सूचना कक्षमा पहुँच छैन सेवाग्राहीको


सीता शर्मा

काठमाडौँ, वैशाख २३ गते । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जाने र फर्किनेलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको ‘वैदेशिक रोजगार सूचना कक्ष’ सेवाग्राही पहुँच नै छैन ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले गत महिनादेखि अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा स्थापना गरेको सूचना कक्ष वैदेशिक रोजगारमा जाने र फर्किनेको पायक नपर्ने ठाउँमा राखिएकाले सेवाग्राहीको पहुँच नपुगेको हो । बोर्डले सञ्चालनमा ल्याएको सूचना कक्षका सूचना परामर्शकर्ता हरिप्रसाद नेपालले वैदेशिक रोजगारीमा जाने वा फर्किनेमध्ये अन्तर्राष्ट्रिय विमानस्थल कमलाई मात्रै बोर्डको सूचना कक्षबारेमा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, सूचना कक्षमा सुरुमा त दैनिक दुई÷तीन जना समस्या भएको भनेर आउनुहुथ्यो तर अहिले त हप्तामा दुई÷तीन जना मात्रै आउनुहुन्छ । सूचना कक्ष वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने ठाउँमा नभएकाले पनि ठूलै समस्या भएकाबाहेक अन्य व्यक्ति हाम्रो सूचना कक्षसम्म आई पुदैनन् सूचना परामर्शकर्ता नेपालले भन्नुभयो ।
बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले विमानस्थलमा बोर्डले स्थापना गरेको सूचना कक्ष लक्षित समुदायलाई सहज पहुँचयुक्त हुन नसकेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, सूचना कक्ष सबैको पहुँच हुने ठाउँमा राख्नका लागि पहल नभएको होइन, उपयुक्त ठाउँ नपाएरै विमानस्थलको एउटा कुनामा राख्नु परेको छ, उपयुक्त ठाउँ खोजिरहेका छाँै ।
उहाँका अनुसार बोर्डले वैदेशिक रोजगारी जाने र फर्किने क्रममा समस्यामा परेकालाई सहयोग गर्ने उद्देश्यले सूचना कक्ष स्थापना गरिएको हो । सूचना कक्षमार्फत वैदेशिक रोजगारका क्रममा गम्भीर दुर्घटनामा परी अङ्गभङ्ग भएर फर्किएकाको थप उपचारका लागि सहयोग गर्ने, सो क्रममा विदेशमा मृत्यु भएका शवको व्यवस्थापनको पहिचान गरी सम्बन्धित परिवारलाई जिम्मा लगाउनेदेखि शव सम्बन्धित व्यक्तिको घरसम्म पु¥याउने कार्य प्रभावकारी रूपमा गर्ने गरी तयारी भइरहेको पनि कार्यकारी निर्देशक काफ्लेले जानकारी दिनुभयो ।
विमानस्थलमा पहुँचयुक्त सूचना कक्षसँगै शव व्यवस्थापन कक्ष स्थापना गर्नेका लागि ठाउँ खोजी भइरहेको र उपयुक्त ठाउँ प्राप्त हुने बित्तिकै त्यो कार्य सुरु गर्छौं, उहाँले भन्नुभयो ।
विदेशमा ज्यान गुमाएका नेपालीको शव ल्याउँदा राख्ने ठाउँ पनि नहुँदा आफन्तजनले आगमन कक्षमा नै शव बुझ्नु पर्ने बाध्यता अन्त्य गर्नका लागि व्यवस्थित शव कक्षमार्फत राखेर शव वाहनको व्यवस्था मिलाई सम्बन्धित जिल्लासम्म पु¥याउने तयारी भइरहेको पनि जानकारी दिनुभयो ।
विमानस्थलमा व्यवस्थित शव कक्ष राख्ने विषयमा मन्त्रिस्तरमै निर्णय भएकाले छिट्टै सञ्चालनमा आउने पनि उहाँले बताउनुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले वैशाखको पहिलो साता कार्यक्रम गरी १०÷१५ दिनभित्रै व्यवस्थित शव कक्ष स्थापना गर्ने कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना