समृद्धिको प्रतीक्षामा नेतृत्वको परीक्षा

atindra dahalडा. अतीन्द्र दाहाल

राष्ट्रियता अनि स्वाभिमानका अलौकिक अन्तरंग र अनन्य आभूषणले हाम्रो राजनीतिलाई नयाँ मोड दिँदैछ । गणतन्त्र संस्थागत भएसँगै देश स्थायित्व उन्मुख छ । नयाँ गन्तव्यको उत्साह र उमङ्ग भरिँदैछ । इतिहासकै शक्तिशाली सरकार बनेको छ । सहज बहुमत र सर्शत दुईतिहाई समर्थनको यो सरकारलाई ५ वर्षको समय छ । चाहेमा, समृद्ध राष्ट्र निर्माणमा विशाल काम गरेर देखाउन सक्छ । बलिया सरकार र चिर स्थायित्वको राजनीति विश्व चरित्र बन्दै गर्दा हामी समेत एउटा उदाहरण भएका छौँ ।
बलियो राजनीतिको विश्व चरित्र
रसियामा भ्लादिमिर पुटिन चौथो पटक ६ वर्षका लागि राष्ट्रपति निर्वाचित हुनुभयो । अन्य प्रतिस्पर्धीमाथि फराकिलो मतान्तरतले उहाँमाथि नागरिक समर्थन अभैm चुलिँदो देखियो । चीनियाँ संविधानको २ पटकसम्म मात्र राष्ट्रपति हुन पाउने प्रावधानलाई त्यहाँको सर्वोच्च समितिले फिर्ता लियो । महामहिम सी नै अब केही समय निरन्तर राष्ट्रपति रहनुहुनेछ । जर्मनीमा एन्जेला मार्केल लगातार चौथो पटक चान्सलर बन्नुभयो । संसारका सामरिक शक्तिमा बलियो नेतृत्व स्थापित हुँदै गर्दा हामीले पनि इतिहासकै बलियो सरकार पायौँ । उक्त सरकारमाथि इतिहासकै बलिया आशा र अपेक्षा छन् । देश पुनःनिर्माण र नवनिर्माणको आकांक्षा छ ।
अहिलेको सरकारलाई निर्वाचनमा उत्साहजनक सहज बहुमत प्राप्त भयो । २ वर्ष पहिलेको चरम परिस्थितिमा राष्ट्रियता र स्वभिमानको सशक्त वकालत गरेकै कारण यसो भएको अनुमान तथा आत्मसात् सबैमा छ । वर्तमान प्रधानमन्त्री राष्ट्रिय हित विपरीतका कुरामा सशक्त प्रतिवाद गर्न शतीशाल जस्तो हैसियत राख्नुहुन्छ भन्ने कुरा पछिल्लो पटक युरोपोली महासङ्घ सम्बन्धित घटनाले पनि देखायो । विगतमा उहाँका यस्तै चट्टानी अडानका कारण पछिल्लो राजनीतिमा उहाँ आशा, भरोसा र भविष्यको केन्द्र बन्नुभएको हो । त्यही स्वाभिमानको आडमा समृद्धिको सपनाको अनुमोदन निर्वाचनले गरिसकेको छ । स्थानीय, प्रदेश, केन्द्रीय निर्वाचनसँगै सबै राजनीतिक निकाय र राज्यका आवश्यक सबै पदाधिकारीको छनाँैटसमेत सकिएकाले अब नेतृत्वको एउटै काम भनेको नागरिक प्रतीक्षा अनुसारको परिणाम दिनु मात्रै हो ।
स्वतन्त्र चेक गणराज्यका प्रथम राष्ट्रपति भ्याकल्ब ह्याभेल भन्नुहुन्थ्यो ‘अरु कोही शासक विरुद्ध आन्दोलन गर्नु कविता लेख्नु अनि आपैm देशको बागडोर सम्हालेर नागरिक अपेक्षाका कार्य गर्नु चाहिँ कथा लेख्नु जस्तै हो । कविता भावना र कल्पनाले पनि बन्छ तर कथा कडा संर्घष र वास्तविकताले मात्र बन्छ । यही असहजता अहिलेको नेतृत्वलाई पनि छ । समृद्ध राष्ट्र निर्माण असहज छ, अपठ्यारो छ तर असम्भव छैन, असम्भव बन्न दिनुहुँदैन, असम्भव छैन, हुनुहुँदैन ।
आजभोलि केन्द्रदेखि प्रदेशका विभिन्न मन्त्रीबाट निकै उत्साही तथा महìवाकांक्षी भाषणबाजी हँुदैछ । हरेक मन्त्रीले भस्टाचारलाई समूल उन्मूलन गर्नेे भन्नुहुन्छ । मास्कमुक्त काठमाडौँलगायत सबैलाई देशभित्रै रोजगारीका कुरा आउँदैछन् । सबैबाट आफ्नो प्रदेशलाई नमुना बनाउने प्रतीज्ञा हुँदैछ । जलविद्युत् कम्पनीका सेयर भएको ज्वाइँ खोज्ने दिन ल्याउँछु भन्ने आश्वासन पनि रोमाञ्चक थियो । सफल देशको सपना बाँडिदैछ । विख्यात दार्शनिक जीन बद्रिलार्ड आप्mनो पुस्तक ‘द सिमुलाक्रा एण्ड सिमुलेशन’मा लेख्नुहुन्छ ‘कल्पना नै हरेक सम्भावनाको शुरुवात र सबैभन्दा बलियो सत्य हो’ । राइट दाजुभाइले पक्षी जस्तै मानिस पनि उडेको कल्पना नगरेको भए, प्राचीन पूर्वीय दर्शनमा वायुपंखी विमान अनि मधुमालतिका घोडाको कल्पना नभएको भए सायद आज हवाईविमान आविस्कार हुने थिएन । चन्द्रमामा मानिस पु¥याउने कल्पना नगरेको भए त्यो सम्भव थिएन । प्राचीन पूर्वीय धर्मग्रन्थमा विभिन्न हिसाबले आजका यन्त्रमानव र उच्च कृत्रिम बौद्धिकता भएका रोर्वटहरूको समेत कल्पना भेटिन्छ । तसर्थ देश विकासको लागि पनि कल्पना चाहिन्छ, सोच चाहिन्छ । मन्त्रीका सोच स्वागतयोग्य र नागरिक आकांक्षाका समीपमा छन् । यद्यपि अहिले धेरै सोचभन्दा पनि काम गरेर देखाउने समय हो ।
जेम्स डोविन, वाँग गनवु, निकोलस बेल जस्ता लेखकहरूकाअनुसार सम्मृद्धिको लागि हरेक सरकारले नियमित र अपेक्षित गरी दुई प्रकारका काम गर्नुपर्छ । हालसालै समृद्धिको उच्च गति लिएका दक्षिण पूर्वी एसियाली देश जस्तै थाइल्याण्ड, सिंहापुर, ब्रुनाई, मलेसियाको पनि अनुभव समान छ । वक्तव्यबाजी, प्रशासनिक निर्णय, सरुवा÷बढुवा, निरीक्षण तथा प्रशिक्षण गर्नु सामान्य काम हुन् । सभा, गोष्ठी, छलफल अनि अन्तरक्रिया गर्ने र समाचारमैत्री मात्र बन्ने कुराले नागरिकलाई खासै महìव राख्दैनन् । यी केवल नियमित काम हुन् ।
पछिल्ला अनुसन्धानले ‘सुशासन’, ‘आर्थिक आत्मनिर्भरता, स्वतन्त्रता र वृद्धि’, ‘शान्तिसुरक्षा र अमनचयनको प्रर्वधन’ अनि ‘सामाजिक सांस्कृतिक सद्भावलाई सर्वाङ्गीण सृमद्धिका प्रमुख ४ सूचाङ्क मान्दछन् । चार मुख्य सूचक भित्रसमेत अनेकन उपसूचक छन् । प्रदेश, केन्द्र र स्थानीय हरेक सरकारले आआप्mना तहमा अब यी अवस्था प्राप्त गर्ने प्रयास गर्नुपर्छ । त्यही नै अबको अपेक्षित कार्यसमेत हो ।
चुस्त, सुलभ, सहज र पारदर्शी सार्वजनिक सेवा प्रवाह अहिलेको प्रधान आवश्यकता हो । यसैबाट सुशासनको प्रत्याभूति हुन्छ । राज्यको निर्देशन र नागरिकको करमा अनुबन्धित कर्मचारीले सार्वजनिक सेवा सुविधा वितरणमा सुशासनको प्रत्याभूति गराउनुपर्छ । आम सेवाग्राहीको अन्तर मस्तिस्कले पनि कर्मचारीलाई साँच्चै राष्ट्रसेवक मान्न सक्ने अवस्था निर्माण हुर्नुपर्छ । चुस्त सेवा भए भ्रस्टाचारसमेत रोकिन्छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको सर्वेक्षणमा ९४ अंक पाउँदै शून्य भ्रष्टाचार र उच्च सुशासित मानिएका डेनमार्क, नर्वे, फिनल्याण्ड जस्ता देशको समेत प्रमुख सार्मथ्य नै स्वच्छ, सुलभ र सहज सेवा प्रवाह हो ।
सुशासनसँगै पूर्वाधार निर्माण र विस्तारमा उत्तिकै ध्यान दिनुपर्छ । पछिल्लो २० वर्षमा विकसित भनिएका अधिकांश देशका परिवर्तनको मुख्य सूचक नै भवन, शहर, बाटाघाटा जस्ता कुराहरूको आक्रमक विस्तार हो । पछिल्लो १० वर्षमा चीनले सडक सञ्जाल र शहरी संरचनालाई दोब्बर बनायो । कतार, कुबेत, दुबई जस्ता देशमा नयाँ व्यवस्थित शहर, सफा अनि फराकिला सडक लगायत असंख्य गगनचुम्बी भवन बने । पछिल्ला सर्वेक्षणले नयाँ शहर निर्माणका ८० प्रतिशत एसिया र अफ्रिकामा भएको देखिन्छ । पहिले नै ६०० माथि शहर भएको चीनले अहिले त्यति नै संख्यामा नयाँ शहर निर्माण गर्दैछ । शिक्षा, स्वास्थ्य, औसत आयु, सञ्चार तथा सार्वजनिक चेतनामा सघन सुधार जस्ता मानवीय गुणात्मकताको व्यापक प्रर्वद्धन समृद्धिको अर्को आधारशिला हो । अधिकांश युरोपियन देशको सफलता यसैमा टिकेको छ । हाम्रा सरकारले पनि यस्तै विषयमा ध्यान दिनुपर्छ । नागरिकहरू बढी विभाजित भएका देश कमै विकसित हुन्छन् । नागरिकबीच एउटै सोच, एउटै भावना निर्माणको प्रयास गर्नुपर्छ ।
निर्यात केन्द्रित व्यापारले असमानान्तर आर्थिक शक्तिसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पहिचान आर्जन गराउँछ । चीनको उदय उसको आक्रामक व्यापारबाट भएको छ । तेलको सघन व्यापारले अरब सम्पन्न छ । प्रविधिले जापान अनि सञ्चारका साधन विशेषत मोबाइल फोनको कारण दक्षिण कोरियाले नयाँ हैसियत बनाएका छन् । भारतले मेक इन इन्डिया नामक योजनाअन्तर्गत विभिन्न २५ सामग्रीको अत्यधिक उत्पादन गरी विश्वबजारमा व्यापक वितरणको योजना ल्याउँदैछ । जापानसँग मिलेर ‘एसिया–अफ्रिका ग्रोथ करिडोर’ अनि इरान काजगिस्थान हुँदै रसियाको सेन्ट पिटर्सबर्गसम्मलाई अर्को व्यापार योजना तयार पार्दैछ । पछिल्लो २० वर्षमा बिरालो अर्थतन्त्रबाट बाघ अर्थतन्त्र बनेका देशको निर्यात केन्द्रित व्यापारमा ५ देखि ५०० गुणासम्म वृद्धि देखिन्छ । सन् २०१६ मा क्रमशः चीनले ५९०, दक्षिण कोरियाले ९०, ताईवान र सिंहापुरले ५० अर्ब डलर व्यापार नाफा गरेको देखिन्छ । यसरी नै नाफाको व्यापार गर्नसक्दा मात्र हाम्रो समृद्धिको यात्रा सहज हुन्छ । विश्व बजारमा अधिक माग भएका अनि हामीले निर्यात गर्नसक्ने सेवा र वस्तुहरूको तिव्र विस्तार गर्नुपर्छ । विश्वको झन्डै ५ प्रतिशत स्रोतसाधन हामीसँग छ, सम्भावनाको खोजी र उपभोग गर्नुपर्छ । पर्यटनको बहुआयामिक विस्तार र हरेक खनिजको अधिकतम उत्खनन् सिद्धहस्त सहयोगी बन्न सक्छन् । उत्पादक कार्यशैलीसँगै हुनेसम्मको औद्योगिकरण र व्यावसायीकरण गरिनुपर्छ । सघन गरिबी निवारण, उच्च रोजगारी बढोत्तरी र दोहोरो अंकको आर्थिक वृद्धि नेतृत्वको लक्ष्य हुनुपर्छ ।
सानो भूगोल र थोरै जनसंख्याका कारण सानै देशको विकास छिटो हुन्छ । नेपालभन्दा साना सिंहापुर, दक्षिण कोरिया, स्वीजरल्याण्ड, कतार, लक्जमर्बग, कुवेत, जस्ता देश आज प्रतिव्यक्ति आय तथा ग्रोस ह्यापिनेस इन्डेक्सका हिसाबले विश्वभर अगाडि छन् । साँच्चै दृढ संकल्पले काम गरे हामी पनि छिट्टै त्यो हैसियत बनाउन सक्छाँै ।
त्यसैले, अब राष्ट्रियता र स्वाभिमानका लागि काम गर्नुपर्छ । हामी यो वा त्यो गर्छाँै भनेर वक्तव्यबाजी नभै चुपचाप परिणाम देखाएर आफूलाई प्रमाणित गनुपर्छ । भावनाको प्रवाह हैन, परिणाम देखाउनु पर्छ । अपार नागरिक समर्थनका आधारमा राज्यका हरेक निकायमा अब्बल उपस्थिति छ । नेतृत्वले प्रतीक्षा गरेको सहजता नागरिकले जुटाएका छन्, अब राष्ट्रियता, स्वाभिमान र समृद्धिको सपनालाई साकार पार्नुपर्छ । हरेक तहका नेतृत्वको परीक्षाको समय शुरु भएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना