साहित्यकार चालिसेलाई पत्नीशोक

काठमाडौँ,  चैत २८ गते । साहित्यकार तथा पत्रकार विजय चालिसेलाई पत्नीशोक परेको छ ।

उहाँकी धर्मपत्नी लक्ष्मीको भक्तपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा ६६ वर्षको उमेरमा आज बिहान निधन भएको साहित्यकार जगत्प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँको स्थानीय गोकर्ण घाटमा अपराह्न दाहसंस्कार गरिने बताइएको छ । स्व चालिसे साहित्यकार रमेश विकलकी जेठी बुहारी हुनुहुन्थ्यो । (रासस)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds