पुनःनिर्माण प्राधिकरण नयाँ संरचनामा

NRA.jpgकाठमाडौँ, चैत २९ गते । विभिन्न मन्त्रालय मातहतमा रहेर भूकम्पपछिको पुनःनिर्माणमा सहभागी हुँदै आएका सबै निकायहरू बिहीबारदेखि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणकै मातहतमा रहने भएका छन् । प्रधानमन्त्री अध्यक्ष रहने प्राधिकरणको निर्देशक समितिको हालै बसेको बैठकले गरेको निर्णयअनुसार बिहीबारदेखि नयाँ सङ्गठात्मक संरचनामा काम हुन लागेको हो । 

नयाँ संरचनाअनुसार शिक्षा मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय अयोजना एकाई कार्यालय, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना एकाई कार्यालय र सङ्घीय मामिला तथा सथानीय विकास मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन एकाई अबदेखि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत नै रहेर काम गर्नेछन् ।
अबका दिनमा भूकम्प प्रभावित ३१ जिल्लामा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन एकाई रहेनछन् । उक्त एकाईबाट भूकम्प प्रभावितलाई अनुदान वितरण तथा स्थानीय पूर्वाधार निर्माणमा सहयोग पु¥याउने प्राधिकरणले जनाएको छ ।
त्यस्तै शिक्षा क्षेत्रको पुनःनिर्माणको लागि केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन एकाईले काम गर्ने छ । उक्त एकाईअन्तर्गत केन्द्रमा एउटा र २० जिल्लामा जिल्ला आयोजना कार्यान्वयन एकाई रहने व्यवस्था प्राधिकरणले
गरेको छ ।
नयाँ संरचनामा पनि हाल कार्यरत कर्मचारीहरूलाई यथावत् राखिएको छ । कहाँ कति कर्मचारी अपुग हुन्छ भन्ने विषयमा अध्ययन भइरहेको र आवश्यक परेमा सम्बन्धित मन्त्रालयबाट माग गरिने प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो । उक्त सङ्गठनात्मक संरचनापछि सबै निकायहरू प्राधिकरणप्रति उत्तरदायी र जवाफदेही रहने हुँदा हाल देखिएको लामो र झन्झटिला प्रक्रिया सहज भई पुनःनिर्माण कार्यले गति लिने प्रवक्ता भुसालको दाबी छ ।
प्राधिकरणले निजी आवास निर्माणलाई विशेष प्राथमिकता दिँदै आएको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार हाल ३१ जिल्लामा चार लाख आठ हजार १७१ निजी आवास निर्माण भइरहेका छन् भने एक लाख १४ हजार ९७१ घर निर्माण सम्पन्न भइसकेका छन् । भूकम्पका कारण घर भत्किएर लाभग्राहीको सूचीमा पर्नेको कुल सङ्ख्या सात लाख ६७ हजार ७०५ रहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना