मिहिनेत किसानको फाइदा लिने बिचौलिया

मधुसुधन तिमल्सिना

काभ्रे, वैशाख २८ गते । पछिल्लो समय बजारमा मल,बीउलगायतका कृषि उत्पादनमा प्रयोग हुने सामानको मूल्य आकाशीय पनि किसानले भने मिहिनेतको मूल्य पाउन सकेका छैनन् । खेतबारीमा मिहिनेत किसानको भए पनि उत्पादनलाई बजारसम्म पु¥याउँदा बिचौलियाको हातमा मोटो रकम पुग्न थालेको छ । बजारमा खरिद गरिने सामग्रीको मूल्य बढ्दो क्रममा रहे पनि किसानले उत्पादन गरेको कृषि सामानको मूल्य भने निरन्तर घट्दो क्रममा छ ।
ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको गोलभेडा, आलु, तरकारी, अदुवा, प्याज, लसुनलगायत नगदेबालीको मूल्य अत्यन्तै न्यून पाउने गरेका छन् तर बजारमा आइसकेपछि भने चर्को मूल्य तिर्न उपभोतmा बाध्य छन् । पनौती नगरपालिका कुशादेवीको चाम्लेमा व्यावसायिक कृषि खेती गदै आउनुभएका राजकुमार हुमागाई ‘बिचौलिया’को मारमा परेको गुनासो गर्नुहुन्छ । दुःख गर्ने हामी हुन्छौँ तर कमाउने अरू नै हुन्छन ।
करिब तीन रोपनी खेतमा काउली, बन्दा, सिमी, बोडी, गोलभेडा, आलुलगायतको खेती गर्दै आएको बताउनुहुने उहाँ आफूले उत्पादन गरेको वस्तुको न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको गुनासो गर्नुहुन्छ । राज्यबाट हामीलाई कुनै मूल्यबारेमा जानकारी हुँदैन, तरकारी किन्न खेतबारीमै व्यापारी (बिचौलिया)हरू आउँछन, उनीहरूको भाउमा नै हामीले पठाउन विवश छाँै । अधिकांश किसानले तरकारी कुहिने डरले भाउ नै नगरी पठाउने गरेका छन । नदिउ खेतमै कुहिन्छ, दिउ सावा उठ्दैन । हुमागाईले दुखेसो पोख्नुभयो । tarkari_3
तरकारी भनेको कच्चा वस्तु हो, दुई चारदिन राखेर बेचौँला नि भन्ने अवस्था रहँदैन । आफूले भनेको समयमा बिक्री गर्न तरकारी सङ्कलन केन्द्र नहुँदा कृषकहरू बढी मारमा परेको अर्का कृषक शर्मिला तामाङको गुनासो छ । गुनासो कति गर्नु कतैबाट सुनुवाइ हुने होइन, तरकारी किन्न आउनेलाई यति भाउ नपाए दिन्न भन्नाँै भने भोलिबाट लिनै आउँदैन बरु उसले जति दिन्छ, त्यति लियो बस्यो । तामाङका अनुसार अहिले आलु खन्न सुरु भएको छ । कृषकले मुस्किलले धार्नीको रु. ५०÷६० सम्म लिएका छन् तर बजारमा त्यही आलुको मूल्य केजीको रु ७० देखि ९० सम्ममा उपभोक्ता किन्न बाध्य छन् । त्यस्तै गोलभेडाको मूल्य कृषकले गोलभेडा रु. २० देखि २५ रुपियाँ किलोमा बिक्री गर्दै आएको भए पनि बजारमा उपभोक्ताले भने केजीको रु. ४० देखि ५० सम्म तिर्नुपरेको दुखेसो पोख्छन् ।
सरकारले यातायातको क्षेत्रको ‘सिन्डिकेट‘ तोडेपछि हौसिएका काभे्रका जनता तरकारीमा पनि ‘बिचौलिया’को अन्त्य चाहेको बताउँछन् । किसान प्रकाश हुमागाईले भन्नुभयो, वर्षभरि खेतबारीमा दस नङ्ग्रा खियाउने किसानभन्दा एक दिन ओसारपसार गर्ने ‘विचौलिया’ले दुई गुणा बढी आम्दानी गर्छन । सरकारले यसको अन्त्य गरे किसानका लागि समृद्ध नेपाल यही हुन्थ्यो ।
कृषिका लागि उब्जनीयोग्य भूमिका रूपमा रहेको काभे्रको पाँचखाल, नाला, कुशादेवी, ढुंर्खक, बनेपा, पनौती, खोपासीलगायतका क्षेत्रका कृषकहरूले वर्षमा दुई बाली आलु उत्पादन गर्ने गरेका छन् । आलुको बीउ, मल, व्यवस्थापनमै झन्झट व्यहोर्नु पर्ने र मूल्य कम पाएसँगै सावा उठाउनै हम्मेहम्मे पर्ने गरेको किसानहरूको गुनासो छ । ग्रामीण क्षेत्रका कृषकहरूले बजार मूल्य कमजोर रहेकै कारण आफूहरूले बालीको परिर्वतन गर्न थालेको गुनासो गरेका छन् ।
कृषकले खरिद गर्ने सामग्रीको मूल्य दैनिक वृद्धि भए पनि कृषकका उत्पादन गरेको वस्तुमा भने मूल्य घट्दै गएको जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष दीपक जङ्गमले बताउनुभयो । बजारमा मूल्य उस्तै छ, कृषकले दिनैपिच्छे घटाएर बेच्नुपर्छ, बिचौलियको कारण किसान मर्कामा परेका छन् । उहाँले थप्नुभयो, सम्बन्धित निकायले मूल्य निर्धारण र यसबारे चासो नदिँदा किसान दैनिक मारमा पर्दै आएका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना