आज रातो मच्छिन्द्रनाथको भोटो देखाइने

bhotoललितपुर, वैशाख ३० गते । रातो मच्छिन्द्रनाथको साथमा रहेको भोटो आइतबार साँझ जावलाखेलमा प्रदर्शन गरिँदैछ । ज्यापू समाज जावलाखेल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण महर्जन (पुल्चोक)का अनुसार ललितपुर महानगरपालिकाले यसको व्यवस्थापन गरेको छ, ज्यापू समाज पनि यसमा सहभागी छ । जात्रामा भोटो प्रदर्शन हुने भए पनि यो भोटोको राणाकालदेखि मर्मत हुन सकेको छैन । 

भोटोमा जडित सातवटा पत्थर नभएको भन्ने अभिलेख भद्रकालीस्थित गुठी लगतमा उल्लेख छ । भोटोमा जडित पत्थरको अवस्थाबारे संस्थान स्वयं अनभिज्ञ छ । संस्थानका प्रवक्ता सरोज थपलिया भन्नुहुन्छ, “वास्तवमै भोटोको जाँच गहना जाँचकीबाट हुनुपर्ने हो । भोटो के हो, यसमा जडित गहना पत्थर के हुन्, यो अहिलेसम्म खुलेकै छैन । भोटो देखायो, सिलबन्दी ग¥यो, फेरि खोल्यो, देखायो अनि थन्क्यायो । यस्तै भइरहेको छ । ”
प्रवक्ता थपलियाका अनुसार भोटोको मर्मत गर्न संस्थान इच्छुक छ तर सिलबन्दी भोटो अरू बेला खोल्दाको प्रक्रिया के हुन्छ, यो विचारणीय छ । “अरू बेला भोटो थैलीबाट झिक्नै हुन्न भन्ने पनि कतै उल्लेख छैन”, थपलियाले संस्थानले भोटोको वास्तविक अवस्था जान्न चाहेको बताउनुभएको छ ।
संवत् १४०० वर्षअघि राजा नरेन्द्रदेवका पालादेखि चलिआएको यो भोटो प्रदर्शनमा राणाकालमा भने पत्थर झरेको भोटोबाट केही धातु हराएको भन्ने अभिलेख छ । गुठी संस्थानका लगत प्रमुख राजेन्द्र दाहालका अनुसार अभिलेख यसो भए पनि पछि मर्मत भएको पाइएको अभिलेख छैन । भोटो प्रदर्शन गर्नुहुने एक समयका सहभागी गुठी संस्थानका अधिकृत रुद्रनाथ अधिकारीका अनुसार भोटो थैलीबाट झिक्दा खुम्चेको हुँदैन, कीराले खाएको पनि पाइन्न । वजनदार यो भोटो ¥यालेजस्तो छ, आङ् घुसाउन मिल्ने दुई पाटोको छैन । भोटो देखाउँदा पानी परेको बेला भिजेको पनि हुन्छ तर वर्ष दिनपछि थैली खोल्दा भोटोमा पानीको असर भेटिन्न ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना