‘भ्रष्टाचारीलाई छुुट दिइन्न’

राजन रावत

सिमकोट, वैशाख २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासनलाई उच्च प्राथमिकतामा राखेकाले अब कसैलाई पनि भ्रष्टाचार गर्न छुट नदिइने बताउनुभएको छ । रारा पर्यटन वर्ष २०७५ को शुुभारम्भपछि हिल्सा नाकाको अवलोकनपछि फिर्ता हुने क्रममा सिमकोट विमानस्थलमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
उहाँले सुशासन कायम गर्न सरकार लागिपर्ने बताउँदै भन्नुभयो, “भ्रष्टाचारको अन्त्य आवश्यक रहेको र यसबाट टाढै रहने वातावरण सिर्जना गरिनेछ । ” कर्णाली प्रदेश र हुुम्ला जिल्ला यसअघि पछाडि परेका भए पनि अब भने विकास र समृृद्धितर्फ लाग्ने बताउँदै प्रधानमन्त्री ओलीले जनताले विश्वास गरेर स्थिर सरकार दिएका छन्, अब काम गरेर देखाउने बताउनुुभयो । प्रधानमन्त्री ओलीले चीनसँग हिल्सा र लाप्चा नाकाबाट सडक जोडिन लागेको भए पनि अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग जिल्ला नजोडिएको र त्यसलाई जोड्न आवश्यक काम केन्द्र सरकारले अगाडि बढाउने बताउनुुभयो । KP-Oli
कर्णाली प्रदेशकै लागि महìव राख्ने हिल्सा नाकाको अवस्था तथा सिमकोट–हिल्सा सडकको अवलोकन गर्न प्रधानमन्त्री हुुम्ला जिल्लामा आउनुुभएको हो । प्रधानमन्त्रीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताउ“दै अनुकरणीय प्रदेश बनाइछाड्ने प्रतिबद्धता जनाउनुभयो । कर्णालीबाट जडीबुटीको प्रवद्र्धन गर्न सकिने चर्चा गर्नुहुँदै प्रधानमन्त्रीले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाउनुभयो ।
त्यसअघि प्रधानमन्त्रीले मुगुको छायानाथ, हिल्सा–सिमकोट सडक, हिल्सा नाका तथा हुम्लाका सातवटै स्थानीय निकायको हवाई निरीक्षण गर्नुभएको थियो । प्रधानमन्त्रीसमक्ष स्थानीयबासीले हवाई तथा सडक, कृषि, स्वास्थ्यलगायतका माग प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले हिल्सा नाकाबाट मानसरोवर कैलाशका लागि धार्मिक पर्यटक जानेमात्र नभई राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरले पूर्णता पाएमा यो नाका महìवपूर्ण हुनेछ भन्नुभयो ।
प्रधानमन्त्री जिल्लामा आउने भएपछि जिल्लाबासीका तर्फबाट १४ बँुुदे मागपत्र पेस गरिएको काँग्रेस सभापति जयपति रोकायाले बताउनुुभयो । मागपत्रमा सिमकोट–हिल्सा सडक खण्डको च्याछरामा रहेको चट्टानको विस्फोटक पदार्थको व्यवस्था हुुनुुपर्ने, अधुुरो सिमकोटको खेल मैदानका लागि बजेटको व्यवस्था गर्नुुपर्ने, हिल्सामा मूल भन्सार स्थापना गर्नुुपर्ने उल्लेख छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना