पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

Petrolकाठमाडौँ, वैशाख २० गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको भन्दै निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ र डिजल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँ वृद्धि गरेको हो । मूल्य बढाएपछि अब पेट्रोल प्रतिलिटर एक सय आठ रुपियाँ भएको छ भने डिजेल प्रतिलिटर ९० रुपियाँ भएको छ । मट्टितेल पनि प्रतिलिटर ९० रुपियाँ पुगेको छ । 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना