प्रधानमन्त्री ओली रारामा , प्रधानमन्त्रीको सम्बोधन आज


मुगु समाचारदाता

kpoliमुगु वैशाख १ गते । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार रारा आइपुग्नुभएको छ । २०७५ साललाई पर्यटन वर्ष शुभारम्भ गर्न प्रधानमन्त्री ओली यहाँ आइपुग्नुभएको हो । नयाँ वर्षको पहिलो दिन शनिबार रारामा विशेष कार्यक्रमको आयोजना गरी पर्यटन वर्ष घोषणा गरिने भएको छ । प्रधानमन्त्री ओलीले राराबाटै शनिबार देशबासीको नाममा सम्बोधन दिनुहुनेछ । यसैबीच कर्णाली प्रदेशको मन्त्रिपरिषद्को पाँचौं बैठक शुक्रबार रारामा बस्यो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । प्रदेश सरकारले पारित गरेका निर्णय मुख्यमन्त्री शाहीले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण्ण गर्दै सङ्घीय सरकारबाट आवश्यक पहल र आर्थिक सहायता गर्न अनुरोध गर्नुभएको थियो । प्रदेश सरकारको निर्णय ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सम्भावनाको खानी भएकाले आवश्यक सहयोग गर्ने र त्यसका लागि ठोस योजना ल्याउन प्रदेश सरकारलाई सुझाव दिनुभयो ।
बैठकले कर्णाली प्रदेशको पर्यटन विकासका लागि गुरुयोजना बनाउने, कर्णाली पर्यटन प्राधिकरण स्थापना गर्ने, नाग्मदेखि रारासम्मको सडक फराकिलो र कालोपत्रे बनाउने, छिमेकी चीनसँग जोडिएका कर्णाली प्रदेशका नाका नाक्चे लाग्ना, मारिल्ला र हिल्सा औपचारिक रूपमा खोल्ने, आर्थिक वर्ष २०७५/२०७६मा हिल्सा नाकामा अध्यागमन कार्यालय स्थापना गर्ने, नाक्चे लाग्ना र मारिल्ला नाकालाई राष्ट्रिय गौरवका योजनाका रूपमा विकास गर्न पहल गर्ने, प्रदेश राजधानी सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल स्थापना गर्ने, मध्यपश्चिम विश्वविद्यालयलाई कर्णाली प्रदेशको मातहतमा ल्याउन पहल गर्ने, कर्णाली एकीकृत बस्ती विकास र सहरीकरण गर्न पहल गर्ने निर्णय गरेको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना