शताब्दीको ऐना गोरखापत्र

nuhuchchhe narayanन्हुंछेनारायण श्रेष्ठ

गोरखापत्र दैनिकले विगत ११७ वर्षदेखि निरन्तर रूपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय मानवीय अभिरुचिका रोचक, उत्प्रेरक तथा सन्देशमूलक सामग्रीलाई आवश्यकता र प्राथमिकताका आधारमा प्रकाशित गर्दै आएको छ । आम नागरिकलाई संविधानप्रदत्त सूचनाको मौलिक हकाधिकार प्रदान गर्ने कार्यमा दायित्ववोध गर्दै सत्यतथ्यमा आधारित समाचार, सन्देशबाट सूसुचित गराउने कार्य यसले गरिरहेको छ । आगामी दिनमा समेत गारेखापत्रले आफ्ना कर्तव्यलाई नबिर्सी राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समृद्धिका लागि समर्पित हुनुछ ।
समग्रमा गोरखापत्र सबैको साझा चौतारी हो । गोरखापत्रमा पाठक, शुभचिन्तक, सञ्चारकर्मीले आफ्नो सहभागिता जनाउनसक्ने अवसरलाई निरन्तरता दिई अझै अघि बढ्नु छ यसले । समाजमा भएका घटनालाई समाचारको रूप दिई जस्ताको तस्तै आम पाठक माझ सम्प्रेषण गर्ने कार्यमा अग्रणी भूमिका खेलिरहेकोे तथ्य हाम्रासामु प्रष्ट नै छ । यसो त धेरै नै देखिन्छन् पत्रपत्रिका बजारमा तर गोरखापत्रप्रति आम पाठकको झुकाव रहनुमा गोरखापत्रले प्रकाशित गर्नै समाचार सत्य, तथ्यपूर्ण भएर नै हो । गोरखापत्र दैनिकले आम पाठकको चाहनाबमोजिम आफ्ना सामग्री र स्वरूप परिमार्जन गर्दै गएको पनि देखिन्छ नै ।
गोरखापत्रको ११७ औँ वसन्त पार गर्दै
११८ औँ वर्षगाँठ मनाइरहेको गोरखापत्रले यसअवधिमा मुलुकमा भएका ठूलाठूला राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनहरू थेगेको छ । सवा शताब्दीको साक्षी बनेको यो ऐतिहासिक दस्तावेज बनेको छ । पछिल्लो ऐतिहासिक राजनीतिक परिवर्तन प्रक्रियामा मुलुकले नयाँ संविधानअनुरूप सङ्घीयतामा प्रवेश गरेको छ । यो सन्दर्भलाई नियाल्दै सातवटै प्रदेशका खवरलाई जनमानस समक्ष पु¥याउने प्रण गर्नुपर्छ गोरखापत्रले । यसका साथै संविधान कार्यान्वयन, दिगो विकास र लोकतन्त्रको प्रत्याभूतिका लागि समेत महìवपूर्ण जिम्मेवारी बहन गर्नुछ यसले । सञ्चार ऐन, नीति, नियममा आधारित भएर संविधानको मर्म र धर्म आम नागरिकसमक्ष पु¥याउनु र देशको उन्नति, प्रगतिमा जनतालाई कर्तव्यवोध गराउनुछ यसले ।
राष्ट्रको चौँथो अङ्ग मानिएको नेपाली पत्रकारिताको लक्ष्य नेपाली जनतालाई अधिकार र कर्तव्यप्रति सचेत बनाउनु नै होभन्नु अतिशयोक्ति हुँदैन । राष्ट्र, राष्ट्रियता नै सबैभन्दा ठूलो र महìवपूर्ण भएको पत्रकारिताले आत्मसात गर्नैपर्छ । सबै वर्ग, लिङ्ग, धर्म र जातजातिलाई एकताबद्ध गराउँदै अघि बढ्ने कार्यमा नेपाली पत्रकारिता, त्यसमाथि पनि सबैको साझा गोरखापत्र र गोरखापत्र संस्थानका अन्य प्रकाशनको महìवपूर्ण भूमिका अपेक्षित छ । राष्ट्रको चौँथो अङ्ग पत्रकारिता क्षेत्रलाई मर्यादित, प्रतिष्ठित बनाउने कार्यमा सरकारी स्वामित्वभित्रै रहेर पनि सम्झौताहीन योगदान पु¥याएको बेलाबेलाका उदाहरण छन् । विभिन्न कालखण्ड राणा शासन, निरङ्कुश पञ्चायतकाल, राजतन्त्र पार गर्दै गणतन्त्रमा प्रवेश गरी सङ्घीयता कार्यान्वयनका चरणसम्म आइपुग्दा यसले अनेक चुनौतीबीच पनि हरेक परिवर्तनलाई जनताका पक्षमा उपयोगी बनाइनुपर्ने सन्देश दिइरह्यो । हाम्रा समाजका विकृति, विसङ्गति मात्रै होइन, अन्याय र असमानताका विरुद्ध, विश्व शान्तिका लागि निरन्तर रूपमा कलमसेना बन्यो । यसले राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रका घटना, सफलता, असफलतालाई जस्ताको तस्तै सधँै पस्कँदै आइरहेको छ र विश्वपरिवेशलाई प्रत्येक नागरिकहरूको पहुँचभित्र राख्न सफल भएको छ ।
मुलुककै पुरानो पत्रिका गोरखापत्र हिजो गिद्दे प्रेसमा छनपियो तर आज यसले आधुनिक सञ्चारप्रविधि र यसका नयाँ आयाम आत्मसात गरिसकेको देखिन्छ । समय सापेक्ष आफूलाई परिमार्जन गर्दै अब इ पेपर, फेसबुक, वेबसाइडबाट विश्वका जुनसुकै कुनामा रहेका नेपाली पाठकको पहुँचभित्र पुग्न सफल भएको छ । विश्वका जुनसुकै कुनामा रहेका नेपाली पाठकले पनि गाउँबस्तीका समाचार पाउन सक्ने गरी पछिल्लो समय स्थानीय तह र प्रदेश समाचारलाई प्राथमिकता दिँदै आएको पाइएको छ । यसको साजसञ्जामा पनि सुधार देखिएको छ । अझै सकिन्छ भने यो पत्रिका चिल्लो कागज, रङ्गीन कलेवरमा आउनुपर्छ र बजार प्रतिस्पर्धाका लागि मूल्य घटाएर व्यापार गरिनुका अलावा सातवटै प्रदेशमा एकैसाथ प्रकाशन गर्न सक्नुपर्छ । संस्थानका छपाइ मेसिन मर्मत सम्भार समयमै गर्ने तथा नयाँ मेसिन थप गरी समयमै पत्रिका आम पाठकको दैलोमा पुग्ने वातावरण मिलाउनु पर्छ । सरकारी स्वामित्वको पत्रिका भएकै कारण पनि गोरखापत्रप्रति आम नेपालीको पहुँच पुग्न पाउनुपर्छ ।
संस्थानमा कार्यरत पत्रकार, कर्मचारी, प्राविधिक जो होऊन्, नेपाली राष्ट्रसेवकमा देखिने काम नगरे पनि जागिर पाकिरहने आममानसिकताबाट मुक्त हुनु आवश्यक छ । दक्ष प्राविधिक कर्मचारी, पत्रकारको निरन्तर लगावकै कारण गोरखापत्र आजको अवस्थामा आएको हो तर हजारौँ लेखक, स्रष्टा, ग्राहक र पाठकले निरन्तर सहयोग, सद्भाव र विश्वासलाई यसले बेवास्ता गर्न सक्दैन, पाउँदैन । किनभने यो राज्यको स्वामित्वको पत्रिका हो । त्यसैले पनि यसका समाचार र सूचना सत्य तथ्यमा आधारित हुने विश्वासलाई यसले खण्डित गर्न हुँदैन ।
हिमाल, पहाड, तराई र पछिल्लो समयमा सङ्घीयता, संविधानका बारेमा राष्ट्रिय चासो र महìवका विषयमा गोरखापत्रमा विविध सामग्री प्रकाशित हुने गरेका छन् । तर यस्ता सामग्रीमा अझै गुणस्तरियता खोज्नुपर्ने देखिएको महसुस हुने गरेको छ । विभिन्न भाषा, धर्म, वर्ण, लिङ्गको भेदभाव नगरी उनीहरूको सम्मानार्थ गोरखापत्र दैनिकले २०५४ सालदेखि विभिन्न भाषाभाषी समेटेर आफूलाई समावेशिताको उदाहरण बनाएको छ । विभिन्न भाषाभाषीका सूचना, लेख सामग्रीले गर्दा मातृभाषाको संरक्षण र संवद्र्धन गर्ने राष्ट्रिय दायित्व यसले पूरा गरिरहेको छ ।
गोरखापत्र नेपाली पत्रकारिताको जिउँदो इतिहास हो, जसको लेखाजोखा अन्य पत्रिकासँग गर्नु आवश्यक नै छैन । यसकोे ऐतिहासिक सङ्ग्रह भावी पुस्तामा नेपाल र नेपाली समाजका साथै विश्व जगत्को परिवर्तन प्रक्रिया, चेतनास्तर सजिलै अध्ययन गर्नसक्ने पुस्तकालय हुनेछ । एउटै पत्रिकाबाट तिथिमिति, शिक्षा, स्वास्थ्य, मनोरञ्जनका साथै विविध ज्ञान दिने यो खासगरी नेपाली समाज विकासको ऐनासमेत बनेको छ ।
गोरखापत्र संस्थानले विविध चाहनाका पाठकको भावना कदर गर्दै अङ्ग्रेजी पत्रिका ‘दि राइजिङ नेपाल’, बालबालिकाको खुराकको रूपमा मुना, युवाको चाहना, क्षमता र दक्षतालाई समेट्दै युवामञ्च र साहित्य, कलाका अनुरागीका लागि मधुपर्क प्रकाशन गरिरहेको छ । विभिन्न समयमा पुराना श्रष्टा र कवि साहित्यकारको संस्मरण, नाटक, कविता, लोककथा, कथाको सङ्गालो प्रकाशित साहित्य सेवा गरिरहेको छ ।
गोरखापत्रका यस्तै आयामको महìव बुझेर दुई वर्ष अगाडि मन्त्रिपरिषद्को बैठकले गोरखापत्रको प्रकाशन आरम्भ भएको दिन वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने निर्णय ग¥यो । अनेक विषयका अन्तर्राष्ट्रिय दिवस मनाउने तर सवा शताब्दी पुरानो पत्रकारिता इतिहास रहेर पनि राष्ट्रिय पत्रकारिता दिवस मनाउनेतर्फ नसोचिएका बेला तत्कालीन सूचना तथा सञ्चारमन्त्री शेरधन राईको पहलमा यो दिवस मनाउने निर्णय हुनु स्वागतयोग्य र सकारात्मक मानिएको छ । यो गोरखापत्रको पनि सम्मान हो । आम नागरिकलाई सूसुचित गर्दै समाजमा रहेका विकृति, विसङ्गति विरुद्ध आवाज उठाउन प्रेरित गर्ने भनेकै पत्रकारिता क्षेत्र देखिएको छ । त्यसमध्ये पनि कुनै व्यवस्था, वर्ण, लिङ्ग र जातजातिको पक्ष वा विपक्षमा नलागी राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको वकालत गरिरहेको गोरखापत्रले सम्मान पाउनु गर्वकै कुरा हो । पत्रकारिता क्षेत्र र पत्रकार राष्ट्रकै सम्पत्ति हुन् यिनको सुरक्षा, संवद्र्धन र विकासमा राज्यले अझै ध्यान दिनु आवश्यक छ । सही समाचार सूसुचित गराउने दायित्वबाट गोरखापत्र र समग्र पत्रकारिता क्षेत्र पनि पन्छिन हुँदैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना