हुम्लामा औषधिको चरम अभाव

राजन राउत

सिमकोट, चैत २६ गते । हुुम्लाका अधिकांश स्वास्थ्य चौकीमा सरकारले निःशुुल्क वितरण गर्ने औषधिको अभाव भएको छ । स्थानीय सरकारका रूपमा रहेका गाउँपालिका तथा वडा कार्यालयले वार्षिक योजनामा विनियोजन गरेको बजेटबाट औषधि खरिद नगर्दा स्वास्थ्य चौकीमा औषधिको चरम अभाव भएको हो ।
रुघाखोकी तथा ज्वरो आएपछि एक दिन पैदल हिँडेर स्वास्थ्य चौकीमा चेकजाँचका लागि पुुग्नुभएका ताँजाकोट गाउँपालिका–३ मासपुुरका जोख्या बुढाले औषधि नपाएको बताउनुुभयो । मासपुर सदरमुुकाम सिमकोटदेखि चार दिन पैदल दूरीमा पर्छ ।
“ठूलो आशा लिएर स्वास्थ्य चौकीमा पुगेको थिएँ तर औषधि नपाएपछि निराश भएको छु”, बुुढाले भन्नुभयो, “गरिबका दिन यस्तै रहेछन् । सरकारले निःशुुल्क औषधि दिन्छ भन्ने सुुनेकाले पैसा पनि बोकेको छैन । अब कसरी उपचार गर्ने ?”
यता अदानचुुली गाँउपालिका–२ का दीपबहादुुर रोकायाले पनि स्वास्थ्य चौकीमा सिटामोलसमेत नपाइएको बताउनुुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य चौकीको भवन छ, स्वास्थ्यकर्मी छन तर सरकारले निःशुुल्क रूपमा उपलब्ध गराउने ३९ प्रकारका औषधिमध्ये कुुनै पनि औषधि छैनन् । ”  medicine
रोकायले गर्मी सुरु भएकाले मौसमी रुघाखोकी तथा ज्वरोका बिरामी दिनप्रतिदिन बढ्दै गए पनि हालसम्म गाउँपालिका र वडा कार्यालयले औषधि खरिद प्रक्रिया अगाडि नबढाउँदा बिरामीलाई सास्ती भएको बताउनुुभयो ।
झाडापखाला लागेर स्वास्थ्य चौकीमा जाँदा जीवनजल पनि नपाएको चङ्खेली गाउँपालिका–४ का पदम सिंहले बताउनुुभयो । उहाँले जति औषधि निःशुुल्क रूपमा दिनुुपर्ने भनेको भए पनि यति खेर कुुनै पनि औषधि स्वास्थ्य चौकीमा नहुुँदा बिरामी औषधिबिना नै रोगसँग लडिरहेको बताउनुुभयो ।
सर्केगार्ड गाउँपालिकाका आठवटै वडाले औषधि खरिदका लागि एक/एक लाख रुपैयाँको बजेट विनियोजना गरे पनि हालसम्म कुुनैले पनि खरिद प्रक्रिया अगाडि नबढाएको गाउँपालिकाका स्वास्थ्य इन्चार्ज सन्तोष धामीले बताउनुुभयो ।
अझ एक वडाले त औषधि खरिदका लागि विनियोजित बजेट कार्यालय सहयोगी राख्नमा खर्च गरेकोे समेत उहाँले बताउनुुभयो । उहाँले गाउँपालिकाभरि छवटा स्वास्थ्य चौकी र दुुईवटा सामुुदायिक स्वास्थ्य क्लिनिक भए पनि ती कुुनैमा स्वास्थ्यकर्मीसम्म नभएकाले त्यहाँ आउने बिरामीको बिजोग हुुने गरेको र रित्तै हात फर्काउनुुपर्ने बाध्यता रहेको बताउनुुभयो । गाउँपालिकाले औषधि खरिदका लागि आठ लाख रुपियाँ बजेट छुुट्याएको र औषधि खरिद प्रक्रिया सुुरु भएर मुुगुुसम्म आएको जानकारी पनि उहाँले दिनुभयो ।
हुुम्लामा २६ वटा स्वास्थ्य चौकी, आठवटा सामुुदायिक स्वास्थ्य क्लिनिक र एउटा जिल्ला अस्पताल रहेको जिल्ला अस्पतालका डाक्टर रञ्जितकुुमार यादवले बताउनुुभयो । उहाँले जिल्लाले खरिद गर्ने औषधि सबै खरिद भएर आइसकेको र औषधि एकदेखि तीन चरणसम्म स्वास्थ्य चौकीलाई वितरण गरिए पनि त्यो पर्याप्त नभएको बताउनुुभयो । उहाँले केन्द्रबाट आउने ७० प्रतिशत औषधि हालसम्म नआएको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना