मापदण्ड अनुसार चल्दैनन् क्रसर उद्योग

दिवाकर पोख्रेल

देउखुरी, वैशाख १७ गते । दाङ देउखुरी क्षेत्रमा सञ्चालित क्रसर उद्योग मापदण्ड अनुसार चलेका छैनन् । जिल्ला तथा स्थानीय तहबाट अनुगमनमा जाँदा मापदण्ड अनुसार चलेजस्तो देखिए पनि अन्य समयमा मापदण्डविपरीत नदीजन्य सामग्री उत्खनन गर्ने गरेको पाइएको हो ।
विशेषतः देउखुरी क्षेत्रका राप्ती र अर्जुन खोलामा दर्जन बढी क्रसर उद्योग सञ्चालनमा छन् । क्रसर उद्योगका कारण वातवरण प्रदूषण बढ्नुका साथै अनियन्त्रित तरिकाबाट नदीजन्य पदार्थको दोहन हुँदा वातावरणीय प्रभावमा प्रतिकूल असर परेको पाइएको छ । विपद् व्यवस्थापनका लागि देउखुरीका केही खोलाबाट एक लाख घनमिटरसम्म नदीजन्य सामान गिट्टी उत्खनन गर्ने अनुमति पाएका क्रसर उद्योग तथा व्यवसायीले हालसम्म कति परिमाणमा उत्खनन गरे त्यसको वास्तविक रेकर्ड पाउन सकिँदैन । krasar
अनुमति एक लाख घनमिटर भए पनि राप्ती खोलामै भ्याकुम लगाएर ट्रिप्परमा लोड गरी क्रसर उद्योगमा पु¥याउने काम तीव्र रूपमा भइरहेको छ । अनुगमनमा क्रसर उद्योगले आवश्यक कागजातबिना धेरै मात्रामा नदीजन्य सामग्री स्टोर गरेको, स्टोर गरिएको सामानको खरिद विवरण नभेटिएकाले त्यसको बारेमा जिल्ला समन्वय समितिले थप अध्ययन सुरु गरेको जिल्ला समन्वय समितिका उपसंयोजक श्रीधर शर्मा पौडेलले जानकारी दिनुभयो ।
नदीजन्य सामग्रीको दुरुप्रयोग भएको गुनासो आएपछि जिल्ला समन्वय समितिले समयसमयमा अनुगमन थालेको छ । जिल्ला समन्वय समितिले जिल्लाका केही खोलामा नदीजन्य सामग्रीका लागि ठेक्का दिएको छ ।
अनुगमनको समयमा क्रसर उद्योग सञ्चालकहरू नै फेला परेका छैनन् । अनुगमन आउने हल्ला सुनेपछि क्रसर उद्योगका सञ्चालकहरू भाग्ने हुँदा आवश्यक कागजातको निरीक्षण गर्न नपाइएको प्रमख जिल्ला गजेन्द्रबहादुर क्षेष्ठले जानकारी दिनुभयो । हामी अनुगमनमा जाँदा सञ्चालकहरू भेटिनुभएन, आफ्ना कुरा राखेको भए हुन्थ्यो, जतिबेला पनि अनुगमन हुने र सो समयमा आवश्यक अनुमतिपत्रहरू हुनुपर्ने निर्देशन कर्मचारीलाई दिएका छौँ, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो ।
अनुगमन टोलीले नदीजन्य पदार्थको उत्खननको अनुगमन गर्दा नियमविपरीत उत्खनन गरेका सातवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । जिल्ला समन्वय समितिले देउखुरी क्षेत्रका क्रसर उद्योग र अर्जुन खोलाको दोभानको अनुगमन हो । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, उपप्रमुख श्रीधर शर्मा पौडेल र प्राविधिक टोलीले क्रसर उद्योग र ठेक्का भएको अर्जुन खोला दोभानको अनुगमन गरेको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना