एसिडिटी ग्याष्ट्रिकको उपचार कसरी गर्ने ?

डा. प्रदीपकुमार यादव (पिके)

वरिष्ठ पेटरोग विशेषज्ञ
मेडिकेअर अस्पताल, चावहिल


नेपालीलाई एसिडिटी (ग्याष्ट्रिक)को समस्या नयाँ होइन । एसिडिटी (ग्याष्ट्रिक) नभएको मानिस भेट्नै मुस्किल छ । साना बालबालिकादेखि वयस्क र वृद्धसम्म ग्याष्ट्रिकको समस्या झेलिरहेका छन् । पेटमा जस्तोसुकै समस्या आए पनि मलाई एसिडिटी (ग्याष्ट्रिक) भयो भन्दै बिरामी अस्पतालसम्म आइपुग्ने गरेका छन् । त्यो भन्दा पनि डरलाग्दो पाटो भनेको पेट पोल्ने वा दुख्ने बित्तिकै आफैँ उपचार गर्ने विधि सबैभन्दा घातक पक्ष हो । आफैँ ग्याष्ट्रिक हो भनेर रोगको पहिचान गर्ने र औषधि पसलमा गएर औषधि सेवन गर्ने चलन राम्रो होइन । हाम्रो समाजमा अहिलेसम्म पनि ग्याष्ट्रिकको उपचार आफैँ गर्ने चलन चलिरहेकै छ । gastic
निरन्तर त्यसरी औषधिको सेवन गरेको खण्डमा शरीरलाई असर गर्छ । अन्तमा चिकित्सककहाँ पुग्छन्, जतिबेला ढिलो भइसकेको हुन्छ । ग्याष्ट्रिकलाई ग्याष्ट्रिक एसिडिटी भनिन्छ । पेटमा एसिड सधैँ बनिरहन्छ । एसिडले खाना पचाउन मद्यत गर्छ । त्यसैले हामो शरीरका लागि एसिड आवश्यक हुन्छ । एसिडको मात्रा चाहिनेभन्दा बढी भयो भने त्यसले विभिन्न किसिमको परिवर्तन ल्याउँछ । आमाशय सुन्निने, जहाँ जहाँ एसिड पुग्छ, त्यो ठाँउलाई असर गर्ने हुन्छ । त्यो ठाउँमा सुन्निने, अल्सर हुने, अल्सर बढ्दै जाँदा आन्द्रा साँघुरिन्छ । त्यतिमात्र नभई आन्द्रा बन्द हुने वा रगत बग्ने समस्या पनि हुनसक्छ । यसलाई एसिडिटी (ग्याष्ट्रिक)को जटिलताको रूपमा बुझ्नुपर्छ । अहिलेको आधुनिक चिकित्सा पद्धतिमा इन्डोस्कोपीको मद्यतले ग्याष्ट्रिक रोग समयमै पहिचान गर्न सकिन्छ । ग्याष्ट्रिकसम्बन्धी औषधि पनि गुणस्तरीय भएको कारणले ग्याष्ट्रिकको उपचार सहज हुँदै आएको छ ।
अल्सर
पहिले–पहिले अल्सर भन्ने बित्तिकै सर्जरी गर्नुपर्ने भन्ने बुझिन्थ्यो । अब अल्सर हुने बित्तिकै सर्जरी गर्नुपर्छ भन्ने छैन । बिरामीमा रोगसम्बन्धी जनचेतना भइदियो भने अल्सरबाट बँच्न सकिन्छ । सचेतनाले सर्जरी गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुन्छ । कुनै बिरामीले धेरै लापरबाही गरेको छ भने सर्जरीसम्म गर्नुपर्ने हुन्छ तर समग्रमा भन्दा अल्सरलाई सर्जरी गरिरहनु पर्दैन । ग्याष्ट्रिकको औषधि पनि गुणस्तरीय हुने हुनाले साथै मानिसमा रोगप्रतिको जागरुकताले गर्दा राम्रो हँुदै गएको छ । इन्डोस्कोपीको पहँुच सीमित भएको अवस्थामा डाइग्नोष्ट्रिक गर्न कठिन थियो । पहिले इन्डोस्कोपी गराउन नेपालबाट इन्डिया जानुपर्ने बाध्यता थियो भने अहिले नेपालका अधिकांश ठाउँमा इन्डोस्कोपीको सेवाहरू पुगेको छ । पछिल्लो समय ग्याष्ट्रिक रोगको पहिचान पनि सहज बन्दै गएको छ । त्यसैले एसिडिटीबाट हुने समस्याको सहज उपचार सम्भव भएको छ । ग्याष्ट्रिकमा मुख्य समस्या भनेको आफँै उपचार गर्नु ठूलो समस्याको रूपमा देखा परेको छ ।
हामीहरू कहिलेकाहीँ पेट दुख्यो वा पोल्यो भने औषधी पसलमा जान्छाँै र औषधि मागेर खान्छौँ । पेट पोल्यो वा दुख्यो भने सधैँ ग्याष्ट्रिक हो भनेर औषधि सेवन गरेमा त्यसको पछाडि ग्याष्ट्रिक नभएर अन्य धेरै रोगहरूले समातिरहेको पनि हुन्छ । त्यसैले पेट दुखाइ तथा पोलाइको समयमै पहिचान गरिएन भने त्यसको परिणाम धेरै घातक पनि हुनसक्छ ।
संसारका हरेक मानिसले आफ्नो जीवनकालमा एक दुईपटक ग्याष्ट्रिक
(एसिडिटी) को समस्या भोगेकै हुन्छ । ग्याष्ट्रिक खानपिनले मात्र हुने होइन । वंशाणुगतबाट पनि ग्याष्ट्रिक हुन्छ । अर्को ग्याष्ट्रिक हुने मुख्य कारण भनेको मानसिक तनाव हो । जति विकसित देश छ त्यहाँ बढी तनाव छ र ग्याष्ट्रिकको समस्या पनि त्यत्तिकै बढिरहेको छ । विकसित देशमा हाम्रो देशमा भन्दा बढी ग्याष्ट्रिकको समस्या रहेको हुन्छ । एच.पाइलोरी भन्ने किटाणुले पनि ग्याष्ट्रिकको समस्या बढाउँछ । धूमपान र मद्यपान पनि ग्याष्ट्रिकको कारक तìवको रूपमा देखा पर्छ । अर्को मुख्य कारण भनेको खानपिनमा अनियमितता भयो भने पनि ग्याष्ट्रिक हुन्छ । पेनकिलर (दुखाइ कम गर्ने औषधिहरू) ले पनि ग्याष्ट्रिकको समस्या निम्त्याउँछ । उदाहरणको रूपमा टाउको दुखिरहेको छ भने पेन किलर खाइदिँदा त्यसले एकछिनलाई टाउको दुख्न त कम गर्छ तर त्यसले ग्याष्ट्रिकको समस्या ल्याउँछ । ग्याष्ट्रिकको समस्या छ भने मानिसको आहार व्यहारमा परिवर्तन गर्नु जरुरी पर्छ । अनियमित किसिमको खानपिन छ भने त्यसलाई व्यवस्थित गर्नुपर्छ । पेनकिलर औषधि खाइरहने बानी छ भने चिकित्सकसँग सल्लाह लिनुपर्छ । मध्यपान तथा धूमपानबाट पनि टाढै रहनुपर्छ ।
बालबालिकालाई पनि ग्याष्ट्रिक
ग्याष्ट्रिक बच्चादेखि लिएर हरेक उमेरको मानिसलाई हुने समस्या हो । बच्चालाई देखिने ग्याष्ट्रिक पनि वंशाणुगत र खानपिनको कारणले हुने हो । पछिल्लो समय साना–साना बच्चालाई पनि ग्याष्ट्रिक तथा अल्सरको समस्या हुन्छ । ग्याष्ट्रिक हरेक उमेर समूहमा महिला तथा पुरुषलाई देखिने साझा समस्या हो । महिलामा भन्दा केही बढी पुरुषहरुमा देखिन्छ । यसको मुख्य कारण भनेको धूमपान र मध्यपान नै हो । कम उमेरदेखि नै जङफुड खाने बालबालिकालाई ग्याष्ट्रिकले सताएको पाइन्छ । ग्याष्ट्रिकबाट बच्न सबैभन्दा पहिले खानपिनमै ध्यान दिनु जरुरी छ । बच्चामा जङफुड खाने प्रचलन छ, यसलाई तत्काल रोक्नुपर्छ । जङफुड मात्र होइन, ग्यास भएको कोल्ड ड्रिङ्सले पनि एसिडिटी बढाउने भएकोले कोल्ड ड्रिङ्सलाई खानलाई पूरै बन्द गर्नुपर्छ । एसिडिटी (ग्याष्ट्रिक)को प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो ।
एसिडिटी (ग्याष्ट्रिक) विश्वभरको साझा समस्या हो । कसैलाई सामान्य एसिडिटी (ग्याष्ट्रिक) हुन्छ भने कुनै व्यक्तिलाई ग्याष्ट्रिकले जटिल अवस्थासम्म पु¥याउँछ । यसले दैनिक कार्यमा बाधा गर्नुका साथै आर्थिक नोक्सानीसमेत बेहोर्नुपर्छ । त्यसैले ग्याष्ट्रिकबाट बँच्न स्वच्छ जीवनशैली अपनाउनुपर्छ । जटिल हुँदै गएको छ भने तत्काल चिकित्सकहाँ जानुपर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना