मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा  

 

biswanath kharelविश्वनाथ खरेल

 

काठमाडौँ उपत्यकामा वर्षभरिमा मनाइने चाडहरू मध्ये रातो मच्छिन्द्रनाथको रथ तान्ने र भोटो देखाउने जात्रा पनि एक प्रमुख हो । यस प्रकारले मनाउने मत्स्येन्द्रनाथको जात्राको सुरुआत र नेपाल मण्डलमा पदार्पण कुन रूपमा भएको थियो भत्रे कथन अनुसार मुलुकमा १२ वर्षसम्म पानी नपरी सुख्खा भई दुर्भिक्ष वा अनिकाल भएका कारण लिच्छवीकालका भक्तपुरका राजा नरेन्द्रदेव काठमाडौँका तान्त्रिक बज्राचार्य गुरु बन्धुदत्त र पाटनका किसान रथचक्रले करुणामयलाई आसामको कामरूपा कामख्याबाट ल्याएका हुन् भत्रे भनाइ छ । यिनीहरूले आपसमा सरसल्लाह गरी श्री सूर्य दक्षिणायण गरी १२ पक्ष अर्थात् छ महिना बुङ्मतीमा राखेर श्री सूर्य उत्तरायण भरी १२ पक्ष अर्थात् पछिको छ महिना मात्र पाटनमा राख्ने निधो गरे । पाटनबाट दक्षिणायण उक्त ठाउँ बुङ्मती रहेको र सो ठाउँबाट उत्तरायण पाटन क्षेत्र रहेका कारण छ महिना पाटनमा र छ महिना बुङ्मतीमा श्री करुणामय रातो मत्स्येन्द्रनाथको बासस्थान रहने प्रचलन अहिलेसम्म चली नै रहेको छ ।
हाम्रो देशको संस्कृतिको एक प्रमुख अंगको रूपमा नेपालका विभिन्न चाडपर्व हुन् । ती चाडपर्वहरूलाई सम्पूर्ण नेपालीले खुला हृदयले सहभागी हुन्छन् । यसै सन्दर्भमा यो लगभग १६ सय वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर आषाढ शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महìव रहिआएको संस्कृतिविद्हरूको भनाइ रहेको पाइन्छ । पाटनको सबैभन्दा महìवपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको छ्र । एक किम्वदन्ती कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मच्छिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी ग¥यो । यसरी दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद प¥यो । सो विवाद राजासमक्ष पु¥याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मच्छिन्द्रनाथको जिम्मा लगाएर रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए । सोही परम्पराअनुसार आजसम्म पनि प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानबाट आउने अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ ।
धार्मिक लोकोकृतनुसार रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा मानिएको छ । मच्छिन्द्रनाथको रथ त्रयोदशी भुवनको प्रतीकका रूपमा तेह्र तला र बत्तीस लक्षणका रूपमा ३२ हात अग्लो बनाइनुका साथै रथमा हयग्रव, लुप्तसहार, हरिसिद्धि र चन्द्रभैरवको प्रतिकका रूपमा ठूल्ठूला चार पाङ्ग्रा जडान गरिएको हुन्छ । रथको मुनिपट्टि बीचमा कर्कोटक नागको रूपमा लामो काठको ‘ध माः’ राखिएको छ । रथ तान्दा केही बाधा अवरोध नहोस् भनेर रथको अग्र भाग कर्कोटक नाग राजाको शिखामा हयग्रव भैरव राखिएको हुन्छ । रथको माथिल्लो भागमा बायमो मा स्वयम्भूबाट ल्याइएको अमिताभ राखिएको छ । गजुरमा सबै प्राणीको रक्षाका लागि श्री लोकेश्वरको षड्क्षरी मन्त्र ‘ऊँ मणि पद्मे हुँ’ लेखिएको झन्डा फरफराइएको छ । आउँदो २ जेठदेखि जेठ ३० गतेसम्म पुरुषोत्तम महिना परेको कारणले गर्दा सो रथ तात्र नहुने हुँदा धार्मिक शास्त्र अनुसार कि पुरुषोत्तम महिना प्रारम्भ अघि वैशाखमै वा पुरुषोत्तम महिना समाप्त भएपछि असारमा गर्नुपर्ने थियो । पछि वैशाखमै साइत हेरेर सहमति भएपछि पुरुषोत्तम महिनाअघि नै यो जात्रा सम्पत्र हुने भएको हो । यस जात्राको साइत हेर्ने जिम्मा परापूर्वकालदेखि नै पाटनका ज्योतिषी जोशी परिवारहरूलाई जिम्मा दिइएको थियो । यसरी साइत हेर्दा यही वैशाख ३० गते आइतबार साइत जुरेको छ । मत्स्येन्द्रनाथ जात्रा क्रममा विभित्र स्थानमा परिक्रमा गरिरहँदा जुन स्थानमा रथ पुग्छ, त्यहाँका बासिन्दाले आफन्त, नातागोता र साथीभाइलाई बोलाएर मीठो मसिनो खुवाएर जात्रा मनाउने परम्परा छ । यसरी जावलाखेलमा रथ आएको चौथो दिनमा हिरामोती जडित बहुमूल्य प्रसिद्ध भोटो देखाउने प्रचलन रहँदै आएको छ । भोटो देखाउने जात्रा गर्नुपर्ने परम्परा अनुसार यो पल्ट वैशाख ३० गते भोटो देखाइने भएको छ । भोटो सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मन्दिरमा छ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ । सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध धर्मावलम्बी माझ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ । राजा नरेन्द्रदेव मल्लको पालादेखि प्रारम्भ भएको रथजात्रा उपत्यकामै लामो जात्राका रूपमा मनाइँदै आएको छ । मच्छिन्द्रनाथको रथयात्रा पुल्चोकबाट सुरु भएर गाःवाहाल, मङ्गलबजार, पाटन सुन्धारा, मिखावहाल, लगनखेल, थटिटोल, कुमारीपाटी हुँदै जावलाखेल पु¥याएर भोटो देखाउने जात्रा सम्पत्र गरिने चलन रहेको छ ।
समग्रमा भन्नुपर्दा हाम्रो समाजमा विभिन्न जात्रा, चाड पर्वहरूको आ–आफ्नै किसिमको महìव बोकेर आएका छन् । आफ्नै ऐतिहासिक मूल्य मान्यता र महìव पनि रहेको छ । लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा वा राष्ट्र अध्यक्षलाई भोटोजात्राको प्रमुख अतिथि बत्रे परम्परा छ । यो जात्रा खास गरी काठमाडौँ उपत्यकाको तीन शहरमा भव्य रूपमा मनाइन्छ । उपत्यकामा जमल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातोसहित चारवटा मच्छिन्द्रनाथ छन् । यसको धार्मिक तथा सामाजिक महìव बढी भएको पाइन्छ । त्यसैले हिन्दू संस्कृतिमा आफ्ना जात्राप्रति कृतज्ञताको प्रदर्शन गर्ने सांस्कृतिक धरोहरको रूपमा यस जात्रालाई लिन सकिन्छ । तोकिएको दिन कुलदेवता पूर्ण मन्दिरमा मत्स्येन्द्रनाथसहित बाराहीको देवाली पूजा गरिन्छ । त्यसै दिन मंगलबजारको मणिमण्डपमा चार दिशाको चार थाममा चार जोशी बसेर रथलाई जावलाखेलतर्फ रथ तात्रे साइत हेरिन्छ र साइत नजुरेसम्म रथलाई त्यसै ठाउँमा विश्राम गराइन्छ । साइत जुरेको दिन रथलाई तानेर जावलाखेल पुयाइन्छ र त्यसको चार दिनपछि भोटोजात्रा हुन्छ । भोटोजात्रा सकिएपछि मत्स्येन्द्रनाथलाई खटमा राखी बाजागाजासाथ बुङमतीस्थित उनकै मन्दिरमा पु¥याइनेछ । यस पटकको रथ जात्राको साइत गत वैशाख ६ गते बेलुकी ५ बजे पुल्चोकबाट रथयात्रा आरम्भ भएको थियो । यसरी भोटो देखाउने दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने चलन छ । भोटोको स्वामित्वलाई लिएर विवाद भएपछि प्रमाण लिएर आउनेलाई दिइनेछ भनी भोटो देखाउने चलन परम्परादेखि चल्दै आएको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना