प्रकाशकीय

‘गोरखापत्र’ आजदेखि ११८औँ वर्षमा प्रवेश गरेको छ । सर्वप्रथम ११७ वर्षका अनेकन उतारचढाव र विविध आयामका घटनाक्रमबीच दीर्घायु रहेको ‘गोरखापत्र’को जन्मदिनका अवसरमा हामी सबैसँग खुसी बाँड्न चाहन्छौँ । साथै हामी सरोकारवाला सबैसँग नतमस्तक बन्दै ‘नमन’ गर्न चाहन्छौँ । ‘गोरखापत्र’ जे र जसरी यहाँसम्म आइपुग्यो, त्यो विगतदेखि वर्तमानसम्म ‘गोरखापत्र’लाई माया गर्नेहरूकै प्रतिफल हो । 

वास्तवमा सूचना र प्रविधिको उच्चतम विकास र नेपाली पत्रकारिताको फाँटमा थपिएका अनेकन स्पर्धाबीच ‘गोरखापत्र’का आगामी दिन चुनौतीपूर्ण बन्दै गएको छ । इतिहासको उपस्थिति र साख देखाएर मात्रै आगत, सपाट, सग्लो र सर्रर अघि बढ्न नसक्ने ठहर हामीले गरिसकेका छौँ । यसैकारण लामो कालखण्डदेखि ‘धर्मपथ’मा सीमित रहेकोे संरचना र संस्करणलाई छिट्टै प्रादेशिक मुलुकको विभिन्न भाग र विद्युतीय तरङ्गमा फैलाउन लागिपरेका छौँ । यहाँनेर उल्लेख गर्नैपर्छ– ‘गोरखापत्र’ निकट दिनमै ‘स्मार्ट’ बन्ने यात्रामा अघि बढेको छ ।
थुप्रै परिवर्तनको साक्ष्य स्वरूप रहेको ‘गोरखापत्र’ आफैँ जबसम्म परिवर्तित बन्ने दृढ सङ्कल्प बोकेर अघि बढ्दैन; तबसम्म पाठक, क्रेता, बिक्रेता, विज्ञापनदातालगायत सरकारी साथले पनि अपेक्षित परिणाम दिन सक्दैन । ‘गोरखापत्र’का समस्या, साह्रागाह्रा र अप्ठ्यारा हटाउँदै ‘निदान’ खोज्न हामी आफैँ लाग्नुपर्ने ठहर हामीले गरेका छौँ ।
‘गोरखापत्र’ प्रकाशन सुरु भएकै दिनको महŒवबोध गरेर सरकारी तवरबाट ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाउने गरिएको विहङ्गम–मर्मलाई हामीले आत्मसात् गरेर तदनुरूप ‘गोरखापत्र’लाई ‘भजनपत्र’को आरोपबाट क्रमशः माथि उठाउँदै लगेका छौँ । गोरखापत्रले एकातिर आवाजविहीन, सीमान्तकृत र नागरिकका पीडा, समस्या र उच्छवासलाई त समेटेकै छ; अर्कोतिर मुलुकका सबै भाषाभाषीलाई समेट्ने ‘नयाँ नेपाल’ पृष्ठमार्फत समावेशी यात्रा गरेको तथ्य यहाँहरूबीच लुकेको छैन । सीमित स्रोतसाधनबीच असीमित चुनौती झेल्ने बानी हामीलाई परेको छ ।
तसर्थ आजको यस पावन अवसरमा हामी ‘गोरखापत्र’लाई नवीन उचाइ, वजनदार, मर्यादा र प्राज्ञिक चिनारीमा पु¥याउने प्रण गर्दछौँ । यसका लागि सदाझैँ पाठक, लेखक, कवि, विज्ञापनदाता, बिक्रेतालगायत शुभेच्छुक सबैले आशीर्वचन र साथ दिनुहुनेछ भन्ने अपेक्षा राख्दछौँ ।

bashant prkash     

                   वसन्तप्रकाश उपाध्याय
                   महाप्रबन्धक

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना