वाम एकता अपरिहार्य

atindra dahal_1डा. अतीन्द्र दाहाल


स्थायित्व र समृद्धिको नारासहित चुनावी गठबन्धन गरेका दुई प्रमुख कम्युनिस्ट पार्टीहरूकोे महìवाकांक्षी अनि महìवपूर्ण एकता नजिकिँदै छ । वैशाख ९ गते हुने भनिएको एकीकरण घोषणा केही समयलाई सरेको मात्र हो, टरेको हैन भनिएको छ । निकट भविष्यमा पार्टी नै एकीकरण गर्ने भन्दै दुई ठूला वाम दलहरूले गत वर्ष एकाएक निर्वाचन तालमेलको उद्घोष गर्दा धेरैलाई अपत्यारिलो, अविश्वासी अनि आधारविहीन हतारको निर्णय जस्तो लाग्थ्यो । आम संचारमा नकारात्मक आशङ्का अनि कटाक्षेपले भरिएका शब्दहरूको प्रहार निकै सघन थियो । अरु कसैले, अरुकै उद्देश्य अनुसार दलहरूलाई समीपमा ल्याइदिएको स्वनिर्मित विश्लेषणको आत्मरतिमा पौडिन शौखिन विद्वतहरूको पनि संख्या कम थिएन । त्यस्ता आत्मकेन्द्रित अवैज्ञानिकसंकथनलाई छोडेर हेर्दा त्यो एकता घोषणा शत प्रतिशत सुखद संयोग थियो र त्यही प्रमाणित हुँदै गयो । इटालीका मध्यकालीन राजनीतिका विख्यात दार्शनिक एवं चिन्तक मेकियावेलीले प्रसिद्ध पुस्तक ‘प्रिन्स’मा प्रकृया भन्दा पनि परिणामलाई बढि ध्यान दिनुपर्छ भन्नुहुन्छ । प्रकृयाको प्राक्थानमा नहराई विर्मश गर्दा गठबन्धनको प्रयासले सकरात्मक परिणाम दियो, देशलाई समाजवाद उन्मुख बनायो । वर्तमान विश्व राजनीतिले पनि समाजवादी राजनीतिक अभ्यासको प्रवाहलाई नै प्राथमिकतासाथ शिरोपर गरेको छ ।
विश्व आकर्षणमा समाजवाद
उच्च गरिबी, बेरोजगारी र सम्पत्ति एवं स्रोतको अन्यायपूर्ण वितरण भएको अवस्थामा मानिस स्वभावैले पहिले समताको अभ्यास गर्न चाहन्छ । आफूले पनि उचित स्थान अनि अधिकार पाउनुपर्ने एजेण्डामा समाहित हुन्छ । ती राजनीतिक मुद्दाहरू चाँहि वाम विचारक दलसँग बढि हुन्छन् । उनीहरूको सञ्चारण अभ्याससमेत तीव्र रहन्छ । उत्पीडित, उपेक्षित, पिछडिएका आम मानिसको सशक्तिकरणको विषय पनि उनै दलहरूले उठाँउछन् । पछिल्ला अनुसन्धानले समाजवादी आन्दोलनको अन्तरंग एकदमै छिटो उत्कर्षमा आउने र शुरुवातको ५÷१० वर्षमा नै मूल राजनीतिक प्रवाह बन्ने देखाँउछ । लेखक स्यामुएल पी हन्टिंगटनकृत ‘वेभ्स अफ डेमोक्रेसी’ नामक पुस्तकले सन् १९७० आसपास १० वर्षकै हाराहारीमा संसारभर एकैचोटी लगभग तीन दर्जनभन्दा बढि देशमा समाजवादी विचारका वाम शक्तिको सशक्त उदय भएको देखाउँछ । हाम्रो देशको राजनीतिक अभ्यास पनि यही प्रवाहमा थियो र छ । आम नागरिकले लामो समय प्रतीक्षा गरेको स्थिरता अनि समृद्धिको सपना पस्केर वाम गठबन्धनले नागरिकबाट अपार समर्थन र उच्च आर्कषण पायोे । नेपालमा पनि निर्वाचनमार्पmत समाजवादी सोचको अनुमोदन भयो, देशमा इतिहासकै बलियो र गठबन्धनको प्रारम्भिक सहमति बमोजिमकै सरकार बन्यो ।
लोककल्याणकारी राज्य निर्माणमा समाजवादी राजनीतिक अभ्यासअधिक हितकारी र सिद्धहस्त सहयोगी हुने कुरा पश्चिमा लेखकहरू समेत स्वीर्कानुहुन्छ । हयान्स हरम्यान होपको ‘डेमोक्रेसी ः द गड दयट फेल्ड’ र डानियल बेलको ‘द चाइना मोडल’ उक्त सत्य सन्देश पैmलाउने सर्वाधिक चर्चित र समसामयिक सन्र्दभ सामग्री हुन् । पँुजीवादी भनिने युरोपेली देशहरू समेत निःशुल्क शिक्षा, स्वास्थ्यको अभ्यास गर्दैछन् । कतिपय पक्षमा राज्यको अर्थपरक हस्तक्षेप र नियन्त्रण चाहन्छन् । यसरी समाजवादी अभ्यास विश्व राजनीतिकै आर्कषण बन्दैछ ।
अरु देशहरूमा समाजवादी भनिने दल चाहिँ एउटै र प्रजातान्त्रिक दलहरू चाहिँ धेरै हुन्छन् तर हामी अपवाद थियौँ र छौँ । सन् १९२१ तिर नेताद्वय चेन दुहिउ र ली दह्याजोको अगुवाइमा गठित ‘कम्युनिस्ट पार्टी अफ चाईना’ आज त्यहाँको सर्वशक्तिमान एवं एक्लो पार्टी छ । बिना विभाजन र दलदल आफूलाई अनि सिंगो देशलाई आश्चर्यचकित रूपमा समृद्ध बनाउँदैछ । देशकाल परिस्थिति अनुसार बहुआयामिक सुधारको अवलम्बन गर्दैछ । १९३० तिर स्थापित ‘कम्युनिस्ट पार्टी अफ भियत्नाम’ आजसम्म एकाकार छ । उत्तर कोरिया महाशक्ति अमेरिकालाई चुनौति दिने सार्मथ्य राख्छ । समाजवादी सत्ताको अभ्यास गर्ने देशहरूबाट नयाँ विश्वसंरचना खडा हँुदैछ । रसियाको मजबुत नेतृत्व, चीनको उदयले समाजवादी शक्तिहरूलाई सशक्त देखाउँदैछ । अति उदारवादी पश्चिमा समाजहरू उष्ण मानवीय विचलन अनि उच्छृङ्खलताले थलिँदैछन्, आर्थिक हिसाबले पनि जर्जर हँुदैछन् । अर्कोतिर बलियो दलमा आधारित बलियो राज्यको अभ्यास समृद्धि र सफल राष्ट्र निर्माणको एक अचुक आधारशिला हो भन्ने तथ्य चीनले प्रमाणित गर्दैछ ।
पछिल्लो १० वर्षमा चीनले उच्च औद्योेगिक वृद्धि ग¥यो । तथ्यांकहरूमा ६६० मिलियन मानिसहरू गरिबीको रेखाबाट उक्सिएको देखिन्छ । साबिकभन्दा थप २० करोड मानिसले स्वच्छ खानेपानी पाएको, औसत आयु १० वर्ष बढेको, औसत आयु दोब्बर भएको र साक्षरता लगभग ९० प्रतिशत पुगेको छ । छिट्टै थप ३० करोड मानिसहरू गाउँबाट शहरमा स्तरोन्नति हुँदैछन् । थप १२ करोड मानिसले कार प्रयोग गर्नेछन् । ३० वर्षभित्र चीन संसारमा सबै कुरामा नम्बर १ बन्दैछ । आयतित वस्तुदेखि विचार, प्रविधि, सञ्जालमा समेत आक्रामक अंकुश लगाई तीनलाई आप्mनै मौलिक विकास अभ्यासले प्रतिस्थापन गर्दैछ । आधुनिकता र विकासमा आर्थिकसँगै सामाजिक, भौतिक, सांस्कृतिक लगायतका अन्य पक्षसमेत जोडिन्छन् जसलाई चिनियाँ आधुनिकताले राम्ररी अनुसरण गर्दैछ । नागरिकमा एकता र देशसँगै सरकारप्रति गहिरो सम्मान छ । सबैमा देशप्रति निष्ठा र समर्पण बढ्दैछ । समृद्ध र सभ्य देश निर्माणमा चिनियाँ नेतृत्व र नागरिक सबैले सकेको योगदान गर्दैछन् । चीनको जस्तै हामीले पनि नितान्त मौलिक र स्वदेशी प्रारूपको आधुनिकता अनि विकासकोे अभ्यास गर्नुपर्छ । त्यसका लागि समाजवादी विचारधारामा आधारित सर्वमान्य अनि स्थिर राजनीतिक शक्ति प्रधानआवश्यकता हो । वाम गठबन्धनका दुई दलबीचको एकीकरणले त्यो उत्साहजनक आधार दिनसक्छ ।
एकता, महìवपूर्ण आवश्यकता
त्यसैले, उक्त एकीकरणसँगै अबका प्रतिबद्धता पनि फेरिनुपर्छ । सफल राष्ट्र निर्माण मात्र एक र अन्तिम उद्देश्य बन्नुपर्छ । वास्तविक लोककल्याणकारी अनि उच्च नागरिक हित कायम भएको राज्य स्थापित हुनुपर्छ । विगतको लामो अस्थिरता र संक्रमणले हरेक पेशा, व्यवसायदेखि सार्वजनिक सेवासुविधामा समेत चरम लापरबाही अनि उग्र स्वेच्छाचारिता र निकृष्ट लापरबाहीको जगजगी छ, निराकरणमा राज्य आक्रामक रूपले प्रस्तुत हुनुपर्छ । बलियो दल अनि बलियो सरकारले मात्र यस्तो आँट गर्नसक्छ । यातायात सिण्डिकेटमाथिको आक्रमण, भर्ना अभियान अनि सचिवहरूको सरुवाले केही सकारात्मक संकेत गरिसकेको छ । व्यक्ति बलियो र राज्य कमजोर हुने अभ्यासले कहिल्यै देशको प्रगति सम्भव हुँदैन । मारग्यारेट थ्याचरको समयमा बेलायत, फ्रान्कलिन डी रुजभेल्टको नेतृत्वमा अमेरिका, ली क्वानको नेतृत्वमा सिंगापुर, महाथिर वीन मोहोमदको नेतृत्वमा मलेसियामा, राजा भूमिबोलको नेतृत्वमा थाइल्याण्डमा भएका रोमान्चक प्रगतिमा राष्ट्रवादी सोचको सघनता थियो । हामीले पनि राष्ट्रवादी सोचको निर्माण अनि सोही अनुसारको व्यवहार प्रर्दशन गर्नुपर्छ । सबै नागरिकले सरकारलाई होस्टेमा हैँसे गर्नुपर्छ ।
वास्तवमा नै समृद्ध अनि सबल देशको निर्माण शुरुवात गर्न पहिले आम प्रगतिशील वाम विचारक दलहरू एक ठाँउमा उभिनुपर्छ । नेपालमा प्रजातन्त्रको अभ्युुदय (२००७) आसपास स्व. पुष्पलालको अगुवाइमा कम्युनिस्ट पार्टीको निर्माण भयो यद्यपि त्यसपछि विराट विरासत बन्नुसट्टा वामहरूमा उराठ लाग्ने दलदलको कमजोर धरातल मात्र बन्यो । परिणाम विभिन्न नाममा लगभग दुई दर्जन कम्युनिस्ट पार्टीहरू बन्न पुगे । एउटा मात्र शक्तिशाली समाजवादी पार्टी नै प्रगतिशीलताको एउटै र अपरिवर्तनशील पहिचान हो । सबैको लक्ष्य सिद्धान्त र विचारधारा समेत एउटै भएकाले धेरै दलको आवश्यकता र औचित्य दुवै थिएन र छैन ।
तर ढिलै भए पनि दुई प्रमुख वाम शक्तिबीच हुन लागेको एकताले आम वाम राजनीति नै पुनर्गठित हुने मोडमा पुगेको छ । बीसौँ शताब्दीको उत्तराद्र्धमा लगभग चार दर्जन राष्ट्रहरूमा सफल भएको कम्युनिजम एक्काइसौँ शताब्दीको शुरुमा आउँदा आधा दर्जनमा खुम्चिएको अवस्थाबाट नेपालको वाम राजनीतिले गम्भीर पाठ सिक्नुपर्छ । जुनसुकै मूल्य र आधारमा वाम एकता हुनुपर्छ । असहजता र अप्ठ्यारा होलान् तर त्यसैका आधारमा वाम एकता टार्ने हो भने आम नागरिकमा विशाल निराशा जाग्नेछ । दलहरूमाथि अविश्वास फेरि ब्यूँतनेछ, सरकारको स्थायित्व अनि भविष्यमाथि फेरि शंकाको बादल मडारिनेछ । अहिले, बलियो दल र बलियो सरकारले मात्र नागरिकका आशा पूरा गर्नसक्छ । समाजवादी आन्दोलनका अभ्यासलाई सार्थक तुल्याउन सक्छ । पुरानै राजनीतिक बेथितिबाट जोगिएर समृद्धिको सपनामा समाहित हुने बाटो प्रशस्त गर्न अनि आम नागरिकबाट सकारात्मक सहयोगको आशा गर्न समेत प्रतीक्षित वाम एकता अहिलेको लागि सकारात्मक आवश्यकता हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना