सार्वजनिक यातायातमा विकल्पको तयारी

लक्ष्मण दर्नाल

काठमाडौँं, वैशाख १९ गते । सिन्डिकेट तोड्न र करको दायरामा ल्याउन यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा लागू गरेको निर्देशिकाविरुद्ध व्यवसायीले विरोध गरेपछि विकल्पको तयारी थालिएको छ । यातायात व्यवसायीले सवारी ठप्प पार्ने सम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेपछि विभागले वैकल्पिक सवारी साधन प्रयोगमा ल्याइने तयारी थालेको हो ।
सार्वजनिक सवारी साधन सञ्चालन नभएको खण्डमा विभागले अन्य निकायका सवारी सञ्चालन गरेर भए पनि निर्देशिका कार्यान्वयन गरेर छाड्ने जनाएको छ । त्यसका लागि विभागले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, प्याब्सन एनप्याब्सन लगायतका निकायसँग भएका सवारी सञ्चालन गर्न सकिने गरी छलफल अघि बढाएको छ ।
सार्वजनिक सवारी सञ्चालन नभएको खण्डमा यी निकायका सवारी सञ्चालन गर्नेगरी तयारी भएको विभागले जनाएको छ । निर्देशिका कार्यान्वयन गर्ने सवालमा यात्रुलाई समस्या नहोस् भनेर अन्य निकायका सवारी पनि सञ्चालन गर्न सकिने गरी तयारी गरिएको विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिनुभयो । yatayat
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने चरणबद्ध आन्दोलन गरिरहेको छ । वैशाख २१ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने जनाएको छ । महासङ्घका महासचिव सरोज सिटौलाले नयाँ निर्देशिका स्थगित गरेर छलफल गरिनुपर्छ, व्यवसायीका मागको सुनुवाइ हुनुपर्छ एकतर्फी निर्णयले समस्याको समाधान हुँदैन, २० गतेसम्म माग सुनुवाइ नभएर २१ देखि यातायात ठप्प हुनेछ भन्नुभयो ।
महासङ्घले आन्दोलन गरे पनि केही व्यवसायीले भने नयाँ निर्देशिका अनुसार विभागका अनुसार सेवा पञ्जीकरण गरिरहेका छन् । विभागका अनुसार हालसम्म १२१ वटा कम्पनी पञ्जीकरण भइसकेको र अन्य कम्पनी रजिस्टारको कार्यालयमा दर्ता प्रक्रियामा रहेको अर्यालले जानकारी दिनुभयो ।
विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ९३ र नियमावली २०५४ को दफा ४४ अनुसार नयाँ निर्देशिका जारी गरेको जनाएको छ । ऐन र नियमावलीमै सार्वजनिक यातायात सञ्चालन गर्न सेवा पञ्जीकरण गर्नुपर्ने व्यवस्था छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना