मुलगुरु महर्जन र डंगोललाई सम्मान

SAM_2728

गोरखापत्र समाचारदाता-
काठमाडौं । ज्यापु कल्याणकारी कोषले असनका कृष्णबहादुर महर्जन र ब्रम्हटोल नःबहाः, दगू दाफा खलका मुलगुरु मचाभाई डंगोललाई नगद पन्ध्र हजार रुपियाँसहित ‘रत्न–आशा खलः सिरपा’बाट सम्मान गरेको छ ।
भाषा, कला, संस्कृतिमा उत्थान गर्ने उद्देश्यले स्व. रत्नमाया महर्जन र स्व. आशाकाजी महर्जनका नामबाट बीस लाख रुपियाँको अक्षयकोष राखी ज्यापु कल्याणकारी कोष स्थापना भएको हो ।
कार्यक्रममा कोषका अध्यक्ष सुवर्णमान डंगोलले स्वः रत्नमाया महर्जनका छोरी नानीमैंया महर्जन र स्व. आशाकाजी महर्जनका श्रीमति लक्ष्मी महर्जनलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । उहाँहरु यस कोषका दाता हुनुहुन्छ ।
अर्काे वर्ष थप दुईजना महिलालाई जनही नगद दश हजार रुपियाँसहितको ‘रत्न–आशा मय्जु सिरपा’ र एक संस्थालाई नगद दश हजार रुपियाँसहितका ‘रत्न–आशा खलः सिरपा’ बाट सम्मानित गर्ने घोषणा गरिएको आयोजक कमिटीका सचिब बाबुराजा प्रजापतिले जानकारी दिनुभयो ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मानलाई नगदमा तुलना गर्न नमिल्ने भन्दै स्थानीय सरकारबाट भाषा, संस्कृति र रहनसहनमा जोडदिंदै जाने बताउनुभयो ।
कोषका सहसचिबका साथै वडा.नं २३ का अध्यक्ष मचाराजा महर्जनले वडा विकासया निम्ति जनता पनि सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना