नेपालका लागि कोलकाता कि विशाखापटनम ?

suman k regmiडा.सुमनकुमार रेग्मी

 


नेपालमा तेस्रो देशबाट आयात गरिएका व्यापारिक सामान कोलकाता बन्दरगाहबाट ल्याउन मुस्किल हुँदै आएको देखिन्छ । उतm बन्दरगाह व्यवस्थित नहँुदा सामान निकाल्न सहज भएको छैन । नेपालले तेस्रो देशबाट आयात गरिएका कन्टेनरले सामान पु¥याएर समयमा बन्दरगाह फर्कन नसक्दा सिपिङ कम्पनीलाई बढी बिलम्ब शुल्क तिर्नुपरेको छ ।
भारतको कोलकाता बन्दरगाहको व्यवस्थापन हुन नसक्दा आयातकर्ताले प्रति कन्टेनर करिब डेढ लाख रुपियाँ थप बेहोर्न पर्ने आयातकर्ताको भनाइ छ । आयातकर्ता समयमा सामान सो बन्दरगाहबाट नेपालमा सामान आयात गर्न गाह्रो भइरहेको छ । नाकाबन्दी नभए पनि २०७४ अशोज –कार्तिकतिर केही महिना अधिकांश कन्टेनर कोलकाता बन्दरगाहमा थन्किएका थिए । कन्टेनर गन्तव्य स्थानमा पुगेर बन्दरगाहसम्म पुनः फर्किन औसतमा १५ दिनदेखि २१ दिनसम्म समय लाग्ने गरेको छ । आयातकर्ताका भनाइमा सपिङ कम्पनीले उपलब्ध गराएको फ्री समय कोलकाता बन्दरगाहबाट कन्टेनर जाँच पास गराउनैमा लाग्ने गरेको पाइन्छ । कुनै बेला कन्टेनर सङ्ख्या वृद्धि गरे पनि बन्दरगाहको अव्यवस्थितका कारण आयातकर्ता मर्कामा अर्थात् विलम्ब शुल्कका मारमा परेका छन् । यस्तोमा बर्सेनि छ देखि आठ अर्ब रुपियाँ थप लाग्दै आएको देखिन्छ । फस्र्ट कम फस्र्ट सर्भका आधारमा कन्टेनर निकाल्दै आएकोमा कहिलेकाहीँ त नीति परिवर्तन गरी पहिले आएका कन्टनर थिचिएका र तल परेका कन्टेनर फस्र्ट कम फस्र्ट सर्भको आधारमा हुन पाउँदैनन् । फेरी नेपालका व्यापारीका तर्फबाटका काम एजेण्टमार्फत हुने गरेकाले जति विलम्ब शुल्क लागे पनि ती सबै नेपाली उपभोतmाबाट उठाउने गरिन्छन् । वीरगञ्जको सुख्खा बन्दरगाह उपयोगमा आएको १५–१६ वर्ष बितिसक्दा पनि सीआईएफ कोलकाता सटा सीआएफ वीरगञ्ज सुख्खा बन्दरगाह हुनुपर्ने हो किनकि यसले अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको देखिन्छ । यसो भएमा फ्री समय सुख्खा बन्दरगाहमा लागू हुने र कोलकाता, रकसौल र वीरगञ्जमा लागि आएको तीन वटा क्लिरीङ एजेण्टको खर्च पनि कम हुने हुन्छ ।
साथै बर्षाका समयमा भारतको विभिन्न स्थानमा रेलवे ट्रयाक र पुल बिग्रेर अडकिदा वीरगञ्जको सुख्खा बन्दरगाहमा कैयौँ दिन पनि भारतबाट मालबाहक रेल वीरगञ्ज सुख्खा बन्दरगाहमा नआएको विगत छ । भारतको रेल सञ्जालसँग जोडिएको देशको यो एक मात्र रेल्वे बन्दरगाह समेत ठप्प भएपछि देशको तेस्रो देशसँग आयातनिर्यात प्रत्यक्ष रूपमा असर पर्दै आएको देखिन्छ ।
पारबहनमा उत्पन्न समस्या, साँघुरो बन्दरगाहको मार, सिमानामा देखिदै आएका ट्राफिक जामजस्ता अनेकौं र उल्लेखित समस्या दुवै देशका राष्ट्रपति, प्रधामन्त्री, मन्त्री, सचिव र सहसचिवस्तरबाट उठाइएको र समाधान गर्ने एजेण्डा पनि बनेको देखिँदैन ।
यस्तै समस्याले गर्दा विशाखापटनम बन्दरगाहबाट नेपालले २०७४ जेठ २९ अर्थात् जुन १२, २०१७ देखि नेपालको ढुवानी भारतको रेल्वे कम्पनी कन्कोरको मार्फत २० फिटे ५० वटा कन्टेनर सोझै वीरगञ्ज सुख्खा बन्दरगाहमा पहिलोपटक आउन सुरु गरेको देखिन्छ तर यो नियमित रूपमा हुन पाएको छैन । भारतीय हिमालयन र कोंकर टर्मिनलले विशाखापटनमबाट वीरगञ्ज सुख्खा बन्दरगाह कन्टेनर ढुवानी सुरु गरेको छ । सन् २०१४ मा नेपाल–भारतबीच भएको द्विदेशीय सम्झौतामा भारतले नेपाली आयात–निर्यातका लागि विशाखापटनम बन्दरगाह खुला गर्ने सहमति भएको थियो । दुई देशको सम्झौता पछिको तीन वर्षपछि नेपाली व्यावसायीले विशाखापटनम बन्दरगाह प्रयोग गर्न पाएका छन् । कोलकाताबाट वीरगञ्ज रेल आइपुग्न साढे २ देखि ४ दिनसम्म लाग्ने गरेको छ । एउटा रेल्वे ¥याकले ९० कन्टेनर मात्र बोकेर कोलकाता बन्दरगाहबाट आउने गरेको छ । विशाखापटनमबाट पहिलो पटक रेल्वे ¥याक नेपाल भित्रीएसँगै पाँच दिन फ्रि टाइमको सुविधा दिन सुरु गरिएको छ । हालसम्म पनि कोलकाता बन्दरगाहबाट नेपालका लागि कन्टेनर हिँडेको १४ देखि २१ दिनसम्म यस्तो सुविधा नेपाली आयातकतालाई दिइँदै आएको छ । यस हिसाबले नेपालका लागि विशाखापटनम बन्दरगाहबाट नेपालको सामान धेरै भएमा ढुवानी गर्न लाभप्रद नै देखिन्छ तैपनि नेपाली आयातकर्तालाई तुलनात्मक रूपमा कोलकाता र विशाखापटनम बन्दरगाह हुँदै मालसामान आयात गर्दाै उस्तै लागत पर्न जाने दाबी गरिएको छ । भौगोलिक रूपमा कोलकाताभन्दा विशाखापटनम दोब्बर टाढा भए पनि कन्टेनरका सामुहिक भाडा विशाखापटनम बन्दरगाहमा झण्डै ४० प्रतिशत कम रहेकाले दुबै बन्दरगाहको प्रयोगबाट नेपाललाई उस्तै ढुवानी लागत पर्ने गरेको छ ।
विशाखापटनम बन्दरगाहको नियमित र पूर्णरूपमा उपयोगका नतिजा विश्लेषण गर्न नपाउँदै नेपालले तेस्रो देशसँगको व्यापारका लागि प्रयोगमा आएको विशमखापटनमभन्दा ५०३ दशमलव ९ किलो मिटर नजिकको उडिसास्थित धाम्रा बन्दरगाहबारे नेपालको प्रयोगका लागि २०७४ आषाढतिर अनौपचारिक बहस सुरु गरेको छ यद्यपि विशाखापटनम बन्दरगाह नेपाली व्यावसायीले सुविधाजनक भएको बताएका छन् । यो बन्दरगाह २४ सै घण्टा खुला रहने र कन्टेनरलाई २० देखि २४ घण्टाभित्र फिर्ता पठाउन सकिने सुविधा छ । विशाखापटनम बन्दरगाह कोलकाताभन्दा दोब्बर दुरीमा रहे पनि विशाखापटनम बन्दरगाहको प्रयोगले कोलकाता बन्दरगाहमा नेपालले पाई आएको समस्या र झन्झटबाट मुक्ति मिल्ने भएकाले लागत बढ्न नपाउने अनुमान गर्न सकिन्छ । विशाखापटनम बन्दरगाहमा ८ हजार कन्टेनर बोकेका चीन, कोरिया, मध्यपूप, थाइलैण्ड, जापान, सिङ्गापुर आदिबाट सोझै जहाज आउन सक्ने हुनाले आयातकर्तालाई २४ फिटे कन्टेनरमा प्रतिकन्टेनर दुई सयदेखि दुई सय पचास डलरसम्म ढुवानी भाडा सस्तो पर्न जाने देखिन्छ ।
कोलकाता बन्दरगाह प्रयोग गर्दा सामान सिङ्गापुर भएर आउँछ तर विशाखापटनमको प्रयोग गर्दा जुनसुकै देशको सामान आयात गर्दा सोभैm विशाखापटनमबाट नेपालको वीरगञ्ज सुख्खा बन्दरगाहमा आउँछ । चीनको विभिन्न बन्दरगाहबाट सीधै विशाखापटनममा सामान आउने भएकाले नेपालले चीनबाट आयात गर्न चाहेको सामान सोभैm वीरगञ्ज बन्दरगाहमा कम दिनमा आइपुग्छ । यसले गर्दा त विशाखापटनम वा सिगात्से कुन चाहिँ नेपालका लागि फाइदा हुने अभैm अभ्यास गर्न बाँकी छ ।
चीनको जिङयाङ बन्दरगाहबाट २० कन्टेनर कार्गो विशाखापटनम ल्याउँदा सात सय डलर भाडा लाग्ने गर्छ भने कोलकाता ल्याउन १२ सय डलर लाग्छ । सिङ्गापुरबाट पनि कोलकाताभन्दा विशाखापटनम नजिक रहेकोले सिङ्गापुरबाट कोलकातासम्म सामुद्रिक दुरी १६५० किलोमिटर रहेको छ भने विशाखापटनमसम्मको दुरी पनि १५७३ किलोमिटर छ । विशाखापटनम बन्दरगाहमा कोलकाता जस्ता धेरै शुल्क तिर्न नपर्ने बताइन्छ । कोलकाता बन्दरगाहमा कार्गो प्रक्रिया छुट्न केही दिन पर्खनु पर्छ । विशाखापटनमको उपयोगमा अध्ययन गरी कमजोरी द्विदेशीय उच्च अधिकारीका भ्रमणको बेला समस्या राख्दै जानु उपयुक्त हुन्छ ।
विशाखापटनम र बङ्गलाबन्धको मार्गका प्रयोगले नेपालको व्यापार सहज हुँदै आउने भनिएको छ । विशाखापटनम र बङ्गलाबन्धको मार्ग प्रयोगले नेपालको आयातमात्रै होइन नेपालको निर्यात क्षमता पनि बढाउँदै जान पर्ने हुन्छ अन्यथा यी मार्ग पनि नेपालका लागि भविष्यमा फाइदाजनक नहुन सक्छन् । विशाखापटनमका विशेषतामा पूर्ण रूपमा कम्प्युटर प्रणाली, २४ घण्टा कार्गाे डिसप्याच सुविधा, पारदर्शी कारोबार, अनलाइन क्लियरेन्स, ढिलाइ तथा अन्य अपारदर्शी कर तिर्न नपर्ने, एक पटकमा धेरै कार्गो ह्यान्डल गर्न सकिने, भारतको दोस्रो महìवपूर्ण बन्दरगाह, क्लियरेन्सका लागि कुनै शुल्क नचाहिने र माफिया वा अन्य समस्याबाट मुक्त भएको देखिन्छ । यसैले पनि यो बन्दरगाह नेपालका लागि तुलनात्मक रूपमा बढी लाभदायक देखिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना