अर्गानिक तरकारी उत्पादन गर्दै रिसोर्ट

tarkari khetiनवलपरासी, वैशाख २९ गते । पूर्वी नवलपरासीको नारायणी किनारामा रहेका होटल रिसोर्टले विदेशी पाहुनाको माग अनुसार रिसोर्टका लागि अर्गानिक तरकारी उत्पादन गर्न सुरु गरेका छन् । 

कावासोती नगरपालिका– १५ अमलटारीमा रहेको टाइगर टप्स थारू भिलेज रिसोर्टले विदेशी पाहुनाको मागलाई पूरा गर्नका लागि आफ्नो रिसोर्टको व्यवस्थापनमा अर्गानिक तरकारी उत्पादन सुरु गरेको छ । रिसोर्टका व्यवस्थापक डिवी चौधरीले भन्नुभयो, अब हामी पाहुनालाई अर्गानिक तरकारी खुवाउन सक्ने भएका छौँ ।
पर्यटकले सकेसम्म जैविक तरकारी एवं फलपूmलको माग गर्ने गरेपछि यस क्षेत्रका रिसोर्टहरूले आफ्नै व्यवस्थापनमा जैविक तरकारी एवं फलफूल उत्पादन गर्न थालेका हुन् । यसै क्षेत्रमा रहेको टेम्पल टाइगर ग्रिन जङ्गल रिसोर्टले पनि आफैँले अर्गानिक तरकारी खेती गरेर व्यवसाय सञ्चालन सुरु गरेको छ । रिसोर्टका व्यवस्थापक अम्बिकाप्रसाद पराजुलीका अनुसार होटललाई चाहिने धेरैजसो तरकारी अर्गानिक नै हुने गरेको छ ।
पूर्वी नवलपरासीको अमलटारीमा थारू एवं बोटे समुदायमा सञ्चालित सामूहिक होमस्टेले पनि पछिल्ला केही वर्षयता अर्गानिक तरकारी खेतीको व्यवस्थापन गर्दै आएका छन् । यसरी जैविक तरकारीको उत्पादनले पहिलो वर्ष केही कम भए पनि पछिल्ला वर्षमा तरकारीको उत्पादन बढ्दै गएको अमलटारी होमस्टेका व्यवस्थापक धनीराम चौधरीले बताउनुभयो ।
जसले गर्दा स्थानीय युवालाई समेत आंशिक रोजगारीको सिर्जना भएको छ । यहाँ आउने पर्यटक मात्र होइन, स्थानीय होटल तथा रेस्टुरेन्टमा समेत अर्गानिक तरकारी पाक्न थालेको छ । अर्गानिक तरकारीको माग बढेसँगै व्यावसायिक तरकारी उत्पादन गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना