८० लाख पर्ने ६ आना जग्गादान

jestha nagarik

गोरखापत्र समाचारदाता-
कीर्तिपुर, वैशाख १४ गते । जेष्ठ नागरिक भवन निमार्ण गर्न पाँगा लाछीमा आयोजना भएको धार्मिक सप्ताह शुक्रबार सम्पन्न भएको छ ।
महाभूकम्पमा परी दिवगंत हुनुभएका देशबासीको आत्माको चीर शान्तिको कामना गर्दै उक्त जेष्ठ नागरिक सेवा केन्द्रले पाँगा लाछीमा सप्ताह आयोजना गरेको हो ।
पण्डित रामचन्द्र तिमिल्सेनाले श्रीमद्भागवत कथावाचन गर्नुभएको सप्ताहमा करिब ३० लाख रुपियाँ नगद सङ्कलन भएको छ ।
त्यसैगरी, पाँगा सिकुछँे बस्ने मधुकर महर्जन, हरिदेवी महर्जन र माथं महर्जन, एलिप महर्जन संयुक्त रुपमा रहेको करिब ८० लाख पर्ने ६ आना जग्गादान गर्नुभएको केन्द्रका कोषाध्यक्ष दुर्गाबहादुर महर्जनले गोरखापत्रलाई जानकारी दिनुभयो ।
सप्ताह कार्यक्रममा कीर्तिपुर क्षेत्रसहित देशका विभिन्न स्थानबाट श्रद्धालुहरु सप्ताहमा उपस्थित हुनुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना