मीको उत्पादन गर्नका लागि राज्यले तालिम र वृत्ति विकासका लागि आम सञ्चार प्रतिष्ठान खोल्नुपर्छ । अन्य विषयको विज्ञले पनि त्यस्ता आधारभूत तालिम लिएर सञ्चार माध्यममा योगदान दिन सक्छ । ऊ विषयगत विज्ञका रूपमा पनि सञ्चारकर्मी बन्न सके त्यसको फाइदा आम नागरिकले नै प्राप्त गर्नेछन् । यसैगरी हामीकहाँ टेलिभिजन एनालगबाट डिजिटलमा रूपान्तरण गरिएजस्तै हाल रेडियोमा प्रचलित एएम÷सडब्लु र एफएम प्रविधि पनि समयानुकूल परिमार्जन गर्न सकिन्छ । नेपालले आफ्नै भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्न लागेको परिपेक्षमा क्रमशः हाम्रा रेडियो र टेलिभिजनलाई त्यसमा आबद्ध गराउँदै लाने हो भने अहिले स्याटेलाइटमार्फत प्रसारण भइरहेका टेलिभिजन र अन्य आम सञ्चार सेवा प्रदायकले विदेशी स्याटेलाइट कम्पनीलाई तिर्ने वार्षिक अर्बांै रुपियाँ विदेशिने क्रम रोकिनेछ ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पका बेला देशभरका अधिकांश रेडियो र टेलिभिजनमा प्रसारण अवरुद्ध भयो । भूकम्पको पाँच मिनेटभित्रै जनतामाझ उपस्थित भई तत्काल जनताका सरोकार सम्बोधन गर्दै निःशुल्क टेलिफोन सेवा उपलब्ध गराउने प्रतिबद्धता लिँदै विद्युत्, खानेपानी, शान्तिसुरक्षाजस्ता क्षेत्रसँग तत्काल निर्बाध सेवा प्रवाहको प्रतिबद्धता माग्दै आम नागरिकलाई सजग, सतर्क र सुरक्षित रहन रेडियो नेपालले अभूतपूर्व भूमिका खेल्यो । खुल्ला आकाशमा बसेका नागरिकको माझमा रेडियो प्रसारण नै सूचनाको प्रमुख स्रोत थियो । किनकी घर गएर टेलिभिजन हेर्ने अवस्था थिएन । लामो समय ओझेलमा परेको रेडियो नेपालको महìव त्यतिबेला अत्याधिक बोध भयो र हामीले पनि अहोरात्र जनताको सेवा ग¥यो– सलामी लियौँ । तर चुनौती अझै सकिएको छैन । अब नयाँ स्वरूप र शैलीमा प्रसारण माध्यम जान सक्नुपर्छ । प्रत्येक पल सामाजिक सञ्जालको उपस्थितिले पछि पर्न खोजेका प्रसारण माध्यमले समयानुकूल आफूलाई परिष्कृत र परिमार्जित गर्दै लान नसक्ने हो भने यिनको अस्तित्वमा पनि प्रश्न खडा हुनेछ । समयको बेगसँगै समाजको चाहना र आवश्यकतासँग एकाकार भएर अघि बढ्नुमै नेपाली प्रसारण माध्यमकोे सुखद भविष्य सुरक्षित हुनेछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना