गर्मी लाग्यो, खानपानमा ध्यान दिऔं

सरोज ढुङ्गेल

काठमाडौँ, चैत २७ गते । गर्मी मौसमको सुरुवातसँंगै अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ । विशेषगरी उपत्यकाका ठूला अस्पतालहरुमा गर्मीयामसँगै बिरामीको संख्यामा पनि वृद्धि हँुदै गएको छ । छाडापखालालगायत सरुवा रोगले पनि सताउने गरेको छ ।  गर्मी मौसमसँगै उपत्यकामा ज्वरो, टाइफाइड, झाडापखाला, आँउ, स्क्रब टाइपस, ठेउलालगायतका रोगको समस्या आउनथालेका छन् । गर्मीयाममा लाग्ने रोग बढ्न थालेपछि चिकित्सकहरूले सचेत रहन आग्रह गरेका छन् ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले गर्मी मौसमको सुरुवातसँगै टेकुस्थित सरुवा रोग अस्पतालमा दैनिक ३० देखि ४० जना बिरामी ज्वरोको समस्या लिएर आउने थालेको जानकारी दिनुभयो । गर्मीमा ज्वरो, फुड प्वाइजन, टाइफाइड, मलेरिया, कीटजन्य रोगहरू देखापर्नसक्ने भन्दै डा। पुन रोगबाट सावधानी अपनाउन जोड दिनुहुन्छ ।
गर्मी मौसममा विशेष गरी स्वच्छ पिउने पानी र खानेकुरामा विशेष ध्यान दिन जोड दिदै थप्नुभयो,“ पिउने पानी तथा खानेकुराबाट पनि कतिपय रोग लाग्ने सम्भावना हुन्छ ।”
डा. पुनले गर्मी मौसममा खानेपानीमा पनि विशेष सावधान हुनुपर्ने भन्दै सफा पानी पिउने र खाना पकाउँदा सफा पानी प्रयोग गर्दा रोगलाग्ने सम्भावना कम हुन्छ । औसतमा ४० बिरामीमध्ये कतिपय बिरामीहरू टाइफाइड भएका बिरामीहरु आउने गरेको जानकारी दिँदै उहाँले सामान्य उपचारपछि फर्कने गरेका छन् भने कतिपयलाई अस्पतालमा भर्ना गरेर राख्ने गरिएको जानकारी दिनुभयो ।
उहाँले गर्मी मौसममा पानीबाट सरुवा रोग फैलनसक्ने भन्दै पानीलाई उमालेर पिउन सुझाव दिनुभयो ।
उहाँले धाराको पानी मात्र होइन, ट्याङ्कर र जारकै पानीसमेत उमालेर पिउन सुझाव दिनु हुँदै पानी प्रदूषित हुनसक्छ भन्ने जान्दाजान्दै पनि सतर्कता नअपनाइएमा सरुवा रोग फैलने सक्नेतर्फ सचेत गराउनुभयो ।
उपत्यकामा झाडा पखलादेखि टाइफाइड, स्क्रप टाइपस जस्ता सरुवा रोगको जोखिम रहेको भन्दै डा। पुनले किटजन्य, पक्षीजन्य तथा पशुजन्य रोगबाट जोगिन सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।
गर्मी मौसममा ज्वरो फैलँदो रोग हो तर ज्वरो पनि त्यसै आउँदैन । डा। पुनका अनुसार न्वरो आयो भने घरमै उपचार खोजेर नबसी अस्पताल नै पुग्नु राम्रो हुन्छ र त्यसले ज्वरोको कारणका जानकारीसँगै उपचार पनि सम्भव हुन्छ । । डा। पुनले धारामा आएको र ट्यांकरमा ओसारिएका मात्रै नभई प्राकृतिक रुपमा उम्रिएका पानी समेत प्रदूषित हुनसक्ने भन्दै पानीजन्य रोगबाट बच्न उमालेर खानुपर्ने बताउनुभयो ।
उहाँले प्रदूषित पानीकै कारण झाडापखाला, हैजा, जन्डिस, टाइफाइड, आउँजस्ता रोगको समस्या आउने गरेको बताउनुभयो । यसबाहेक लामखुट्टेको टोकाइबाट पनि रोगहरु लाग्न सक्नेछन् । स्क्रव टाइपस, इन्सेफ्लाइटिस, मलेरिया, डेगीलगायतका रोगहरु पनि यहि समयमा लाग्ने हुनाले घर वरपर सफा राख्ने, खाल्डाखुल्डी छन् भने पुरिदिने चिकित्सकको सुझाव छ ।
वीर अस्पतालका निर्देशक डा। भुपेन्द्रकुमार बस्नेत गर्मी मौसमको सुरुवातसँंगै वीर अस्पतालमा दैनिक तीनसय बिरामीहरु थपिएको जानकारी दिनुभयो । उहाँले टाउको दुख्ने, ज्वरो आउने, घाँटी, धुलोको कारणले उत्पन्न हुने बिरामीहरुको संख्यामा वृद्धि भएको जानकारी पनि दिनुभयो ।
चिकित्सकहरूका अनुसार गर्मी मौसममा ब्याक्टेरियाहरुको बढ्दो सक्रियताले गर्दा ज्वरो, मलेरिया, स्क्रब टाइपस, झाडापखाला, टाइफाइड जस्ता रोगहरु बढ्नेछन् । टाइफाइडमा ज्वरो, आउने, टाउको दुख्ने, शरीर दुख्ने, कब्जियत देखिने, निरन्तर एकहप्तासम्म रुघा खोकीको लक्षण देखिने भन्दै यस्तो अवस्थामा पनि तत्काल अस्पताल जानु पर्ने उहाँहरूको सुझाव छ ।
शिक्षण अस्पतालका निर्देशक डा। दीपक महराले जाडोमा भन्दा गर्मी मौसममा बिरामीको चाप बढी हुने गरेको बताउनुभयो । वरिष्ठ बालरोग विशेषज्ञ डा। ज्योतिरत्न धाख्वाले झाडापखाला, ज्वरो, मलेरियाजस्ता समस्याले बालबालिकाहरुलाई सताउने भन्दै बालबालिकामा अचानक ज्वरो आएमा तत्काल अस्पताल लैजानुपर्ने बताउनुहुन्छ ।
उहाँले बालबालिकाहरुलाई संक्रमणयुक्त रोगहरुपछि किरा फट्याङ्ग्रा, उडुस, उपिँया, लामखुट्टेजस्ता किटजन्य टोकाइको माध्यामबाट पनि बालबालिकाहरुलाई छालामा संक्रमण, एलर्जी हुने खतरा बढी हुने भएकोले त्यस्ता रोगमा समेत अविभावकहरु सचेत हुनुपर्ने सुझाव दिनुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना