आलु पकेट क्षेत्र लागू

potatoसोलुखुम्बु, वैशाख २२ गते । सोलुखुम्बुको केरुङ, गोराखानी र टाप्टिङ क्षेत्रलाई आलु पकेट क्षेत्रका रूपमा लागू गरिएको छ । यस क्षेत्रमा विगतदेखि नै राम्रो आलु उत्पादन भइरहेको र अझ व्यावसायिक तरिकाले उत्पादन गर्दा धेरै सम्भावना भएको ठाउँ भएकाले आलु ब्लक कार्यक्रम लागू गरिएको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जनाएको छ ।
आलुमा आत्मनिर्भर रहेको सोलुखुम्बुमा हाल १२४ हेक्टर जमिनमा हिउँदे आलु खेती भइरहेको कृषि कार्यालयको तथ्याङ्कले देखाएको छ । जसबाट ११.८ मेट्रिकटन प्रतिहेक्टर आलू उत्पादन हुने गरेको बताइएको छ । गत वर्षको तुलनामा आलु खेती लगाउने क्षेत्रफल घटे पनि उत्पादनको हिसाबले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जनाएको छ ।
उत्पादन बढे पनि हिउँदे आलु निर्यातमा भने कमी आएको छ । उत्पादन भएको आलु जिल्लामै खपत हुने भएकाले बाहिर निर्यात हुन नसकेको कार्यालयले जनाएको छ । यसैगरी वर्षे आलु पनि जिल्लामा दस हजार १४ हेक्टर जमिनमा लगाइँदै आइएको छ । जसबाट प्रतिहेक्टर वार्षिक १५.९ मेट्रिकटन उत्पादन हुँदै आएको छ ।
कृषि विकास कार्यालयले कृषकहरूलाई जागरुक गराउने उद्देश्यले केरुङ, गोराखानी र टाप्टिङ क्षेत्रमा समिति गठन गरि आलु निर्यातको निम्ति ५० प्रतिशत अनुदानमा एउटा ट्याक्टर खरिद गरिएको जनाएको छ । उत्पादनपछि ढुवानीमा सहज होस् भनेर यातायातको साधन उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना