सूर्यको सेरोफेरोमा विक्रम सम्वत्


Purushottam bhattraiपुरुषोत्तम भट्टराई


कृतिक परिवर्तनमा देखिने निश्चित क्रम वा प्रणालीको आवृत्तिलाई ध्यानमा राखेर त्यसको आरम्भ बिन्दुबाट नयाँ–नयाँ वर्ष गणना गर्दै जाने चलन विश्वभर प्रचलित छ । स्थानगत विभिन्नता र सांस्कृतिक विविधताले गर्दा त्यसमा एकरूपता नभए पनि प्रायः सबैमा आ–आफ्ना सांस्कृतिक पक्ष, भौगोलिक पक्ष, सामाजिक पक्ष, धार्मिक पक्ष आदि सबै वा कुनै न कुनै एउटा अवश्य गाँसिएका हुन्छन् । हरेक पक्षबाट विचार गर्दा नेपाल विविधता र विचित्रताले भरिपूर्ण देश हो । नयाँ वर्षको गणना शुरु गर्ने र नयाँ वर्ष मनाउने सन्दर्भमा पनि यहाँ विविधता र विचित्रताको अनुभव गर्न पाइन्छ । क्रिसमस डेमा (इस्वी संवत् प्रारम्भको सङ्केत) नाइट क्लबमा नाच्नेहरू वैशाख १ गते पशुपतिमा बत्ती बाल्न पुगेका हुन्छन् भने पुस १५ गते टुँडिखेलमा रमाउनेहरू माघशुक्ल प्रतिपदाका दिन साथीभाइसँग शुभकामना साटिरहेका देखिन्छन््््् । लामो समयदेखि नेपालमा विद्यमान धार्मिक–सांस्कृतिक सहिष्णुता एवं विकसित मिश्रित संस्कृतिको प्रभाव हो यो तर कता–कता यसमा धमिलोपन बढेजस्तो, आँच आउन थालेजस्तो अशुभ सङ्केत देखिँदैछ ।
विक्रम संवत्अनुसार नयाँ वर्षको प्रारम्भ वैशाख १ गतेबाट हुन्छ । नेपालमा फरक–फरक समयमा नयाँ वर्ष मनाउने समूह पनि नभएका होइनन् । वर्तमान नेपालको परिवर्तित परिस्थिति आ–आफ्नो अस्तित्व र पहिचान एवं मौलिक परम्परा कायम गर्ने–गराउने अवसर वा होडबाजीका रूपमा परिणत भएको महसुस हुँदै गएको पनि देखिन्छ । तैपनि विक्रम संवत्अनुसार नयाँ वर्ष वैशाख १ गतेको महŒव झन्–झन् बढ्दै गइरहेको छ । राष्ट्रिय धर्मसभा नेपालको आयोजनामा विगत १० वर्षदेखि हुन थालेको समारोहपूर्वक विक्रम संवत्को स्वागत तथा
दीपप्रज्वलनजस्ता कार्यक्रमबाट पाश्चात्य जगत्को समेत यसतर्फ ध्यानाकर्षण भएको देखिन्छ । संयुक्त राष्ट्रसङ्घका महासचिवबाट विक्रम संवत् २०६७ को प्रारम्भको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना प्रदान गरेर शुरु भएको परम्परा नै यसको प्रमाण हो । नेपालमा अझ समग्र विश्वमै प्रचलित विभिन्न संवत्सरमा सबैभन्दा लामो इतिहास बोकेको र समग्र नेपाली जनमानसमा भिजेको संवत् हो विक्रम संवत् । सौरमानअनुसार परिवर्तन हुने विक्रम संवत् पूर्ण प्राकृतिक र वैज्ञानिक छ, अनि यो सूर्यको गतिसँग प्रत्यक्ष सम्बन्धित छ । सूर्यले एक राशि पार गरेपछि एक महिना र बाह्र (१२) राशि पार गरेपछि एक वर्ष पूरा हुन्छ ।
बार्हस्पत्य मानअनुसार बृहस्पतिको गतिका आधारमा प्रभव आदि साठ्ठी (६०) संवत्सर हुन्छन् । चान्द्रमानअनुसार हरेक चैत्रशुक्ल प्रतिपदाबाट नयाँ संवत्सरको प्रवेश र शकसंवत्को प्रारम्भ हुन्छ । प्रचलित पूर्वीय ज्योतिष शास्त्रमा शकसंवत्को ठूलो महŒव छ । प्रायः सबै करणग्रन्थको गणनाक्रममा शकसंवत्को प्रयोग गरिएको पाइन्छ । विक्रम संवत् २०७५ मा रहने विरोधकृत संवत्सरको शुरुवात वि.सं. २०७४ चैत ४ गते आइतवारबाटै भएको छ । चैत्रशुक्ल प्रतिपदा वा नव संवत्सर प्रवेश भएको वारको अधिपति ग्रह नै त्यस संवत्सरको राजा र वैशाख सङ्क्रान्ति (सूर्यको मेष राशिमा सङ्क्रमण भएको समय) मा जुन वार हुन्छ । त्यस वारको अधिपति ग्रह त्यस वर्षको मन्त्री भई ग्रहपरिषद्मा कार्य विभाजन हुने पूर्वीय ज्योतिषशास्त्रीय मान्यताअनुसार यस वर्ष चैत्रशुक्ल प्रतिपदा (चैत ४ गते) आइतवार परेकाले राजा सूर्य र वैशाख सङ्क्रान्ति शनिवार परेकाले मन्त्री पदमा शनि आसीन भई ग्रहपरिषद् गठन भएको छ ।
वर्षपति सूर्य र विरोधकृत नामक संवत्सरको सेरोफेरोमा विक्रम संवत् २०७५ लाई नियाल्दा निम्नअनुसार शुभाशुभ फलको स्थिति देखिन्छ । विरोधकृत नामक संवत्सरका आधारमा विचार गर्दा मानिसमा परस्पर विरोधाभासको स्थिति, मध्यम रूपमा मूल्यवृद्धि एवं शासक र शासित वर्गबीच परस्परमा कटुता उत्पन्न हुनेछ । संवत्सरको भुक्त–भोग्यको स्थिति विचार गर्दा वैशाख १ गते सूर्य मेष राशिमा सङ्क्रमण भएको केही समयबाटै परिधावी संवत्सर प्रवेश हुने हुँदा पञ्च संवत्सरात्मक द्वादश युग व्यवस्थाअनुसार नवम सौम्य युगको इद्वत्सर नामक विरोधकृत संवत्सर समाप्त भई दशौँ इन्द्राग्नि युगको प्रथम संवत्सरको प्रभाव वर्षभरि रहने हुनाले भारतवर्षको मध्यदेशीय स्थान (मथुरा, अयोध्या, कुरुक्षेत्रलगायत यमुना र सरस्वती नदीको आसपासको क्षेत्र, मत्स्यदेश–नेपालको विराटनगर) मा केही उपद्रवका सङ्केत देखापर्ने छन् । परस्परको विरोधले जनतामा त्रास बढ्नेछ । जलवर्षणमा अल्पता, अग्निप्रकोप र विशिष्ट व्यक्तिमा भयवृद्धि हुनेछ ।
यस वर्ष गुरु ग्रह बृहस्पति कात्तिक २६ गते सोमवार पश्चिममा अस्त भई मङ्सिर २१ गते शुक्रवार पूर्वमा उदय हुने र शुक्र असोज ३१ गते बुधवार पश्चिममा अस्त भई कात्तिक १४ गते बुधवार पूर्वमा उदय हुने भएकाले गुरु–शुक्रको उदयास्त हुने वार र महिनाका आधारमा मिश्रित फल प्राप्ति हुने स्थिति देखिन्छ । बुधवार उदयास्त हुने शुक्रका कारण दुर्भिक्ष हुने अर्थात् अन्न उत्पादनमा ह्रास भई सर्वत्र उपभोग्य वस्तु उपलब्ध नहुने स्थिति देखिन्छ । यस वर्षको बृहस्पति–शुक्रको उदयास्त समय एवं ज्येष्ठमासको अधिक मासलाई समेत विचार गर्दा शासक वर्गबाट भय, चोरडाँकाको पीर एवं धान्यादि अनाज र घिउ, तेलजस्ता स्नेहजन्य पदार्थमा हुने मूल्यवृद्धिले जनता दुःखी हुनेछन् ।
यस्तै यस वर्ष आषाढशुक्ल पूर्णिमामा (साउन ११ गते ) खग्रास चन्द्रग्रहणको स्थिति उत्पन्न भएकाले उक्त ग्रहणका स्पर्श, मोक्ष, ग्रासप्रमाण, स्पर्शमोक्षका दिशा आदिका आधारमा पनि फरक–फरक विभिन्न फल प्राप्त हुनाले वर्षको शुभाशुभ स्थितिमा ग्रहणजन्य फलको पनि विशेष भूमिका रहनेछ । आषाढ मासमा लाग्ने ग्रहणका कारण खण्डवृष्टि र मूल्यवृद्धि एवं चन्द्र राशिका आधारमा मन्त्रविद्याका ज्ञाता, सुरक्षविद् र वृद्ध–वृद्धालाई पीडा हुनेछ ।
ज्योतिषशास्त्रीय मान्यताअनुसार सूर्यलाई ग्रहपरिषद्मा राजा ग्रह नै मानिन्छ भने शनिलाई भृत्य ग्रह मानिन्छ । ग्रहपरिषद्मा सूर्य राजा भएको वर्षमा कम वर्षा हुनेछ, जलाशयहरूमा जलस्तर घट््नेछन् । गाईको दूध उत्पादन कम हुनेछ । जनता दुःखी हुनेछन् । गोधनमा सङ्कट आउनेछ । यस्तै राम्रा प्रजातिका धान्यादि वस्तु र फलफूल उत्पादनमा कमी हुनेछ भने केही स्थानमा आगजनी र चोरीका घटना बढ्ने छन् । विशिष्ट व्यक्तिको निधन हुनेछ । ग्रहपरिषद्मा मन्त्री शनि भएकाले राज्याधिकारीमा विनयशीलताको अभाव हुनेछ भने कठोर शासकीय शैलीका कारण जनताले दुःख पाउनेछन् । मेघदर्शनमा बाहुल्य भए पनि वर्षणमा कमी हुनेछ । सुखको अनुभूति हुनेछैन ।
यस्तै सस्येश पदमा मङ्गल रहेकाले पशुधनमा रोगवृद्धि भई कृषकमा केही समस्या देखिनेछ भने सवारीसाधनसम्बन्धी विषयले चर्चा पाउनेछ । रोगभय एवं कलह सिर्जना हुनेछ । धान्येश पदमा सूर्य आफैँ रहेको छ । धान्येश पदमा आसीन सूर्यका कारण शारदीय धानको उत्पादनमा ह्रास आउनेछ । शासकवर्गमा फाटो, धान्यादि वस्तुको मूल्यवृद्धि तथा ज्वरोको प्रकोप बढ्नेछ । मेधेश पदमा आसीन शुक्रका कारण कृषकमा केही आशा बढ्नेछ । मेघेश शुक्रले वर्षणमा केही वृद्धि गराउनेछ । यसैगरी रसेश पदमा बृहस्पति भएकाले पनि वर्षणमा वृद्धि भई जनतामा सुख थप्नेछ भने लोकमा संस्कार, संस्कृति र धार्मिक विषयप्रति रुचि बढ्नेछ । निरसेश पदमा चन्द्र भएका कारण सेतो वर्णका वस्त्र एवं चाँदी, मोतीजस्ता पदार्थको मूल्यवृद्धि हुनेछ । फलेश पदमा आसीन शुक्रका कारण वनस्पति वृद्धि हुनेछन् । रुखबिरुवामा प्रशस्त पाउला आउनेछ । शासकवर्गमा विलासिता बढ्नेछ भने प्राचीन विद्याको अध्ययनमा जनरुचि बढ्नेछ । धनेश पदमा आसीन चन्द्रका कारण व्यापारीवर्गले रसजन्य वस्तुको व्यापारबाट बढी मुनाफा कमाउने छन् । यस्तै वस्त्र, उत्तम प्रजातिका धान, तेल, घिउजस्ता वस्तुको व्यापारबाट पनि लाभ हुनेछ । दुर्गेश पदमा बसेको शुक्रका कारण शासक वर्ग मनोरञ्जनमा रमाउनाले राज्यकोशको दुरुपयोग बढ्नेछ । व्यापारीवर्ग सुखी हुनेछन् ।
सूर्य आद्र्रा प्रवेश गरेको समय विचार गर्दा दशमी तिथि (२०७५ आषाढ ८ गते नवमी उप्रान्त) शुक्रवार, चित्रा नक्षत्र (हस्त उप्रान्त), परिघयोग (वरीयान् उप्रान्त) परेकाले लोकमा मिश्रित फल हुनेछ । आयातीत धान्यादि वस्तुको उत्पादनमा वृद्धि हुनेछ तर सङ्कलित पुँजीको नोक्सानी हुनेछ । वैशाख १ गते सूर्य मेष राशिमा प्रवेश गर्ने समयलाई विचार गर्दा उक्त समयमा जगल्लग्नको स्वामी बुध दशम स्थानमा आफ्नो नीच मीन राशिमा रहनाले शासकवर्गमा कठोर र क्रूर भावना आउने हुँदा शासित वर्गमा त्रास वृद्धि हुनेछ । शनि र मङ्गलको स्थितिले उच्च पदका व्यक्तिमा परस्परमा विश्वासको सङ्कट पैदा हुनेछ । व्यापारमा उतारचढाव भई बजारमा उपभोग्य सामानको अभावसमेत सिर्जना हुनेछ । आत्मनिर्भरताका लागि झिनो प्रयास भने हुनेछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना