पत्रकारिताप्रति थपिँदो चुनौती

gorkarnaगोकर्ण अर्याल

 

 

नेपाली पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको ६३ औँ स्थापना दिवस यही चैत १६ गते मनाइयो । वि.सं २०१२ चैत १६ गते नेपाल पत्रकार सङ्घको रूपमा स्थापना भएको यस संस्थासँग आबद्ध सञ्चारकर्मीको सङ्ख्या १३ हजारभन्दा बढी भएबाट पनि यो संस्थाको गरिमा र महìव कति छ भन्ने स्पष्ट हुन्छ । यो संस्था रातारात यो स्थितिमा पुगेको होइन । यसलाई आजको स्थितिसम्म ल्याइपु¥याउन यस क्षेत्रका अग्रज पुस्ताले निर्वाह गरेको भूमिका र दायित्व कम महìवपूर्ण छैन । यस्ता अवसरमा यी विषयमा विचार, विश्लेषण गरिएन भने इतिहासलाई बिर्सेको ठहर्नेछ । हुन त महासङ्घको नेतृत्वले प्रत्येक वर्ष यसका पूर्व नेतृत्वकर्ता र अग्रजलाई सम्मान गरेर उहाँहरूको योगदानको संस्मरण गर्ने गरेको छ । तर, यतिले मात्र अग्रज पुस्ताप्रति सम्मान र कदर गरेको ठहर्दैन । आज जल्दोबल्दो रूपमा पत्रकारितामा गरिरहेको पुस्ता र यसप्रति आकर्षित हँुदै गरेको पुस्तालाई समेत अघिल्लो पुस्ताले गरेको योगदान र महासङ्घको सङ्घर्षपूर्ण इतिहास जान्ने र बुझ्ने अवसरले नै महासङ्घलाई जीवन्त र गतिशील तुल्याउनमा सहयोग पु¥याउँछ । निश्चय नै पहिलो पुस्ताले खेपेको र दुःख कष्ट र सास्ती आजको पुस्ताले व्यहोर्न परेको छैन । यसको अर्थ आजको पुस्ताले पनि हिजोको पुस्ताले जस्तै दुःख, कष्ट खेप्नु पर्छ भन्ने होइन तर पत्रकारिताको आदर्श र सिद्धान्तलाई जीवन्त राख्न पनि यसको इतिहास र अग्रज पुस्तालाई पढ्नै पर्ने हुन्छ । समाजमा जतिबेला पत्रकारिता गर्न आर्थिक र प्रविधि मात्र होइन राजनीतिक व्यवस्थासमेत ठूलो बाधक बनेर थियो । त्यस कठिन परिस्थितिमा नागरिक स्वतन्त्रता र अधिकारका लागि कलम चलाउने व्यक्ति वा पत्रकारिता गर्नेहरू ज्यादै न्यून थिए । त्यसबेला प्रेस स्वतन्त्रताको माग गर्दै समाजलाई सचेत र जागरुक गराउनु पत्रकारिताको लक्ष्य थियो । यी विषयमा तिनै अग्रज पुस्ताले राज्यसँग लड्दै समाजमा पहरेदारी गरेका कारण नै आजको पत्रकारिताले यो आकार लिन सकेको हो । वास्तवमा यही पुस्ताको सङ्घर्षको जगमा आजको पत्रकारिता फस्टाउँदै र झ्याङ्गिँदैछ ।
आज यी सबै अवस्थाबाट नेपाली पत्रकारिता स्वतन्त्र र मुक्त हँुदै केही हदसम्म व्यावसायिक बनेको छ । यस क्षेत्रलाई पूर्ण व्यावसायिक र इमानदार बनाउनका लागि अझै धेरै मिहिनेतको जरुरी देखिन्छ । पत्रकारितामा लागेका कतिपयले पेशागत इमानदारिता र व्यवसायिकता नअगालेका कारण सिङ्गो पत्रकारिता क्षेत्र नै समाजको नजरमा आलोच्यको विषय बन्ने गरेको छ । कतिपय अनलाइन र पत्रपत्रिकामा प्रस्तुत समाचार सामग्रीले राज्यको चौथो अङ्गको खिल्ली उडाएको छ । यस्ता समाचार संस्थालाई पत्रकारिताको नीति नियमभित्र नल्याउने हो भने साँच्चिकै पत्रकारिता गरेर हिँड्नेका लागि लाजमर्दो विषय हुनेछ । यसका लागि पत्रकारको नेतृत्व गर्ने नेपाल पत्रकार महासङ्घ तथा प्रेसलाई मर्यादित र अनुशासित बनाउन खडा भएको संस्था प्रेस काउन्सिल नेपालले निगरानी गर्ने वातावरण बन्नुपर्छ । किन र के कारण यो परिस्थिति निर्माण हँुदैछ भन्ने विश्लेषण गरी यसको निराकरणका उपायको खोजीमा पनि यिनै संस्थाको सक्रियता आवश्यक छ । यी कुरामा सुधार नगरी यस क्षेत्रको भविष्य सुखद् र सुरक्षित रहन सक्दैन । मिडियाको शक्ति र पहुँच कमजोर भयो भने राज्यको विधि, प्रक्रिया कमजोर हुन पुग्छ भन्ने हेक्का यस पेशामा लागेकाले भुल्नु हुँदैन ।
यतिबेला नेपाली पत्रकारितामा चार पुस्तासँगै पत्रकारिता गरिरहेको छ वा क्रियाशील रहेको छ । पहिलो पुस्ता अर्थात् बाजेपुस्तादेखि नाति पुस्तासम्म आधुनिक पत्रकारिता गरिरहेको छ । निश्चय पनि पुस्तान्तरणका कारण सोच र चिन्तनमा भिन्न रहला तर पत्रकारिताको आदर्श र मर्म सबै पुस्ताका लागि एउटै छ र हुनुपर्छ । साधन, स्रोत र प्रविधिका दृष्टिकोणले वर्तमान पुस्ता निकै सुखी र सम्पन्न छ । पुस्ताको विकाससँगै पत्रकारिताको आयम पनि फराकिलो बन्दै गएको छ । यसैले पत्रकारिताप्रति आकर्षण थपिँदो छ । यही आकर्षणले सञ्चार संस्थाको सङ्ख्यात्मक वृद्धिसँगै योग्य र क्षमतावान् व्यक्तिको प्रवेश बढिरहेको छ । यसले समाजलाई आधुनिकतातिर डो¥याउनमा सहयोग मात्र गरेको छैन देशको समग्र विकास प्रक्रियामा समेत टेवा पु¥याएको छ । तर पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले सत्य, तथ्य र वस्तुनिष्ठ सूचना सामग्रीको वितरणमा अवरोध खडा गरिरहेको छ । सञ्चारको प्रचार प्रसारमा देखिएको होडबाजीले स्रोत नखुलेका र पुष्टी नभएका समाचार सामग्रीले पनि महìव र ठाउँ पाउन थालेका छन् । प्रतिस्पर्धाका नाउँमा हचुवाको भरमा प्रेषित सूचनाले समाजमा समाजमा गलत सन्देश प्रवाह गराउने कार्य भइरहेको छ । रे रे को भरमा, टेबुल र टेलिफोनका भरमा मात्र पत्रकारिता गर्ने प्रवृत्तिले कतिपय व्यक्ति र सङ्घ संस्थाको इज्जत र प्रतिष्ठामा गम्भीर आँच पुग्ने गरेको छ । विशेष गरेर छिटो, छरितो र भरपर्दो माध्यमका रूपमा रहेको अनलाइन पत्रकारितामार्फत सम्प्रेषित सूचना कति विश्वसनीय छन् भनेर प्रश्न गर्ने अवस्था आउन थालेका छन् । यसमा सुधार ल्याउन पत्रकारिताको पाको पुस्ताको अनुभव र नयाँ पुस्तामा देखिनुपर्ने मिहिनेत र धैर्यको संयोजन जरुरी छ । वास्तविक विषयवस्तुभन्दा समाचार लेखेर वा सम्प्रेषण गरेर चर्चामा आउने प्रवृत्ति हावी हुन थालेका कारण व्यावसायिक पत्रकारिताको जग अझ कमजोर हुने हो कि भन्ने चिन्ता थपेको छ । यसरी आमसञ्चारको शक्तिलाई अझ सशक्त र प्रभावकारी तुल्याउन र पत्रकारितामा देखापर्न थालेको विकृति र विसङ्गति रोक्ने साझा संस्थाको रूपमा नेपाल पत्रकार महासङ्घलाई उभ्याउने अवस्था बन्यो यसले आफ्नो ऐतिहासिक विरासत थामेको प्रमाणित हुनेछ ।
हुन त यतिबेला महासङ्घ र कतिपय सञ्चार संस्थाको भूमिकाप्रति प्रश्न उठ्ने गरेका छन् । यसरी समाजलाई दिशा निर्देश गर्ने जगत् स्वयं आलोचनाको घेरामा देखिनुलाई सुखद पक्ष मान्न सकिन्न । महसङ्घको नेतृत्वमा रहेका व्यक्तिले यसको मर्यादा र गरिमा धान्न नसकेका भन्ने आवाज आज मात्र होइन हिजोदेखि नै सुनिदै आएको हो । योसँगै कतिपय सञ्चार संस्थाले व्यासायिक पत्रकारिताभन्दा व्यापारिक र घरानिया पत्रकारिता गर्ने गरेका टिप्पणी सञ्चार क्षेत्रका लागि नौलो विषय होइन ।
यस सन्दर्भमा पत्रकारको नेतृत्व गर्ने संस्था पत्रकार महासङ्घ त्यससँग आबद्ध सञ्चारकर्मीले यस क्षेत्रको गरिमा र मर्यादा बढाउन थप मिहिनेत र इमानदार बन्न सक्नु पर्छ । योसँगै महासङ्घमा राजनीति हावी भयो र पार्टीका भातृ संस्थाको शैलीमा नेतृत्व चयन हुन थाल्यो भन्ने आरोप छ । यसलाई नेतृत्व तहले कुन रूपमा कसरी हेरेको छ त्यो आफ्नो ठाउँमा होला तर आजको समाज वा व्यक्ति कुनै आस्था र भावनाविहीन छ र हुन्छ भन्ने कल्पना गर्नु बेठिक हुनेछ । त्यसमा पनि पत्रकारितामा लागेकामा कुनै आस्था र निष्ठा रहदैनन् भन्ने हुदैन । यसमा उसले आफ्नो पेशामा रहेर निर्वाह गरेको जिम्मेवारी र भूमिका कति विवेकपूर्ण र व्यावसायिक छ र भयो भनेर हेर्नेभन्दा अर्को विकल्प रहँदैन । उसले बोकेको आस्था र विश्वासलाई भन्दा पनि ऊ आफ्नो पेशा व्यवसायप्रति कति इमानदार र प्रतिबद्ध छ भनेर मूल्याङ्कन गरिनुपर्छ । आजको परिवर्तित अवस्थालाई हाक्न सक्ने र मुलुकलाई रूपान्तरणको दिशामा अगाडि बढाउसक्ने नेतृत्व महासङ्घले दिन सक्नुपर्छ । कुनै पनि विषयमा सञ्चार माध्यमले विशेष ध्यान दिने अवस्था निर्माण हुँदा नै समाजले सत्य, तथ्य घटनाका बारेमा जानकारी पाउने अवस्था रहन्छ । यसले सही सूचना पाउने आम नागरिकको अधिकारलाई समेत सुरक्षित गराउँछ । वास्तवमा पछिल्लो समय पत्रकारितामा धेरै किसिमका चुनौती थपिएका छन् । यसलाई जसरी पनि चलेको छ र चल्छ भन्ने भावनाले भन्दा पनि यसलाई विधि र प्रक्रियामा लैजान जस्तोसुकै चुनौतीको सामना गर्न सम्बद्ध निकायको सक्रियता र तत्परताको खाँचो टड्कारो देखिन थालेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना