पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श: ‘भारत भ्रमण देश र जनताको हितमा’

ex pmकाठमाडौँ, चैत २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण सद्भावना भ्रमण भएको बताउनुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आसन्न भारत भ्रमणबारे बुधबार पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा उहाँले आफ्नो आसन्न भारत भ्रमण देश र जनताको हितमा हुने स्पष्ट पार्नुभयो । यही चैत २३ देखि २५ सम्म प्रधानमन्त्री ओलीको भारतको राजकीय भ्रमण हुन लागेको छ । 

पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको उपस्थिति रहेको त्यस छलफलमा प्रधानमन्त्री ओलीले यस पालिको भ्रमणमा कुनै नयाँ सन्धि सम्झौता हँुदैनन् भन्नुभयो । उहाँले विगतका सन्धि सम्झौता कार्यान्वयनमा जोड दिइनेछ भन्नुभयो । “भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुमधुर बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ”, प्रम ओलीले स्पष्ट गर्नुभयो ।
त्यस अवसरमा पूर्वप्रधानमन्त्रीहरूले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिँदै नेपाल–भारत सम्बन्ध थप सुमधुर बनाउन पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उहाँहरूले पुरानो मानसिकता राखेर २१आँै शताब्दीको सम्बन्ध विकास गर्न नसकिने सुझाव दिनुभएको थियोे ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो अडानमा स्थिर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको थियो । उहाँँले नेपाल–भारत सम्बन्ध ‘भाइभाइको होइन मित्र÷मित्र जस्तो हुनुपर्ने’ धारणा व्यक्त गर्नुभएको थियो । पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान निर्माण र नाकाबन्दीका बेला अप्ठ्यारो भएको नेपाल–भारत सम्बन्धमा अहिले सुधार भएको बताउनुभयो । उहाँले भारतलाई हामीले संविधान कार्यान्वयनमा गइसक्यो, खास समस्या छैन भनेर बुझाउनुपर्छ भन्नुभयो ।
पूर्वप्रधानमन्त्री देउवाले नेपाल अहिले चरम व्यापारघाटामा रहेकाले यसलाई उकास्ने विषयमा भ्रमण केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना