जागिरकोे परीक्षा र अध्यापनपछिको परीक्षामा फरक

Khagendra prasad subediडा. खगेन्द्रप्रसाद सुवेदी

 

यदि कोही मान्छे आफू सन्तुष्ट छ, खुसी छ भने आफ्नो नजरमा ऊ आफू सफल छ, तर कोही दुःखी छ, उसमा असन्तोष नै असन्तोष छ, पीडा महसुस गरिरहन्छ भने उसको आफ्नो जीवनमा ऊ असफल छ । मान्छे भन्ने गर्दछन्– हाम्रा हरेक क्रियाकलाप परीक्षा हुन्, जसको मूल्याङ्कन विभिन्न कोणबाट अरूले गरिरहेका हुन्छन् । बच्चालाई स्कुल पठाएर, केही सिकाउने र प्रमाणपत्र थप्दै जाने गरिन्छ, सिक्न स्कुल नै जानुपर्छ भन्ने त होइन तर स्कुल नगई परीक्षामा सहभागी नभई प्रमाणपत्र पाइँदैन, त्यो नभई यतिसम्म पढेको भन्ने कागज उसलाई हुँदैन; यसो भन्दैमा प्रमाणपत्र नहुनेले केही जान्दैनन् भन्ने होइन । स्कुल कलेज गएर कागजातको प्रमाणपत्र लिन थालेको कति भयो र गुरुकुलबाट बिस्तारै–बिस्तारै धार्मिक स्कुल हँुदै आधुनिक शिक्षा पद्धतितपर्m आएको कुरा हामी धेरैलाई थाहा छ । एउटा तह वा कक्षाको अध्यापनपश्चात् परीक्षा हुन्छ र माथिल्लो तह वा कक्षामा अध्ययन गर्ने बाटो खोलिन्छ । माथिल्लो तह अध्ययनका लागि यो विद्यार्थी योग्य छ भनेर प्रमाणपत्र दिइन्छ, किनकि माथिल्लो तहका लागि प्रवेश पाउन न्यूनतम यति पास गरेको हुनुपर्दछ भन्ने प्रावधान राखिएको हुन्छ । पढाइ त हालसाल सानै उमेरदेखि राखिएको हुन्छ, पाँच वर्षभन्दामुनिका बच्चालाई दबाबमा पढाउनुहुँदैन भन्ने सवाल छन्, त्यसैले पढाउने हैन खेलाएर सिकाउने भनेर विभिन्न नामकरणका तहहरू तोकिएका छन् । यद्यपि, जुनसुकै तह होस् त्यसको अन्तिममा परीक्षा लिइन्छ ।
अध्यापनपश्चात्का परीक्षाको तह विद्यार्थीको उमेर र उसले सिक्न सक्ने क्षमता र उसले अध्ययन गर्न रुचाएको क्षेत्रअनुसार स्कोर प्राप्त गर्दछ । हरेक व्यक्तिमा ग्रहण गर्न सक्ने, बुझ्न सक्ने क्षमता आपmैँमा फरक वा अलग हुन सक्दछ । त्यसैले हरेक व्यक्ति सबै समान रहन्छ भन्ने हुँदैन, मनोवैज्ञानिकहरू प्रत्येक व्यक्तिमा व्यक्तिगत भिन्नता हुन्छ भन्ने गर्दछन् । स्कुल, कलेजमा सैद्धान्तिक विषय, त्यसको धारणा, सिद्धान्त एवम् उपयोगबारेमा अध्यापन गराइन्छ र विद्यार्थीले कतिसम्म बुझे भनेर परीक्षामार्फत गे्रडिङ गरिन्छ र प्रमाणपत्र दिइन्छ ।
बेन्जामिन सामुइल ब्लुम नामक मनोवैज्ञानिकले संज्ञानको परिधि वा क्षेत्रलाई छ भागमा वर्गीकरण गरेका छन्– ज्ञान, बोध, प्रयोग, विश्लेषण, संश्लेषण र मूल्याङ्कन ।
उनको सन् १९५६ मा बाहिर आएको यस टेक्सोनोमीलाई सन् २००१ मा संशोधन गरियो जो निम्नअनुसार छ–सम्झने, बुझ्ने, प्रयोग, विश्लेषण, मूल्याङ्कन र रचनात्मक ।
विद्यार्थीले कुनै पनि विषयको अध्ययन गरिसकेपछि माथि उल्लिखित ज्ञानको कुन तहको स्थितिमा बुझ्दछ अथवा तल्लो तहको अध्यापनमा सुरुका तीनवटा सम्झने, बुझ्ने र प्रयोगमा ल्याउने ज्ञानका परिधिहरू समेटिएका छन् भने उच्चस्तरको अध्यापनमा अन्य तीनवटा विश्लेषण, मूल्याङ्कन र रचानात्मक संज्ञानका क्षेत्रहरू समेटिने गर्दछ । पहिलो सम्झनामा विद्यार्थीले पहिले पढेका कुरा तथा सूचनालाई जस्ताको त्यस्तै भन्न सक्दछ । दोस्रो बुभm्नु पहिले पढेको विषय र सूचनालाई सोही अर्थ लाग्ने गरी वर्णन आफ्नो शब्दमा गर्नु भन्ने हो । तेस्रो प्रयोगलाई पहिले अध्ययन गरेर बुभmेको विषयका आधारमा आफ्नो धारणालाई नयाँ परिस्थितिमा, कार्यस्थलमा उपयोगमा ल्याउन सक्ने क्षमता भन्ने बुझ्न सकिन्छ । चौथो, विश्लेषणअन्तर्गत व्यक्तिले विषय सन्दर्भ घटनालाई विभिन्न क्षेत्रमा अलग–अलग गरेर त्यसको संरचनालाई बुभm्न सक्ने, केलाउन सक्ने क्षमताका रूपमा बुझ्न सकिन्छ । पाँचौँ, मूल्याङ्कनमा विभिन्न सामग्री घटना, विचार एवम् धारणालाई तुलना, भिन्नता, फरक रूपमा विश्लेषण गरेर सबैभन्दा बढी प्रभावकारी समाधान गर्ने वा सबैभन्दा उत्कृष्ट विभिन्न तथ्यका आधारमा छनोट गर्नु श्रेणीगत, क्रमाङ्गत रूपमा राख्न सक्नु मूल्याङ्कनको दायरामा पर्दछ । छैटौँ, रचनात्मकता, विभिन्न फरक–फरक तŒवहरूलाई, साधना एवम् विचार र धारणालाई एउटै धारमा मिश्रण गरेर त्यसका आधारमा नयाँ साधन, संरचना, विचारधारा, सिद्धान्त प्रस्तुत गर्ने क्षमताको प्रस्तुति यसअन्तर्गत पर्दछन्, जसको प्रयोगबाट नयाँ सिर्जनात्मकता सुरु हुन्छ ।
संज्ञानका छ वटा क्षेत्रको परीक्षण गर्न परीक्षा लिनु जो सबैले सक्दैनन् । यसको सही परीक्षण गर्नेखालका प्रश्न निर्माण गर्नु उच्चकोटिको क्षमता सीपको जरुरत पर्दछ । कुनै तहको अध्यापनको उद्देश्य र उक्त उद्देश्य पूरा गर्न अपनाइएको शैक्षिक रणनीति र मूल्याङ्कनको स्तरले विद्यार्थीको स्तर बुझ्न सकिन्छ । नयाँ–नयाँ विधाका विषय विश्वमा आइरहेका छन् । संसारको विभिन्न क्षेत्रका आवश्यकता र मागलाई पूरा गर्न अध्ययनका क्षेत्र उदाइरहेका छन् र आजको सूचनाको द्रुततर फैलिन सक्ने तकनिकिका कारण कुनै पनि घटना परिघटना क्षणभरमै एक क्लिकमा दुनियाँभरमा थाहा हुन्छ । धेरै विषय अध्ययन गरेपछि भोलि त्यसको उपयोग रोजगारीको क्षेत्रमा अथवा उत्पादनमूलक क्षेत्रमा वा स्वरोजगारीको क्षेत्रमा भएन भने बेरोजगारी बढ्छ, जिन्दगीभरि एउटा क्षेत्रको विशेषधारको अध्ययन गरेर रोजगारीका लागि अथवा दैनिकी चलाउन विवश भएर अन्य क्षेत्रमा काम गर्न थालियो भने त्यसले प्रभावकारी कार्यसम्पादन गर्न सक्दैन । सामान्य लाए अह्राएको काम अनि धुन्दुकारीको काम गर्न सक्ने हुन्छ । बथान बिथोल्ने काममा बढी सक्रिय हुन सक्दछ ।
नेपालका अध्ययन संस्थान अथवा विश्वविद्यालयका विभागहरू जसले सैद्धान्तिक विषयको अध्यापन गराइरहेका छन् । जो मनोवैज्ञानिक सामुइल ब्लुमको ज्ञानको छवटा क्षेत्र जो विश्व प्रसिद्ध छ र विकसित मुलुकको शैक्षिक क्षेत्रमा यसको अनुशरण गरिएको छ, त्यसको समाधानका रूपमा के–कति छ तुलना त नगरौँ तर कम्तीमा नेपाल सरकारका मन्त्रालय र त्यसअन्तर्गतका निकाय र आवश्यक पर्ने जनशक्तिलाई ध्यानमा राखेर आपसमा समन्वय गरी पाठ्यक्रम निर्माण, अध्यापन र एउटा निश्चित समयसम्म इन्टर्नसिप गराई लैजान आवश्यक छ । प्राज्ञिक क्षेत्र र मन्त्रालय विभागबीच समन्वय नभई हाम्रो जनशक्ति उत्पादन हुँदा हामी हाम्रो सेवा तथा वस्तुको उत्पादन, वितरण, मूल्याङ्कन पृष्ठपोषणबीच ठूलो खाडल देखिँदै छ । कुनै पनि विषय राम्रो नराम्रो भन्ने छैन । आ–आफ्नो रुचिको विषय अध्ययन गरेर त्यसको वास्तविक उपयोग हुने क्षेत्र विकल्पसहित रोज्नु जरुरी छ । सबै अध्ययन गरेका विद्यार्थीलाई सरकारी रोजगारी मिल्न आजको अवस्थामा सम्भव छैन किनभने एक वर्षमा उत्पादन हुने कुनै पनि तहको विद्यार्थीबराबर प्रत्येक वर्ष त्यत्तिकै सङ्ख्यामा सरकारी दरबन्दी रिक्त नै हुँदैन । विद्यार्थी उत्पादन र रोजगारी (सरकारी) सिर्जनाबराबर गर्न अहिलेचाहिँ कल्पना गर्न सकिँदैन । तसर्थ, पढ्ने व्यक्तिले स्वरोजगारबारे पनि विकल्पमा सोच्नुपर्दछ । ज्ञान र व्यवहार फरक पर्दछ । सिद्धान्त पढेको र व्यवहारमा उतार्नु फरक–फरक क्षेत्र हुन् । धेरै व्यक्ति धेरैतिरका कुराको प्रवचन दिन्छन् तर उक्त व्यक्ति काममा पनि त्यत्तिकै दख्खल राख्छ भन्ने कुराको सुनिश्चितता हुँदैन । सबै गफाडीले काम पनि त्यत्तिकै गर्न सक्दछन् भन्ने हुँदैन, नबोल्ने वा कम बोल्ने व्यक्ति पनि उक्त गफाडीभन्दा धेरै राम्ररी काम गर्न सक्छ । हाकिमलाई पटक–पटक भेट्न आउने व्यक्तिचाहिँ काम गर्ने; भेट्न नआउने वा कम आउने व्यक्तिचाहिँ कम काम गर्ने व्यक्ति होइन भन्ने चर्चा कर्मचारी वृत्तमा प्रायः चल्ने सन्दर्भ हो । हामी सुन्ने गर्दथ्यौँ– त्यो फलानो कुरा मीठो गर्छ, व्यवहारमा परिस् भने थाहा पाउँछस्; यहाँ भन्न खोजिएको कुरा के हो भने कुनै पनि कुरा बोलेको भरमा मात्र कसैलाई कुनै कुरा सोध्दा उसले थाहा पाएको भरमा यो जान्ने छ, काम गर्छ भन्ने सुनिश्चित हँुदैन । त्यसैले कुनै पनि पदका लागि प्रतिस्पर्धात्मक परीक्षा लिँदा ज्ञान, सीप, व्यवहार, मनोवृत्ति, मूल्य मान्यता र दृष्टिकोण आदि सबैको परीक्षण गर्नुपर्दछ । पदमा बसेर गर्नुपर्ने कार्यसम्पादनलाई आधार मानेर माथि भनिएझैँ बेन्जामिन ब्लुमको टेक्सोनोमीका छवटा संज्ञानका क्षेत्रसँग सम्बन्ध स्थापित गरी उक्त पदलाई चाहिने दक्षताहरू (नेतृत्वसिप, विश्लेषणसिप, दबाबमा काम गर्न सक्ने क्षमता, समूह वा एक्लै काम गर्ने क्षमता, अरूसँग समन्वय गर्ने क्षमता, मौखिक र लिखित सञ्चारसिप, सांख्यिक गणितीय ज्ञान आदि) सीपहरू र आवश्यक पर्ने गुणहरूको परीक्षण हुने गरी परीक्षा लिनुपर्ने हुन्छ ।
नेपालको सन्दर्भमा निजामती सेवाका कर्मचारी छनोट गर्न लोकसेवा आयोगको स्थापना २००८ सालमा भएको हो । यही एउटा यस्तो संवैधानिक निकाय हो, जो २००४ सालको राणा सरकारले जारी गर्न चाहेको संविधानमा दर्खास्त दर्ताको नामबाट जन्म लिन चाहेको थियो भने २००७ सालदेखि हालसम्मका संविधानमा निरन्तर रूपमा कर्मचारी छनोटका लागि संवैधानिक निकायका रूपमा स्थापित भई नै रह्यो । यस अर्थमा अन्य सबै संवैधानिक निकायभन्दा पुरानो संस्था हो अथवा जेठो संस्था हो । लोकसेवा आयोगका तत्कालीन सचिव भुवनमान सिंहले स्थापित गरेका मूलभूत निष्पक्षताका तरिकाहरू र स्थापित मूल्य–मान्यता (उत्तरपुस्तिका प्रथम कोडिङ, द्वितीय कोडिङ, परीक्षाको प्रश्नपत्रको मोडरेसन, छपाइमा बस्ने व्यक्ति परीक्षा सञ्चालनको आधा घण्टासम्म बाहिर जान नपाउने पद्धति आदि) विकास गरेका कारण अहिले पनि निरन्तर त्यसैको सुधारका कारण निष्पक्ष छ । एक र अर्काको कामबारे चियोचर्चा नहुनु महŒवपूर्ण यस्ता धेरै पद्धति अपनाइएका कारण निष्पक्ष रहिरहेको छ । हामी त्यो निष्पक्षतालाई कायम राख्दै परीक्षार्थीको व्यवहार मनोवृत्ति, इमानदारी व्यक्तित्व आदि ज्ञान सीपको सँगसँगै पदानुसारको उक्त विषय क्षेत्रको व्यवहारजन्य पक्षको परीक्षण गर्न चाहन्छौँ र त्यो प्रयास सुरु भइसकेको छ । सन् २०१३ देखि यसका लागि पूर्वाधारको तयारीमा समय व्यतीत भइरहेको छ । हाल आएर धेरै परीक्षा संस्थानहरू समेतका कारण कार्यव्यस्तताले गर्दा यसले जति व्यावहारिक महŒव पाउनुपथ्र्यो, पाइरहेको छैन । परीक्षण गर्ने साधनहरू मात्र समुचित भएर हुँदैन, त्यसलाई चलाउने प्रशिक्षित दक्षले आफ्नो नैतिक आचरणको पालना गरी पूर्ण रूपले काम गर्न पाएमा मात्र त्यसको जिम्मेवारी उक्त संस्था (व्यक्ति) लाई सुम्पिएको खण्डमा राम्ररी सम्पन्न हुन सक्दछ । परीक्षणका साधनहरूको हकमा हाल प्रचलित नेपाली सेनाको परीक्षणका साम्रगी अन्तर्राष्ट्रियस्तरका छन् । जसमा क्षमताको वर्गीकरण गरी त्यसको मापन मूल्याङ्कन गर्नेखालका छन्, जस्तै थिएमेटिक एपरसेसन टेस्ट, वर्ड असोसियसन टेस्ट, आईओटीओ, जीटीओ, बोर्ड कन्फेरेन्स र त्यसपूर्व लिने सेकेन्ड लेफ्टिनेन्टको परीक्षा उद्देश्यमूलक छन् । सशस्त्र प्रहरी बल नेपालको पनि नेपाली सेनासँग धेरै मिल्दोजुल्दो छ र त्यसको पनि के–के परीक्षण हुने भन्ने कुरा प्रस्ट छ तर यसैसालदेखि लोकसेवा आयोगको परामर्शबमोजिम राष्ट्रिय अनुसन्धान विभागका अफिसरहरूको परीक्षणका लागि कार्य विश्लेषण, कम्पेटेन्सी म्यापिङ परिभाषित गरी परीक्षणमा अपनाइएको नयाँ पाठ्यक्रममा टीए टेस्ट, वर्ड एसोसियसन टेस्ट, गु्रप प्लानिङ टेस्ट आदिसमेत राखी उक्त परीक्षा आयोगको सल्लाहमा आयोगको परीक्षण प्रविधि तथा पाठ्यक्रम महाशाखालाई सञ्चालन गर्ने जिम्मा राष्ट्रिय अनुसन्धान विभागले गरेबमोजिम सम्पन्न भएको छ, जो अन्तर्राष्ट्रियस्तरको गुप्तचर संस्थासँगको तुलनामा बराबरीमा पुगेको छ । अब नेपाल प्रहरीको पनि तहअनुसार सुरुको भर्नामा लिइने परीक्षा कार्य विश्लेषण र कम्पिटेन्सी म्यापिङ गरी के–के परीक्षण गर्नका लागि परीक्षा लिने गरिएकोे हो, सुनिश्चित गरी हालको पाठ्यक्रममा संशोधन गर्नु समायोचित हुनेछ । निजामतीका लागि पनि काम सुरु गर्न थालिएको छ तर यसले समय बढी लिइरहेको छ ।
लोकसेवा आयोगले नेपालको संविधानको भाग २३ धारा २४३ ले दिएको अधिकार प्रयोग गरी विभिन्न संस्थान, बोर्ड, प्राधिकरण, प्रतिष्ठान आदिको लिखित परीक्षा लिन सुरु गरिसकेको छ र प्रत्येक सङ्गठित संस्थाले लोकसेवा आयोगको सामान्य सिद्धान्तमा मेल खाने गरी आफ्ना विनियमावली कार्यविधि अथवा उक्त संस्थाको सेवाका कर्मचारीको सेवाका सतसम्बन्धी कानुन र त्यस्तो सेवाको पदमा बढुवा र विभागीय कारबाही गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्तको विषयमा लोकसेवा आयोगको परामर्श अनिवार्य गरेको छ । उक्त विभिन्न संस्थाहरूको पाठ्यक्रम पनि उक्त संस्थाको पदको प्रकृति, सम्पादन गर्नुपर्ने काम र त्यसका लागि चाहिने दक्षता, सीप, व्यवहार, व्यक्तिगत गुण र इमानदारीको परीक्षण गर्नेगरी गर्न जरुरी छ । धेरैजसोको निजामती सेवाका पाठ्यक्रम नै थोरै फेरबदल गरी आफ्नो बनाउने गरेको देखिन्छ, सुनिन्छ । यो संस्थाका लागि कदापि राम्रो होइन, हामी निष्पक्षताका लागि मात्र परीक्षण होइन, दक्षता र व्यवहार, मनोवृत्तिको परीक्षण गरिएन भने अझै कार्यसम्पादन स्तरमा पछि पर्नेछौँ र चाहेको जनशक्ति भित्रिन पाउँदैन ।
कर्मचारी छनोटका लागि जुन परीक्षणका कोर्सहरू बनाइन्छ, यो जटिल र एउटा प्रशिक्षित पृष्ठभूमि भएको व्यक्ति वा संस्थाले गर्ने कुरो हो । प्रशिक्षित नभएका व्यक्ति र संस्थाले गर्न गाह्रो हुन्छ । अब त्यसको तयारी गर्न जरुरी छ । निष्पक्षताको मन्त्रले मात्र अब थाम्दैन, रेल भएर के गर्नु कोइलाबाट चल्ने छुकछुके पनि रेल, घण्टौँ लाग्ने रेल र प्रतिघण्टा ५०० किमिभन्दा ज्यादा दौडने रेल पनि आएको समयमा हामी कम्तीमा उक्त दिशातर्फ उन्मुख हुनैपर्दछ ।
माथि उल्लेख गरेको विषय र सन्दर्भले कर्मचारी छनोट र त्यसको व्यवस्थापन, तालिम, पदस्थापन, जिम्मेवारी र त्यसको सूचकाङ्कका आधारमा वैज्ञानिक मूल्याङ्कनका पद्धति आवश्यक छ । कर्मचारीलाई श्रेणीविहीन, खरिदार र शाखा अधिकृत स्तर तीन तहमा मात्र प्रवेश गराउन बाँकी सबै कार्यसम्पादनका आधारमा माथिल्लो तहमा जाने ऐनमा व्यवस्था नगरी फेरि पनि अन्य व्यक्ति प्रवेश गर्ने ठाउँ दिइयो भने हामीले कर्मचारीलाई काम गर्नमा भन्दा पढ्न बाध्य बनाएर काम गर्नेभन्दा पढ्नमा तन, मन र धन लगाउने प्रवृत्तिलाई बढवा दिनेछौँ । काम गरेर हैन पढेर माथिल्लो तह जाने ढोकाले काम गर्ने पनि निरुत्साहित हुनेछन् । यसरी विद्यालय, कलेज सैद्धान्तिक तहको धारणा, सिद्धान्त परिभाषा त्यसको उपयोगिता र तरिका र रणनीति पढेको हुँदा उक्त परीक्षामा सैद्धान्तिक विषय र त्यसको उपयोगिता आदिबारे प्रश्नहरू आउने र निश्चित उत्तीर्णाङ्क ल्याएपछि सफल भइन्छ तर जागिर भन्नेबित्तिकै त्यहाँ निश्चित कामका लागि पद सिर्जना गरिएको हुन्छ, अनि उक्त पदले गर्ने जिम्मेवारी कार्यविवरण, कार्यक्षेत्र तोकिएको हुन्छ । उक्त कामको प्रभावकारिताका लागि कर्मचारीमा निहित ज्ञान, सीप व्यवहार मनोवृत्ति, कार्यशैली, व्यक्तिगत गुण र उक्त कामप्रतिको उसको झुकाव, लगाव, रुचि हेर्नुपर्ने हुन्छ । जागिर खाने परीक्षाले धेरै क्षेत्रको भावीपूर्वानुमान समेत गराएर प्रतिस्पर्धा गराउँछ र निश्चित उत्तीर्णाङ्कको सीमा पार गरे पनि उच्चतम अङ्कक प्राप्त गर्ने सीमित आवश्यक सङ्ख्यामात्र छनोट गर्दछ भने अध्ययन गर्दा उक्त कक्षामा अध्ययनरत तोकिएको निश्चित सीमा पार गर्ने अथवा ग्रेड ल्याउने सबै विद्यार्थी पनि सफल हुन सक्छन्् । कुनै क्षेत्रको अब्बल व्यक्ति जागिरको अर्को क्षेत्रमा अब्बल हुन्छ भन्ने सुनिश्चितता हँुदैन किनकि हाम्रो विश्वविद्यालयमा पढाइने विषय र हाम्रो देशकालअनुसारको तोकिएको पदबीच तालमेल पनि जरुरी छ । यसर्थ विश्वविद्यालय, मन्त्रालयका विभाग र वास्तवमै पदको कार्य दैनिकीमा आइपर्ने कामको तौरतरिकाको वास्तविक सीप सिकाउने तालिम केन्द्र रहनु पर्दछ, सिद्वातमा नेतृत्वकला, व्यवस्थापनकला, तनाव व्यवस्थापन आदि कलेजमा अध्ययन गराइने र तालिम दिने संस्थाले सिकाउनेबीचमा सर्लक्क छुट्टिनेगरी कोर्स रहनुपर्दछ । जसले अध्ययनको सैद्धान्तिक एउटा डिग्री पार गरेर जागिरका लागि पदसुहाँउदो अन्य गुणहरू प्रस्तुत गरी मेरिट्रोक्रेसीका आधारमा कामका लागि छनोट भएको कर्मचारीलाई दिइने वा सिकाउने सीपमूलक तालिमको सुनिश्चितता र अन्य जिम्मेवारी तोकेर सूचकाङ्कका आधारमा मूल्याङ्कन गरी कर्मचारी बढुवा गर्नुपर्ने भएकाले यी सबै बीच एक आपसमा समन्वयको मेकानिजम बनाएको खण्डमा सुशासनमा बढावा पुग्दछ । माथिका विभिन्न विषयले यसरी जागिर खाने परीक्षा र अध्यापनपछिका परीक्षा फरक छन् भन्न सकिन्छ ।
(लेखक, लोकसेवा आयोगका सहसचिव हुनुहुन्छ । )

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना