काँग्रेसलाई कसरी सुधार्ने

Shanti krishna adhikariशान्तिकृष्ण अधिकारी

 

पहिरो गएको नेपाली काँग्रेसभित्र अहिले पर्खाल लगाएर थामथुम पार्ने कि प्रलयको स्थिति निम्तिने हो अनिश्चित बन्दै गएको छ । भर्खरै सम्पन्न स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा नराम्रोसंँग पराजय बेहोरेपछि काँग्रेस किन हा¥यो भन्ने चर्चा नेपाली कांँग्रेसको नेतृत्वभित्र व्यापक रूपमा छ । जनतामाझ पनि काँग्रेस हार्नुका पछाडिका कारणको बारेमा व्यापक छलफल हुने गरेको छ तर काँग्रेस नेतृत्वभित्र हुने चर्चा र जनताले गर्ने कुराकानीका बीचमा भने व्यापक अन्तर छ । काँग्रेसको नेतृत्वभित्र एकले अर्कोलाई औँला ठड्याएर दोषारोपण गर्दै आफू दूधले धोएको बन्ने प्रयास हुँदैछ भने जनताबीचमा चाहिँ नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण मुलुकको समृद्धिका लागि यो दल अपरिहार्य भएकाले आगामी दिनमा हुनुपर्ने सुधारका सम्बन्धमा परिचर्चा हुने गरेका छन् । दुःखको कुरो के हो भने साङ्गठनिक रूपमा काँग्रेसलाई सुदृढ बनाउनेतर्फ कुराकानी चलिरहेका छन् तर वास्तवमा काँग्रेसलाई जनताको मुटुको ढुकढुकी बनाउन शुद्धीकरणको मार्ग अगाल्नुपर्छ भन्नेमा कतै गाइँगुई सुनिएको छैन ।
नेपाली कांँग्रेस पुननिर्माणको प्रस्ताव भन्दै लोकेश ढकालले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारी १६ पुस २०७४ मै ३४ पृष्ठको पुस्तिका तयार पारेर वितरण गरे । नीतिगत हिसाबले भन्दा उनले पराजयको प्रमुख कारणमा स्थापनाकालीन सिद्धान्तबाट विचलित हुनु र बीपी कोइरालाको निधनपछि राष्ट्रियता र प्रजातन्त्रको मूल्यमान्यता र कार्यक्रममाथि उनको राजनीतिक अडान, विचार र चिन्तनलाई क्रमशः परित्याग गर्नु र समाजवादलाई व्यावहारिक रूपमा लागू गर्न नसक्नुलाई औँल्याएका छन् । व्यावहारिक दृष्टिकोणले भन्दा ढकालले धर्मनिरपेक्षता, सङ्घीयता, राजसंस्था फाल्ने काम गर्दा महाधिवेशन, महासमितिमा छलफल नहुनु, कम्युनिष्टसँग ज्यादा लहसिनुजस्ता कुरालाई जोड दिएका छन् । त्यस्तै नेतृत्वका कार्यशैलीका बारेमा–हिजो देउवाका विरुद्ध चुक्क नबोल्ने, गुटगत आधारमा मन्त्री बन्ने, राजनीतिक भागबण्डामा सहभागी हुने, पार्टी सुधारका लागि केन्द्रीय समितिमा एक शब्द नबोल्ने, पार्टी विधान विपरीत संसदीय निर्माण गरी रहँदा डटेर विरोध गर्नुको बदला आँफू चोखो बन्ने र भोलिका लागि पार्टीमा स्थान बनाउन उद्दत रहनेले पार्टी सुधारका कुरा गर्ने ? भन्दै उनले प्रश्न उठाएका छन् ।
ढकालको यो पुस्तिका प्रकाशन हुनु अघि र पछि पनि काँग्रेस सुदुढीकरणका नाममा विभिन्न भेला र बहस चलिरहेका छन् । देउवा पक्षको तर्क छ नेपाली काँग्रेसको भोट बढेकै छ, पराजय त एमाले र माओवादीको एकताका कारण भएको हो । अर्को पक्ष देउवाको कमजोर नेतृत्वशैली र क्षमताका कारण आज काँग्रेस यो अवस्थामा पुगेको दावा गरिरहेको छ । दोष जसको भए पनि यथार्थ र आत्ममूल्याङ्कन गरी सबैले आआफ्ना गल्ती कमजोरीलाई स्वीकार्दै अगाडि नबढ्ने हो भने आगामी दिनमा योभन्दा भयानक दुरावस्था कांग्रेसले बेहोर्नु नपर्ला भन्न सकिन्न । निश्चय नै सेनापतिको भूमिका अहम् रहन्छ तर त्यसो भन्दैमा उनलाई मात्रै दोष थुपार्ने हो भने काँग्रेस सुध्रिन्छ भन्ने विश्वास गर्न सकिन्न । देउवा पक्ष नेपाली काँग्रेसले एमालेको हाराहारीमा ल्याएको समानुपातिकतर्फको मतलाई इङ्गित गर्दै नेतृत्वको प्रतिरक्षा गरिरहेको छ भने गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल, गुरु घिमिरे काँग्रेसले नेपाल मजदुर किसान पार्टीको भन्दा २२ सिट मात्रै बढी ल्याएको कुरालाई जोड दिइरहेका छन् । जनता र काँग्रेस कार्यकर्ताले अत्यधिक विश्वास गरेका यी युवा नेतासहितका बद्री पाण्डे, विश्वप्रकाश शर्मा, जीवन परियार एकजुट भएर आरोप प्रत्यारोपमा उत्रनुभन्दा काँग्रेसलाई नैतिक, वैचारिक, सुदृढ र शुद्ध आचरण सहित पुनर्जीवन दिन मेची महाकाली अभियान थाल्ने हो भने यिनीहरूसँग क्षमता, विचार, वाक्कला, साङ्गठनिक कुशलता सबै छ, त्यसैले नै काँग्रेसको भलो गर्नेछ ।
अहिलेसम्म नेतृत्वका मुखबाट जे जति कुरा सुनिएका छन् ती सबै कुराले कुनै न कुनै नेपाली काँग्रेसकै नेताको तेजोबध गर्ने मात्रै हुने गरेको छ । पौडेल पक्षले वा काँग्रेस सुदृढीकरण भन्दै भेला गर्दै हिँडेका युवा नेताले काँग्रेस हार्नुका कारण बताउँदा जे जति सत्य हुन् ती कुराहरू स्वीकार गर्न देउवा पक्ष रत्तिभर तयार छैन भने आरोप लगाउने नेताहरू पनि आआफ्ना गल्ती केलाउने पक्षमा देखिएका छैनन् ।
किन हा¥यो त काँग्रेस ?
काँग्रेसभित्रको प्रतिपक्षले लगाएका आरोप पनि सत्य हुन् । देउवाले एकलौटि रूपमा पार्टी चलाउनु, उनीसँग असहमतलाई पाखा लगाउनु, पार्टीमा पदाधिकारीको मनोनयन गर्न नसक्नु, कमजोर कार्यशैली र नेतृत्व आदि कुराजस्ता जति आरोप लगाइएका छन् ती सबै होलान् नै । लोकेश ढकालले भनेजस्ता बीपीका विचारलाई परित्याग गर्नु पनि कारण हुन् । यी कारणका साथसाथै धनवाद र डनवादलाई प्राथमिकता दिएका कारण पार्टी अधोगतिमा गएको कसैले बोल्ने गरेको छैन । यसका सन्दर्भमा किन बोल्दैनन् भने यी दुई वादलाई सबै नेताहरूले प्रश्रय दिए र आगामी दिनमा पनि यिनैको शरणमा यी नेतालाई नगई सुखै छैन भन्ने ठानेका छन् । जबसम्म धन र डनको सङ्गत नेतृत्वले छोड्न सक्दैनन् तबसम्म पार्टीले अग्रगतिको मार्ग समाउला भन्ने आशा गर्न ज्यादै मुस्किल देखिन्छ ।
अर्को महìवपूर्ण कुरा के हो भने काँग्रेसले साधारण सदस्य, क्रियाशील सदस्य र आम मतदातामा कुनै भेद देखेन । काँग्रेसको महाधिवेशन आएपछि अघिल्लो दिन क्रियाशील सदस्यता लिएर भोलिपल्ट क्षेत्रीय प्रतिनिधिमा चुनाव लड्दासमेत कसैले रोकेन । यस्ता कुरामा कि धन भएका कि डनहरू अघि बढे जसले गर्दा काँग्रेसका पुराना कार्यकर्ता पाखा लाग्दै गए । फेरि काँग्रेसको अधिवेशन जित्ने होडमा जहाँ जो सभापति छ उसले आफ्ना पक्षधरलाई जिताउन परिवारका सबै सदस्य, जसलाई काँग्रेसका बारेमा केही थाहा छैन, समेतलाई क्रियाशील सदस्यता दिए तर वर्षौंदेखि काँग्रेसका नाममा रगत पसिना बगाएकालाई वञ्चित गरे । यसको प्रत्यक्ष असर उम्मेदवारमाथि पर्न गयो । चुनावी ¥याली निकाल्दा एक हजार क्रियाशील सदस्य रहेका वडामा ५० जना मात्रै हुन्थे । काँग्रेस अधिवेशनमा भोट हाल्न एकदिनका लागि मात्र क्रियाशील बनेकाहरू चुनावी ¥यालीमा आउने कुरै भएन । यसरी क्रियाशील सदस्य बनाउन काँग्रेसका कुनै पक्ष चुकेनन् त्यसैले हारको एउटा कारण यो हो भनेर कोही बोल्दैन ।
देउवा पक्षका उम्मेदवारलाई पौडेल पक्षकाले र पौडेल पक्षकालाई देउवा पक्षकाले खुलेरै असहयोग गरेको
प्रत्यक्ष रूपमा देखियो । अनि कसरी जित्छ काँग्रेस ? अर्कोतर्फ एमाले र माओवादी भने एकले अर्कोलाई खुलेरै सहयोग गर्ने अनि काँग्रेसमा भने पौडेल हारे सहजरूपमा प्रधानमन्त्री हुने सपना देउवाले देख्ने, देउवा हारे निर्विकल्प प्रधानमन्त्री पौडेल हुने आकांक्षा पाल्ने र काँग्रेसको बहुमतको अपेक्षासमेत राख्ने विसङ्गति देखिए ।
काँग्रेसले चुनाव गरायो, संविधान ल्यायो, जनताको समृद्धि गरायो जस्ता चुनावमा प्रचार गर्ने हजारौँ मुद्दा थिए होलान् । सबै ठाउँमा कम्युनिष्टले जिते रुन पनि पाइँदैन भन्ने एकोहोरो रटान सभापतिले गरिरहँदा त्यसो होइन यसरी बोल्ने हो भनेर कुनै सदस्यले देउवालाई सल्लाह दिए कि दिएनन् भन्ने पनि प्रश्न उठेको छ । समयअनुसार बोल्न नसक्नु सभापतिको कमजोरी हो भने सल्लाह नदिनु केन्द्रीय सदस्यको पनि कमजोरी हो । यस्तै यस्तै कारणले काँग्रेस हा¥यो ।
पुराना काँग्रे्रेसीलाई जम्मा पारेर सबै नेताले अब हामी सच्चिन्छौँ भन्ने प्रतिबद्धताका साथ सच्चा कार्यकर्ता उत्पादनतर्फ कदम चाल्ने हो भने राष्ट्रियता र लोकतन्त्रको पर्याय बनी सकेको काँग्रेसलाई पुरानो साख जोगाउन त्यति कठिन नहोला ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना