कुशादेवीमा प्याराग्लाइडिङ

kusadebiकुशादेवी (काभ्रे), वैशाख १७ गते । काभ्रेको कुशादेवी विहावरका गुर्दुमडाँडाबाट प्याराग्लाइडिङ उडान सुरु भएको छ । शनिबारबाट सुरु भएको विहावर महोत्सवको अवसरमा प्याराग्लाइडिङसमेत सफल परीक्षण गरी सेवा सुचारु गरिएको हो । कुशादेवी सरोकार समाजको आयोजनामा तीन दिने विहावर महोत्सव सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न प्याराग्लाइडिङ, साइक्लिङ र हाफ म्याराथन महोत्सवको मुख्य आकर्षण रहेका छन् । 

महोत्सवमा स्थानीय खैजडी भजन, झाँक्री नाच, लोकदोहोरी, कन्सर्टका साथमा विविध मनोरञ्जनात्मक कार्यक्रम, स्थानीय कृषि उपज प्रदर्शनी महोत्सवका थप आकर्षण रहेका छन् । महोत्सवमा कुशादेवी मावि प्राङ्गणमा स्थानीय सामग्री, कृषि उत्पादन, स्थानीय जडीबुटी, स्थानीय घरेलु, उत्पादनका स्टलहरू राखिएका छन् । कुशादेवी विहावर क्षेत्र पर्यटकीय र कृषिको सम्भावना बोकेको क्षेत्र भएको तर प्रचारप्रसारको कमीले अत्यन्तै न्यून मात्र पर्यटक आउने गरेकाले महोत्सव गरिएको पनौती नगरपालिका प्रमुख एवं महोत्सवका सहआयोजक भीम न्यौपानेले जानकारी दिनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना