भाइचा कुमाः प्रजापतिको दोश्रो जन्म

born

उपेश महर्जन-
ललितपुर, बैशाख ४ गते । मानिस जीवनमा एकपटक जन्मिने हुन्छ, तर ललितपुर थपाहिटीका भाइचा कुमाः प्रजापतिले दोश्रो पटक जन्मनुभएको छ ।

एकपटक उहाँलाई उहाँको आमाले जन्माउनुभयो भने दोश्रो पटक उहाँलाई नेवारी संस्कृतिको मूल्य मान्यताद्वारा जन्माइएको छ ।
थपाकुमाः गुठीका थकाली पनि हुनुहुने प्रजापति पेशाले कृषक र माटाका भाडाकुडा बनाउनुहुन्छ । रातो मच्छिन्द्रनानको जात्राको क्रममा सुन्धारामा पुग्दा यो समुदायले मच्छिन्द्रनाथलाई  माटाका भाडाहरु चढाउनु पर्ने परम्परा रहेको छ ।
उहाँको दोश्रो जन्म नेवारी संस्कृति अनुसार ९९ वर्ष ९ महिना, नौ दिन, नौ पला, नौ घडिमा भएको हो । उहाँको परिवारले उहाँलाई दोश्रो जन्मको रुपमा मौलिक पूजापाठ गरी तामाको भाडाबाट भएको छ ।
नेवारी संस्कृति अनुसार ७७ वर्ष ७ महिना सात दिन, सात, पला सात घडिमा पहिलो भिं जंकु हुन्छ, जसलाई नेपालीमा भिंरथारोहन पनि भनिन्छ । त्यसैगरी, दोश्रो भिंरथारोहन ८२ वर्षमा हुन्छ भने तेश्रो ८९ वर्षमा हुने चलन गरिन्छ ।
पहिलो र दोश्रोमा भिंरथारोहनमा नातिहरुले खटमा राखेर नगर, टोल परिक्रममा गरिन्छ भने तेश्रोमा झ्यालबाहिरबाट भिंरथारोहन हुने ब्यक्तिलाई तानेर घरभित्र ल्याइन्छ । चौंथोमा भाडा भित्र राखेर पूजा गरेपछि बाहिर ल्याइन्छ ।
निसन्तान प्रजापतिको नयाँ जन्मको सबै नित्यकर्म उहाँका भाई पराससिं प्रजापतिले गर्नुभएको हो । ९२ वर्षीय पराससिंका छोरा पूर्ण प्रजापतिका अनुसार नेवारी संस्कृति अनुसार आफ्नो ठुलो बुबाको चीर शुख शान्ति र स्वास्थ्य लाभको लागि चौथांै भिं जन्कु अर्थात् भिंरथारोहण गरेको जानकारी दिनुभयो ।
विगतमामा माटाका भाडाँबाट गरिने संस्कार अहिले तामाको भाडाबाट गर्दा अरुलाई पनि सहयोग गर्न सकिने उहाँले धारणा राख्नुभयो । उहाँको अनुसार करिब सय वर्ष पुग्न लाग्दा पनि आफ्ना ठुल्बुबा भाइचा अहिलेसम्म निरोगी रही तन्दुरुस्त हुनुहुन्छ ।

फोटो सौजन्य–बुद्धशरण शाही

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना