कथा बन्दै बुराउसे गाउँमा बहुुपति प्रथा


राजन रावत

बुराउसे (हुम्ला), वैशाख १२ गते । कुनै बेला घरघरमै बहुपति प्रथा रहेको सिमकोट गाउँपालिका–४ को बुराउसे गाउँमा अहिले यो प्रथा फाट्टफुट्ट रूपमा मात्रै देख्न सकिन्छ । एकहत्तर घरधुरी रहेको यो गाउँमा यतिखेर औँलामा गन्न सकिने परिवारमा मात्र यो प्रथा सीमित छ । गाउँमा एकल विवाह स्वीकार हुँदै गएपछि बहुपति प्रथा हट्दै गएको छ । प्रेमविवाह गरेर बहुपति प्रथालाई चुनौती दिनुभएका सिमकोट गाउँपालिका–४ का छविचन्द्र लामाले घरपरिवार मात्र होइन, छिमेक तथा आफन्तबाट निकै खप्की खानुप¥यो । विद्यार्थी जीवनबाटै विद्रोही स्वभावका लामा यो गाउँमा एकल विवाह गर्ने पहिलो र एक्लो भने हुनुहुन्न । उहाँभन्दा अघि नै एक जनाले एकल विवाह गरेको भए पनि पुस्ताँैदेखि जरा गाडेको बहुपति प्रथालाई न्यूनीकरण गर्ने कामको सुरुआत भने आफूबाट भएको उहाँ बताउनुहुन्छ ।
एकल विवाहलाई अहिले ९० प्रतिशतभन्दा बढी बुराउसेवासीले अपनाएको लामाको दाबी छ । अरूले पनि छिट्टै यो विवाहलाई अपनाउने उहाँले बताउनुभयो ।
मन पराएर एकल विवाह गरेको श्रीमती (रीता लामा) लाई छोड्न निकै दबाब आएको उहाँसँग ताजै अनुभव छ । सन्तानमा कान्छो छोरा भएकाले घरको कुनै सम्पत्तिमा दाबी नगर्ने र श्रीमती रीतालाई पनि नछोड्ने बताएपछि विच्छेदको दबाब आउन कम भएको उहाँले स्मरण गर्नुभयो । burause
विवाह एक जनासँग हुने र बाँकी दाजुभाइले उनैलाई पत्नी स्वीकार गर्नुपर्ने यो प्रथाको विशेषता हो । भाउजूलाई पत्नी मान्न कठिन हुने अवस्था पछिल्लो पुस्ताले राम्रैसँग बुझेपछि र शिक्षामा पहुँच हुँदा बहुपति प्रथा न्यूनीकरण हुन सहयोग पुगेको
स्थानीयवासीको भनाइ छ । आर्थिक रूपमा बलियो हुनैका लागि लामा समुदायले बहुपति प्रथा अँगालेको हुम्लाका सांसद छक्कबहादुर लामा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अब परम्परागत कृषिप्रणालीमा सीमित हुनु पर्दैन, यो समुदाय बाहिरी संसारसित परिचित भयो । व्यापार र अन्य उद्यम गर्न लागे । बदलिँदो आर्थिक र सामाजिक परिवेशले बहुपति प्रथालाई न्यूनीकरण गर्न बल पुगेको छ । ”
यो प्रथामा जति जना दाजुभाइ भए पनि एक जना मात्र श्रीमती हुँदा मातृसत्ता हावी हुन्छ । महिलाले भनेको मान्न पतिहरू तयार हुन्छन् र सम्पत्ति भाइमा अंश लाग्दैन । बहुपति प्रथा हटेको घरमा भने अब सम्पत्ति पनि दाजुभाइमा अंश लाग्न थालेको स्थानीयवासी बताउँछन् । सम्पत्तिको कुरा मात्र होइन, नयाँ पुस्ताले भने यो प्रथामा विरोध र विद्रोह नै गर्न थालेको छ । “बहुपति प्रथा त एक जना महिलाले सात जना दाजुभाइ भए पनि सबैलाई पति मान्नुपर्ने अवस्था हो । अब त्यस्तो छैन, केही वर्षमा त पूरै हट्छ”, स्थानीयवासी छलिचन्द्र लामा भन्नुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds