गोरखापत्रलाई शुभकामना

gorkhapatra_1काठमाडौँ, वैशाख २४ गते । गोरखापत्र दैनिक सोमबारबाट ११८औँ वर्षमा प्रवेश गरेको छ । १९५८ वैशाख २४ गतेबाट साप्ताहिक रूपमा ‘गोर्खापत्र’को प्रकाशन सुरु भएको थियो । विभिन्न समयमा परिस्कृत तथा परिमार्जित हुँदै गोरखापत्र अहिलेको अवस्थामा आएको हो । गोरखापत्र प्रकाशनको ११८औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ५६औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताले शुभकामना सन्देश दिनुभएको छ । 

‘समृद्ध र सुदृढ बनोस्’

विद्यादेवी भण्डारी
 राष्ट्रपति

गोरखापत्र प्रकाशनको ११८औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ५६आँै वार्षिकोत्सवको शुभ अवसरमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । गोरखापत्रले नेपाली भाषाको माध्यमबाट नेपालीलाई जोड्ने सराहनीय कार्य गर्दै आएकोमा खुसी व्यक्त गर्दछु । भाषा, साहित्य, कानुन, राजनीति, ज्ञान, विज्ञान, धर्म, संस्कृति, वातावरण लगायतका विषयमा महŒवपूर्ण योगदान पु¥याउँदै आएकोमा संस्था एवं प्रकाशनलाई धन्यवाद दिन चाहन्छु । समावेशी सिद्धान्तलाई व्यावहारिक रूपमै आत्मसात् गर्दै विभिन्न राष्ट्रिय भाषाहरूलाई समेत गोरखापत्रमा स्थान दिनु हर्षको विषय हो ।
आफ्ना प्रकाशनलाई विविधीकरण गर्दै आधुनिक प्रविधिमैत्री माध्यम अपनाउन कोसिस गरेकोमा खुसी व्यक्त गर्दै बदलिएको परिवेशअनुरूप आफूलाई समृद्ध र सुदृढ तुल्याउन संस्था कटिबद्ध हुने विश्वास लिएको छु ।

‘जनतामा उत्साह छरोस्’

केपी शर्मा ओली
प्रधानमन्त्री

नेपालको राजनीतिक इतिहासका विविध कालखण्डको साक्षी गोरखापत्र र यसका सहप्रकाशनमा सङ्ग्रहित ज्ञान र स्मृतिलाई नेपालीको हितका लागि सदुपयोग गरिनुपर्छ । सरकारले आर्थिक र सामाजिक रुपान्तरणमार्फत समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प गरेको छ । तीव्र विकासका लागि गोरखापत्रले जनतामा उत्साहको सञ्चार गराओस् भन्ने कामना गर्दछु । गोरखापत्र नेपालको जेठो अखबार हुँदै हो; समय सान्दर्भिक, सत्य, वस्तुनिष्ठ र खोजमूलक विषयवस्तु पस्केर नेपाली जगत्को आजको प्रतिस्पर्धामा पनि यसले आफूलाई अग्रणी सावित गर्न सक्नु पर्दछ भन्ने मैले अपेक्षा गरेको छु ।
‘चुनौतीलाई सम्भावनामा बदलोस्’

कृष्णबहादुर महरा
सभामुख

गोरखापत्रले नेपाली भाषाको जगेर्ना, संरक्षण, सम्बद्र्धन र परिस्कारमा विशेष योगदान पु¥याउँदै आएको छ । गणतन्त्रको आगमनपछि गोरखापत्रले ३८ राष्ट्रभाषामा विविध सामग्री प्रकाशन गरी समावेशी पहिचान दिएको छ, यो ठूलो उपलब्धि हो । पाठकका आकाङ्क्षा र रुचिलाई सम्बोधन गर्नुपर्ने चुनौती उत्तिकै छ । चुनौतीलाई सम्भावनामा बदल्नु र गौरवपूर्ण इतिहास जोगाउँदै आफ्नो समयलाई थप गौरवपूर्ण बनाउनु गोरखापत्र दैनिक र गोरखापत्र संस्थानको अहिलेका प्रमुख चुनौती हुन् । यी चुनौतीलाई सम्भावनामा बदल्दै गोरखापत्र प्रगतिपथमा लम्किन सकोस् ।

‘सरकार र जनतालाई जोडोस्’
गणेशप्रसाद तिमिल्सिना
अध्यक्ष, राष्ट्रियसभा
गोरखापत्र देशकै अग्रणी सञ्चारमाध्यम बन्न सफल भएको छ । गोरखापत्रले जनताका आवाज पनि बाहिर ल्याउने गरेको छ, जसले गर्दा यो प्रकाशन सरकार र जनतालाई जोड्ने माध्यम बनेको छ । प्रविधिको विकाससँगै सञ्चारमाध्यमको प्रयोग र जनताको रुचि पनि परिस्कृत हुँदै गएको सन्दर्भमा गोरखापत्रले पनि आफूलाई परिमार्जित र समयानुकूल बनाउँदै लग्ने विश्वास मेरो छ ।

‘निष्पक्ष र यथार्थपरक बनोस्’
शेरबहादुर देउवा
सभापति, नेपाली काँग्रेस

निष्पक्ष र यथार्थपरक, तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गरेको गोरखापत्रले भविष्यमा पनि यो अपेक्षा पूरा गर्नेमा म विश्वस्त छु । सबै जातजाति, लिङ्ग, सम्प्रदाय र विविध भौगोलिक क्षेत्रमा बसोबास गर्ने आमनागरिकका हकअधिकारका बारेमा सुुसूचित गराउन र राष्ट्रप्रतिको नागरिकको दायित्व र कर्तव्यका बारेमा जानकारी गराउन गोरखापत्रले महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ । ‘गोरखापत्र’लाई आजको अवस्थासम्म ल्याइपु¥याउन योगदान दिने सबै सञ्चारकर्मी मित्र तथा ‘गोरखापत्र’ परिवारप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु ।

‘समृद्धिको यात्रामा सशक्त बनोस्’
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष, नेकपा (माओवादी केन्द्र)

गणतन्त्र स्थापनापछि गोरखापत्रले नेपालका ३८ मातृभाषामा समाचार, साहित्य र विविध सामग्री प्रकाशन गर्नु गौरवको विषय हो । राजनीतिक र सामाजिक रुपान्तरणमा सञ्चारमाध्यमको भूमिका महŒवपूर्ण रहन्छ । देश विकास र समृद्धिको नयाँ यात्रामा लम्किरहेको बेला सञ्चारमाध्यमको भूमिका महŒवपूर्ण हुन आएको छ । आगामी दिनमा गोरखापत्र दैनिकले सुशासन, समृद्धि र विकासको यात्रामा अझ सशक्त भूमिका निर्वाह गर्नेमा म पूर्ण विश्वस्त छु ।

‘आवाजविहीनको आवाज बनोस्’
 उपेन्द्र यादव
अध्यक्ष, सङ्घीय समाजवादी फोरम

गोरखापत्र नेपाली इतिहासका थुप्रै कालखण्डको साक्षी हो । गणतन्त्र स्थापनापछि गोरखापत्रमा मातृभाषाले स्थान पाएकाले यो सराहनीय छ । यसमा अझै बाँकी रहेका भाषाभाषीलाई समावेश गराउनुपर्छ । समाचार, विचार विश्लेषणदेखि समाचार कक्षसम्म समावेशी बनेर गोरखापत्र आवाजविहीनको आवाज बनोस् । आदिवासी जनजाति, मधेसी, महिला, शिल्पी, मुस्लिम तथा उत्पीडनको पक्षमा गोरखापत्रले काम गरोस् ।

‘भूमिका अनुकरणीय रहोस्’
महन्थ ठाकुर
संयोजक, राष्ट्रिय जनता पार्टी

नेपालको सबैभन्दा पुरानो अखबार गोरखापत्रलाई शुभकामना दिन पाउँदा गौरवान्वित महसुस गर्दैछु । संविधानमा सूचीकृत ३८ वटा मातृभाषामा समाचार, साहित्य र विचार सामग्री प्रकाशन गर्ने गोरखापत्र अनलाइनका रूपमा पनि प्रकाशन भइरहेको छ । देशको समग्र विकासमा गोरखापत्रको भूमिका अनुकरणीय एवं अतुलनीय रहोस् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना