माक्र्सवाद आदर्शतम अमर विचार  

 sumant ghimireसुमन्त घिमिरे

‘संसारका दार्शनिकहरूले आजसम्म सांसारिक कुराको मात्र वर्णन गरे तर महŒवपूर्ण कुरा भनेको संसार बदल्नु हो । ’ यो उक्ति १९ औँ शताब्दीका महान् दार्शनिक कार्ल माक्र्सको हो ।
सन् १८१८ मे ५ मा जर्मनीको ट्रिएरमा मध्यम वर्गीय परिवारमा जन्मेका माक्र्स सन् १८४१ अर्थात् २३ वर्षको उमेरमै विद्यावारिधिले दिक्षित भइसकेका थिए । द जर्मन आइडोलोजी, द पुभर्टी अफ फिलोसफी, मेनिफेस्टो अफ द कम्युनिस्ट पार्टी, द क्लास स्ट्रगल इनफ्रान्स, दास क्यापिटल आदि लगायत अनगिन्ती गहकिला पुस्तक लेखे माक्र्सले । केही पुस्तकमा फ्रेडरिक एङ्गेल्सको सह–लेखन रहेको थियो । समर्पित अध्ययनकर्ता, पत्रकार, कर्मठ क्रान्तिकारी, कुशल सङ्गठक, समाजवादका मार्गदर्शक, वैज्ञानिक साम्यवादका प्रवर्तक, र प्रभावकारी महान् लेखक थिए– माक्र्स । मानव मुक्तिका पण्डित कार्ल माक्र्सको दर्शनको प्रभाव समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्रलगायत अनेकन सामाजिक विज्ञानमा देखिन्छन् । तथापि, सन् १९९० मा सोभियत रुस र पूर्वी युरोपका धेरै मुलुकमा साम्यवादी व्यवस्थाको अवसान भए पनि उनको मानवतावादी दर्शनले अझै ज्ञान उद्योग (नलेज इण्डष्ट्री) को क्षेत्र तथा संसारका करोडौँ व्यक्तिको मानसपटलमा राज गरेको अवस्था छ । कार्ल माक्र्सको भौतिक शरीरको अवसान भएको १३५ वर्ष गत मार्च १४ मा भएको छ, अपितु माक्र्सवाद जीवित छ ।
ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद
ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद माक्र्सवादको एक प्रमुख अङ्ग हो । यसको सम्बन्ध इतिहासको द्वन्द्ववादी तथा भौतिकवादी व्याख्यासँग छ । यो मान्यताले इतिहास मानव निर्मित हो, कुनै दैव वा प्रकृति निर्मित होइन भन्ने पृष्ठपोषण गर्छ । मानव जातिले आफ्नो अस्तित्व जोगाउनका निमित्त सर्वप्रथम खाने, पिउने, लगाउने र थातबासको प्रबन्ध ग¥यो, यो नै मानव जातिको प्रथम ऐतिहासिक घटना हो । तत्पश्चात् मात्र मानव समुदाय राजनीतिलगायत अन्य कर्ममा लाग्यो । इतिहासको निर्माण कुनै सरल, सहज हिसाब र आदर्शले भएको छैन । ठूला सङ्घर्ष, रक्तपातपूर्ण युद्ध, कलह, ठक्कर, बाधा, अवरोध झेल्दै भएको छ । इतिहास मानव निर्मित भए पनि मानव इच्छा, आदर्शबमोजिमको इतिहासको निर्माण भएको होइन ।
अनि भौतिकवाद यस अर्थमा कि समाजको आधार वा जग भनेको विचार, आदर्श, साहित्य, राजनीति कलामा नभई उत्पादन प्रणाली (मोप) अथवा अर्थतन्त्रमा अडिएको छ । अर्थतन्त्र भनेको समाजको आधार संरचना हो, जुन उत्पादन शक्ति र उत्पादन सम्बन्धबाट निर्मित हुन्छ, जसले सामाजिक जीवनलाई निर्धारण गर्छ । माक्र्सका अनुसार– जीवनलाई चेतनाले डोहो¥याउँदैन बरु भौतिक पदार्थले चेतना जन्माउँछ । पदार्थ मस्तिष्कको उपज होइन, बरु मस्तिष्क पदार्थको सर्वाेत्तम स्वरूप हो । यसैले उनी कट्टर भौतिकवादीको रूपमा प्रतीत हुन्छन् ।
वर्ग सङ्घर्ष
माक्र्सवादी सिद्धान्तको अर्को प्रमुख पाटो हो वर्ग सङ्घर्ष । आफ्नो पुस्तक ‘कम्युनिस्ट मेनिफेस्टो’ मा लेखे– संसारको आजसम्मको इतिहास भनेको वर्ग सङ्घर्षको इतिहास हो । मानव सभ्यताको उषाकाल जसलाई (शिकारी तथा कन्दमुल सङ्कलन समाज) ‘आदिम साम्यवाद’ भनी चित्रण गरिएको छ, त्यो कालखण्ड र पछि समाजवादी व्यवस्था कायम भएपछि निर्माण हुने वैज्ञानिक साम्यावादबाहेक अन्य सबै कालखण्ड (दास युग, सामन्तवादी युग, पँुजीवादी युग) मा क्रमशः अभिजात वर्ग र दास, भूमिपति र भूदास, पुँजीपति (बुर्जुवा) र कामदार वर्ग (प्रोल्याटिरिएट) बीच द्वन्द्व हुन्छ र यसले समाजमा आमूल परिवर्तन हुन्छ, भनौँ एउटा कालखण्डबाट अर्काे कालखण्डमा डोहो¥याउँछ ।
उत्पादनको स्वरूप वा ढाँचा
उत्पादन शक्ति र उत्पादन सम्बन्धको मिश्रण हो, उत्पादनको स्वरूप वा ढाँचा । यो समाजको आधार संरचना हो । जम्मा पाँच किसिमको उत्पादनको ढाँचाको व्याख्या माक्र्सवादी साहित्यमा भेटिन्छ ः
१. आदिम साम्यवाद वा एसियाटिक उत्पादन प्रणाली ः यो उत्पादन प्रणाली मानवजातिको उषाकालमा देखापरेको थियो । त्यो उत्पादन प्रणालीमा वर्ग विहिनता थियो । यो समाजमा शोषण थिएन । प्रकृति–प्रदत्त उपहारमा मात्र आश्रित मानव समुदाय निजी सम्पत्तिको अभावले सुखी र खुसी थिए । परिवार, विवाहजस्ता संस्था पनि थिएनन् । यौन–साम्यावादको अवस्था थियो ।
२. प्राचीन वा दास युगीन उत्पादन प्रणाली ः समाज गतिशील भएकोले आदिम साम्यवादबाट समाज प्राचीन वा दास युगमा पुग्यो । यो मानव सभ्यताको वर्गीय विभाजन भएको पहिलो युग हो । स्वतन्त्र व्यक्ति वा दास मालिक र दास मुख्य दुई वर्ग देखिएका थिए । प्रचुर मात्रमा प्रकृति प्रदत्त उपहार भएकाले तिनको दोहन गर्ने होड हुन्थ्यो । यो घुमन्ते समाजमा जो बलियाबाङ्गा थिए, तिनले कमजोरलाई दास बनाएर नियन्त्रण र प्रयोगमा ल्याए । यो उत्पादनको स्वरूप मुख्य दासहरूमा आधारित थियो, त्यसैले यो दास युग कहलियो । माक्र्सवादले के मान्यता राख्छ भने कुनै पनि व्यवस्था वा उत्पादन प्रणालीमा त्यसको विशिष्ट गुणले गर्दा अन्तरविरोध पनि हुन्छ तसर्थ, दासहरूले विद्रोहको नेतृत्व गर्छन् । विद्रोह क्रान्तिले त्यो युग वा उत्पादन स्वरूपको नै निषेध गर्छ । समाजमा नयाँ उत्पादन प्रणाली प्रवेश गर्छ, जसलाई सामन्तवादी उत्पादन प्रणाली नाम दिइयो ।
३ सामन्ती उत्पादन प्रणाली ः सामन्ती समाजको इतिहासमा ठूलो महŒव छ । यो उत्पादन प्रणालीले मानव बसोबासलाई स्थायित्व दियो । कृषि कर्मको थालनी पनि यो युगमा भएको हो । यो युगमा दुई वर्ग देखापरे– भूमिपति वा सामन्त र भूदास । केही सीमित व्यक्तिको हातमा ठूलो मात्रामा भूमि कब्जा थियो भने त्यो भूमिमा काम गर्ने भूदासहरू । उत्पादन स्वरूपमात्र फेरिएको थियो तर शोषणको अन्त्य भएको थिएन । यो युगमा मानव समुदायले कृषिका लागि गासबासको मात्र व्यवस्था गरेन सँगसँगै विवाह, परिवार, नातेदारीलगायतका सामाजिक संस्थाको पनि विकास गर्न थाल्यो । अतः यो एक महŒवपूर्ण ऐतिहासिक युग थियो । यो युगमा गण हुँदै मानव समुदाय राष्ट्रिय राज्यसम्म पुगेको अवस्था हो । अन्तरविरोधले गर्दा भूदासहरूको नेतृत्वमा विद्रोह हुन्छ । क्रान्ति रक्तपातपूर्ण हुन पनि सक्छ नहुन पनि सक्छ । जे होस् क्रान्तिले सामन्तवादी उत्पादन प्रणालीलाई निषेध गर्छ ।
४ पँुजीवादी उत्पादन प्रणाली ः पँुजीवादी युग तुलनात्मक रूपले प्रगतिशील मानिन्छ । मुख्य दुई वर्ग देखापर्छन्– पुँजीपति र सर्वहारा । पुँजीपति वर्गको हातमा स्रोत साधन र सर्वहारा वर्गसँग गर्नका निमित्त श्रम । यो उत्पादन प्रणालीको मुख्य उत्पादनको साधन उद्योग तथा कलकारखाना हो, जहाँ सर्वहारा वर्गले मुख्य उत्पादनको काम गर्छन् तर उद्योगपति वा पुँजीपति वर्गले सर्वहारा वर्ग वा मजदुर वर्गलाई श्रम गरे जतिको पारिश्रमिक दिँदैनन् र अन्तरविरोध त्यहीँबाट शुरु हुन्छ । शोषक र शोषित फेरिए तर शोषणको अन्त्य अझै भएन । श्रमिकहरूको साझा पीडा र भावना भएकोले सचेतना आउँछ र संसारका मजदुरहरू एक हुन्छन् वा हुनुपर्छ र पुँजीवाद र पुँजीपतिविरुद्ध जाइलाग्छन् । यो क्रान्तिले पँुजीवादी व्यवस्थाको समूल नष्ट गर्छ र समाजवादमा समाज प्रवेश गर्छ ।
५. समाजवादी उत्पादन प्रणाली ः सामूहिक स्वामित्वको शुरुवात र निजी सम्पत्तिको निषेधबाट यो समाज आफैँमा प्रगतिशील देखिन्छ । समानतातर्फ उन्मुख यस्तो समाज सन् १९१७ को बोल्सेभिक क्रान्तिपछि रुसमा अभ्यास गरिएको थियो । पछि चीनमा पनि माओले अभ्यासमा ल्याएका थिए । समाजवादी व्यवस्था जब चरमोत्कर्षमा पुग्छ, अनि वैज्ञानिक साम्यवादमा पुगिन्छ भन्ने ठहर माक्र्सको हो । राज्यको आवश्यकता नपर्ने भएकाले राज्य ओइलाउँछ अनि राज्यविहीन संसार र वर्गविहीन समाजको निर्माण हुन्छ । निजी सम्पत्तिको अभावमा कोही धनी र कोही गरिब भइरहनुपर्दैन । यो एक स्वार्णिम युगमा चित्रित गरिएको छ ।
माक्र्सले भोगेको, देखेको र बुझेको समकालीन जीवन संसारमा ठूलै परिवर्तन आएको छ । सधैँभरि प्रवासमा भौँतारिएका, पँुजीवादको चरम चपेटामा परेका माक्र्सलाई आर्थिक अभावले गाँजिरह्यो । औद्योगिक क्रान्तिले गरेको औद्योगिक विकासमा श्रमिकहरूको चरम शोषणलाई नजिकबाट नियालेका थिए, माक्र्सले । कसरी पुँजीपति वर्गले श्रमिकलाई अतिरिक्त मूल्य दिँदैनन् आफैँ कुम्ल्याउँछन् भन्ने कुरो पनि बुझेर ‘अतिरिक्त मूल्यको सिद्धान्त’ पनि प्रतिपादन गरेका थिए । तसर्थ, पुँजीवादप्रतिको माक्र्सको आक्रोश समकालीन विश्वमा स्वाभाविक थियो ।
हिंसाबाट जनआन्दोलन र तरबारबाट मतपत्रसम्मको सङ्क्रमणले धेरै पाठ सिकाएको छ । नेपालको संविधान २०७४ ले परिकल्पना गरेको समाजवाद कुनै जडतामा आधारित होइन, होला र हुनुहँुदैन बरु त्यो प्रजातान्त्रिक समाजवाद हुनुपर्छ । चीनमा कम्युनिस्ट पार्टीको माओकालीन सैद्धान्तिक जडतालाई त्याग्दै देङ्गस्यायो पिङ्गले चीनमा लिएको नीतिले ठूलो आर्थिक प्रगति गर्न सम्भव भएको हो । जुन पाठ नेपालका वामपन्थीका लागि अनुकरणाीय छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना