करोडौंको इँटा नष्ट

ittaभैरहवा , चैत २६ गते । वर्षाले रूपन्देहीका इँटा उद्योगमा बनाइएका दुई करोडभन्दा बढी काँचो इँटा नष्ट भएको छ । लुम्बिनी इँटा व्यवसायी सङ्घ भैरहवाका अनुसार तीन दिनअघि आएको वर्षाले रूपन्देहीका ५२ वटा इँटा उद्योगका दुई करोड ६० लाख गोटाभन्दा बढी पोल्न तयार काँचो इँटा गलेर नष्ट भएका हुन् । 

वर्षाका कारणले गलेर ईट्टा नष्ट हुँदा अहिले मात्रै १० करोड रुपियाँभन्दा बढीको नोक्सानी पुगेको इँटा व्यवसायीहरूको प्रारम्भिक अनुमान रहेको इँटा व्यवसायी सङ्घ लुम्बिनीका अध्यक्ष थानेश्वर घिमिरेले बताउनु भयो ।
अहिलेको वर्षाले एउटा भट्टामा कम्तीमा दुई लाखदेखि १० लाखसम्म काँचो इँटा नोक्सानी भएको लुम्बिनी इँटा व्यवसायी सङ्घका लेखा समिति संयोजक गोविन्द ज्ञवालीले बताउनु भयो । काँचो इँटाको बीमा पनि नहुने भएकाले राज्यले संरक्षण गर्न जरुरी रहेको उहाँले माग गर्नुभयो ।
रूपन्देहीमा उत्पादन हुने इँटाहरू रूपन्देही भन्दा बाहिर पाल्पा र स्याङ्जासमेत पुग्ने गरेको छ । मङ्सिरदेखि वैशाखसम्म इँटा उत्पादन हुने समय भएको र त्यसपछिको ६ महिनासम्म वर्षा मौसममा यो उद्योग बन्द रहने गर्दछ ।
बेमौसमी वर्षाका कारण काँचो इँटा गलेर नष्ट भए पनि बजारमा इँटाको अभाव हुन नदिन आफूहरू लागि परेको सङ्घका सचिव अजयकुमार गुप्ताले बताउनुभयो ।
बेमौसमी वर्षाका कारण सबैभन्दा बढी दर्लमकाली इँटा उद्योग धकधईमा नोक्सानी पु¥याएको छ । त्यस्तैगरी प्रकाश इँटा, सिद्धार्थ इँटा, हीरा इँटा, एलबी इँटालगायतमा धेरै नोक्सानी भएको सङ्घका कार्यालय सचिव ज्ञानेन्द्र लम्सालले बताउनुभयो ।
कञ्चनपुरमा नष्ट
वर्षाका कारण कञ्चनपुरमा सवा करोड मूल्य बराबरका इँटा नष्ट भएका छन् । गएराति परेको वर्षाका कारण कञ्चनपुरका विभिन्न इँटा उद्योगका काँचा इँटा झिजेर नष्ट भएका हुन् । महाकाली इँटा टायल उद्योग व्यवसायी सङ्घले कञ्चनपुरमा रहेका ३९ इँटा तथा टायल उद्योगमा उत्पादन भएका काचा इँटा नष्ट भएको जनाएको छ ।
महाकाली इँटा टायल उद्योग व्यवसायी सङ्घले कञ्चनपुरका अध्यक्ष बलदेव सिंह बुडालले पकाउन ठिक्क पारी राखिएका काँचा इँटा नष्ट भएको बताउनुभयो । उहाँका अनुसार हरेक इँटा उद्योगमा ३ हजारदेखि ५ हजारसम्म इँटा नष्ट भएका छन् । औसतमा एक लाख ५६ हजार इँटा नष्ट भएको जनाएको छ । ‘सुख्खायामको चैतमा वर्षा भएपछि कञ्चनपुरका इँटा व्यवसायी मारमा परेका अध्यक्ष बुडालले बताउनु भयो ।
लाखौँ लगानीमा सञ्चालन भएका इँटा उद्योगी प्राकृतिक विपत्का कारण इँटा भिजेपछि उद्योगी मारमा परेको अध्यक्ष बुडालले बताउनुभयो ।
अहिले कञ्चनपुरमा प्रतिइँटा ९ देखि १२ रुपियाँसम्ममा कारोबार भइरहेको छ । वर्षाका कारण इँटा व्यवसायी समस्यामा परेका कारण यसको वैकल्पिक व्यवस्थाको खोजी गर्नुपर्ने देखिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना