समृद्धिका लागि नयाँ आयाम

shib kumar bhattaraiशिवकुमार भट्टराई


नयाँ वर्ष २०७५ संघारमा छ । भोलिबाट नेपाल नयाँ वर्षको यात्रामा अघि बढ्दै छ । २०७४ साल नेपालको राजनीतिक इतिहासमा ज्यादै महŒवको वर्ष रह्यो । खासगरी राजनीतिक स्थिरताका निम्ति । नयाँ संविधान जारी भएपछि त्यसको कार्यान्वयनका लागि तीन तहका निर्वाचन ०७४ सालमै सम्पन्न भए । यसरी हेर्दा नयाँ नेपाल निर्माण अभियानमा ०७४ साल महŒवपूर्ण फड्को मार्न सफल भएको मान्न सकिन्छ । मुलुकमा व्याप्त लामो राजनीतिक सङ्क्रमणलाई बिट मार्ने काम ०७४ सालले गरेको छ । देशमा स्थानीय, प्रदेश र केन्द्र सरकार स्थापना भएका छन् । सङ्घीय ढाँचामा मुलुक अगाडि बढेको छ । अब राजनीतिक सङ्क्रमण अन्त्य गरी आर्थिक समृद्धिको दिशामा मुलुक अग्रसर भएको छ । नयाँ वर्ष नयाँ उत्साह र उमङ्गका साथ शुरु हँुदैछ । नेपाल र नेपालीको अभाव अनि दरिद्रता अब अन्त्य हुनुपर्छ । यो महाअभियानमा सबैको साथ र सहयोग जरुरी छ ।
नेपालमा नयाँ सरकार गठनपछि धेरैजसो प्रधानमन्त्रीको पहिलो विदेशयात्रा दक्षिणी छिमेकी भारतबाट शुरु हुने गरेको छ । यसपाला पनि त्यो परम्परा कायम रह्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारतको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ तर यसपालाको भ्रमण भने विगतभन्दा केही भिन्न रह्यो । प्रधानमन्त्री ओली भारतीय समकक्षी नरेन्द्र मोदीको खास र अर्थपूर्ण आतिथ्य प्राप्त गर्न सफल हुनुभएको छ । दुवै देशका प्रधानमन्त्रीबीचको भेट सौहार्द मात्र होइन, ज्यादै आत्मीय पनि देखियो । आपसी सम्बन्धको आधार आर्थिक समृद्धिलाई बनाइएको छ । नेपालको विकास प्रक्रियामा भारतले पूर्ण साथ र सहयोग दिने लिखित सहमति भएको छ । खासगरी जल र रेल मार्गबाट नेपाललाई जोड्न भारत सहमत भएको छ । यसले नेपालको आर्थिक प्रगतिमा महŒवपूर्ण प्रभाव पार्ने छ ।
यतिबेला नेपालमा बलियो सरकार गठन भएको छ । लामो समयको राजनीतिक अस्थिरतालाई चिर्दै झण्डै दुईतिहाइको समर्थनमा सरकार बनेको छ । जनताले स्थिर सरकारमार्फत विकास निर्माण अभियान अघि बढाउन आदेश दिएका छन् । नेपाली जनताको यो आदेश र सन्देश बुझ्न मोदी सरकार जिज्ञासु र तत्पर रहेको प्रतीत हुन्छ । त्यसैले गर्दा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा नयाँ सरकार गठन हुनुपूर्व नै एमाले अध्यक्ष ओलीसँग विशेष सम्बन्ध राख्ने प्रयत्न गरेको देखियो । यो अनुमान प्रधानमन्त्री ओलीको भ्रमणका बेला देखापरेको सौहार्दताले सही साबित गरिदिएको छ । यही पृष्ठभूमिमा दुवै देशबीच भएको सहमति र सम्झौैताबाट पुष्टि भएको छ । यद्यपि, भारतमा भएको सहमतिको प्रभाव भने आगामी दिनमा हुने कार्यान्वयनको गतिले निर्धारण गर्ने छ । साथै सफलता वा असफलताको मापन पनि कार्यान्वयनकै अवस्थाले स्पष्ट गर्ने हो ।
देशमा स्थिर सरकारको आवश्यकता लामो समयदेखि खड्किएको हो । झण्डै अढार्ई दशकको अवधि राजनीतिक अस्थिरतामा खेर गयोे । ०६२÷०६३ को जनआन्दोलनपछि भने मुलुकले स्थिरताको सम्भावना देखायो । तैपनि विविध कारणले सोचेअनुसारको उपलब्धि भने प्राप्त हुन सकेन । धेरैलाई अपत्यारिलो लागेको गणतन्त्र त्यही आन्दोलनको बलमा स्थापना भयो । करिब अढाई सय वर्ष पुरानो राजतन्त्र इतिहासको गर्भमा पुग्यो । एक दशक लामो माओवादी सशस्त्र द्वन्द्व शान्ति प्रक्रियामा अघि बढ्यो । राजनीतिक रूपमा नयाँ क्षितिज उघारियो । संविधानसभाको निर्वाचन भएर जनप्रतिनिधि संविधान निर्माणमा जुटे । संविधानसभाको पहिलो कार्यकालले संविधान दिन सकेन तर दोस्रो संविधानसभाले भने ०७२ असोज ३ गते नयाँ संविधान जारी ग¥यो । नेपालको इतिहासमै पहिलोपटक जनताको संविधान जनप्रतिनिधिले तयार गरे । बिस्तारै परिवेश बदलिएको छ । अब राजनीतिक सङ्क्रमण लगभग अन्त्य भएको छ । जनमत पनि विकास र समृद्धिकै पक्षमा उर्लेको छ । यसका लागि जनताले वाम गठबन्धनलाई नेतृत्वको जिम्मेवारी सुम्पिएको छ । इमानदार भएर जिम्मेवारी पूरा गर्ने दायित्व वाम गठबन्धनको हो, वर्तमान सरकारको हो ।
दुईतिहाइभन्दा बढीको समर्थन प्राप्त वर्तमान सरकार अब कसरी अघि बढ्छ ? धेरैको चासो र रुचिको विषय बनेको छ । बहुमतको बलमा सरकारले धेरै काम एकलौटी गर्न सक्छ । नेपाली काँग्रेसजस्तो इतिहास बोकेको प्रजातान्त्रिक पार्टीलाई किनारामा राखेर अघि बढ्न सक्ने छुट सरकारलाई छ तर सरकार यो रूपमा जाने वा साथ समर्थन लिएर फड्को मार्ने भन्ने विषय महŒवपूर्ण हो । सबैको सहयोग जुटाएर काम गर्न अग्रसर भएको अवस्थामा आर्थिक समृद्धिको चाहना पूरा गर्न सघाउ पुग्ने देखिन्छ । प्रमुख प्रतिपक्षी काँग्रेस पनि सरकारप्रति उग्र आलोचक हुने अवस्था छैन । जनमतको कदर नगरी जाने अवस्था र छुट कसैलाई छैन । काँग्रेसले पनि सरकारको कामलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने धारणा सार्वजनिक गरिसकेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई पनि उसले आलोचनात्मक समर्थन गरेको छ । त्यसैले प्रतिपक्षी काँग्रेसको भूमिका सरकारका लागि ठूलो समस्या नहुने देखिन्छ । यस्तो परिवेशमा काँग्रेसलाई समेत विश्वासमा लिएर सरकार अघि बढ्दा आर्थिक समृद्धिको अभियानलाई पक्कै बल पुग्ने छ ।
बरु काँग्रेस आफैँ अझै आन्तरिक विग्रहमै फसेको देखिन्छ । चुनाव सकिएको लामो समयसम्म समीक्षा गर्न चासो नदेखाएको काँग्रेस पछिल्लो समय छलफल गर्न तयार भयो तर छलफल टुङ्गिनु अगावै पार्टी नेता खुमबहादुर खड्काको असामयिक निधनले बैठक अवरुद्ध छ । चुनावमा पार्टी पराजयको जिम्मेवारी लिन नेतृत्व तयार देखिएन । एकअर्काको थाप्लोमा दोषको भारी थोपरेर चोखिने दाउ सबैको छ । यस्तो अवस्थामा काँग्रेसले जनताको भावनालाई आत्मसात् गर्न र भुल सच्याउन कञ्जुस्याइँ गर्नुहँुदैन तर नेताहरूको कार्यशैली र अभिव्यक्ति सहज लाग्दैन । सामूहिक नेतृत्व र जिम्मेवारी बहन गर्ने प्रवृत्तिको विकास नभएकाले नै काँग्रेसमा यस्ता समस्या देखापरेका हुन् । अहिलेको विषम परिस्थितिमा समेत नेताहरूमा चेत खुलेन भने भविष्य अझै अन्धकार देखिन्छ । युवा पुस्ताले नेतृत्व गर्नेबित्तिकै सबै दुरुस्त हुने कुरा पत्यारिलो छैन । त्यसो भएकाले यतिबेला पुराना र नयाँ पुस्ताको सामूहिक नेतृत्वबाट मात्रै काँग्रेसले त्राण पाउन सक्ने देखिन्छ ।
उता, सत्तारुढ वाम गठबन्धनबीच पार्टी एकता प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको सार्वजनिक भएको छ । सबै कुरा मिलेकाले नयाँ वर्ष शुरु भएसँगै पार्टी एकताले आकार लिने बताइएको छ । कम्युनिस्ट पार्टी स्थापना दिवस अर्थात् वैशाख ९ मा पार्टी एकीकरणलाई औपचारिकता दिने बताइएको छ । यसले राजनीतिक स्थिरता र समृद्धि हासिल गर्न अझै बल पुग्ने हुन्छ । एकपटकलाई मुलुकको आमूल परिवर्तन आवश्यक छ । यसका लागि बलियो र स्थिर सरकार आवश्यक छ । त्यो वर्तमान सरकारबाट सम्भव देखिन्छ । त्यसैले पाँच वर्षका लागि यो देशले स्थिर सरकार पायो भने नेपाल र नेपालीको जीवनस्तर अभिवृद्धिमा पक्कै बल पुग्ने छ । यो महाअभियानमा देशका सबै पक्ष र तप्काको साथ समर्थन आवश्यक रहेको एकीकृत वाम पार्टीले हेक्का राख्नैपर्छ । पाँच वर्षका लागि शासन गर्ने हक होइन, सेवा गर्ने अवसर प्राप्त भएको भन्ने ढङ्गको बुझाइ भयो भने मात्रै मुलकमा सही अर्थमा समृद्धि र विकास हुनेछ । नत्र हिजो अन्य दल वा पक्षमा जस्तै दम्भ र अहङ्कार बढ्ने निश्चित छ । यस्तो अवस्था आयो भने मुलुक र जनताका लागि फेरि अर्काे दुर्भाग्य हुनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना