नेपाल–भारत सम्बन्धका पछिल्ला आयाम


Hari prashad bhattraiहरिप्रसाद भट्टराई

नेपाल सरकारको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्खरैमात्र अर्थात् यही वैशाख २८ र २९ गते नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी नेपालीजनको माया–ममता, विश्वास र केही आशाका पुञ्ज बटुल्न सफल हुनुभएको छ । ठीक यसैगरी नेपालले पनि त्यस किसिमको सद्भावसँगै छिमेकी मुलुक भारत नेपालको समग्र विकास, निर्माणमा असल साझेदार सहयोगी मित्रका रूपमा नवीकरण गर्न सफल भएको मान्न सकिन्छ । अहिलेको यस सन्दर्भमा पछिल्लोपटक भएका दुवै मुलुकका कार्यकारी राष्ट्रप्रमुखहरूबाट भएका यी सद्भावपूर्ण भ्रमणहरूले त्यही कुराको पुष्टि गर्दछ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीबाट भारतीय प्रधानमन्त्रीको राजकीय आमन्त्रणक्रममा भएको भ्रमणले पनि त्यो दिशाबोध गरेको थियो, जुन अहिले आएर त्यो कुराको पुष्टि गरेको छ । साँच्चिकै सद्भावपूर्ण भ्रमण हुनका लागि दुवै मुलुकबीच आत्मीयता र समानताका आधारमा भ्रमणका उपलब्धिहरू खरो रूपमा उत्रिन सकेका छन् कि छैनन् भन्ने कुरा हेर्नुपर्ने हुन्छ । जुन यी दुवै भ्रमणहरूबाट त्यो सद्भाव कायम नै छ भन्ने आँकलन गर्न सकिन्छ ।
हाम्रा प्रधानमन्त्रीको भ्रमणबाट मात्र नभएर छिमेकी मुलुकको प्रतिउत्तर राजकीय भ्रमणले के सद्भाव छोड्छन् भन्ने कुराले धेरै अर्थ राख्छ । यसैका आधारमा दुई मुलुकको आपसी सम्बन्ध, समझदारी र सहयोगको मापन हुन्छ । यस्ता विषयहरूमा स्थापित गर्न पुगेका सन्दर्भ र सद्भावपूर्ण आतिथ्यतासँगै आपसी सहयोगका विविध पक्ष तथा तत्सम्बन्धी हुन्, गर्ने सन्धि–सम्झौताबाट हेर्ने कुरा हो, जो यीबीचमा सकारात्मक रूपले अनुभव गर्न सकिन्छ । यस अर्थमा हाम्रा प्रधानमन्त्रीको भारत भ्रमणसँगै भारतीय प्रधानमन्त्रीको अहिलेको यस भ्रमणले दुवै मुलुकलाई फाइदा हुनेगरी आपसी सद्भाव बटुलेको छ भन्ने ठाउँ छ । किनकि सबैभन्दा महŒवपूर्ण र मुख्य कुरा के हो भने यही सद्भाव तथा आत्मविश्वासका सहयोगी मनहरूले नै तत्कालका साथसाथै आगामी दिनहरूमा सहयोगका ढोका खोल्नसमेत मद्दत पु¥याउँछ । त्यो काम भने यतिखेर पूरा भएको छ ।
यतिबेलाको सबैभन्दा महŒवपूर्ण र सद्भावपूर्ण भ्रमण भनेकै विगतका सहयोगसम्बन्धी सम्झौताको द्रुत र पूर्ण कार्यान्वयनसँगै जलस्रोत एवम् ऊर्जाको क्षेत्रमा भएको महŒवपूर्ण कदम हुन् । सद्भाव यसकारण पनि मान्न सकिन्छ कि भारतीय प्रधानमन्त्रीले यसअघि नै चाहना राखेको जनकपुरलाई अयोध्यासँग जोड्ने धार्मिक तथा सांस्कृतिक रूपले समेत सम्पर्क जोड्ने काम पूरा गरेको छ । भ्रमणको पहिलो दिनमै जनकपुर र भारतको अयोध्या जोड्नेगरी सिधा बसयात्राको दुवै मुलुकका प्रधानमन्त्रीद्वयले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको छ । जनकपुरको विकासका लागि भनी भारतीय प्रम मोदीले एक अर्बको अनुदान सहयोगको घोषणासमेत गर्नुभएको छ । यस सम्बन्ध र धार्मिक रूपले मुक्तिनाथको सहज दर्शनसँगै भविष्यमा रेल वा कुनै रूपले त्यसलाई जोड्दै बुद्धको जन्मस्थल लुम्बिनी हुँदै भारत पुग्ने ट्रान्जिट लिङ्करोड निर्माणसँगैको सम्बन्धको आधारशिलाले पनि त्यो सद्भाव पूरा गरेको छ ।
जलस्रोत एवम् विद्युतीय ऊर्जाको स्थायी रूपले विकास गर्ने भारत तथा नेपालको चाहनाअनुरूप यतिबेला त्यसले गति लिन पुगेको छ । वैशाख २८ गते साँझ सम्पन्न एक कार्यक्रममा नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणहेतु संयुक्त रूपमा स्वीच दबाएर आयोजनाको शिलान्यास गर्ने कार्यसमेत सम्पन्न गरिएको छ । यस समझदारी एवम् सहयोगबाट विद्युत् ऊर्जाको संकट निवारण गर्न दुवै मुलुकलाई नै महŒवपूर्ण सघाउ पुग्ने विश्वास गर्न सकिन्छ । यस कार्यले भविष्यमा समेत यस्ता अन्य महŒवपूर्ण जलविद्युत् ठूला आयोजना निर्माण गर्न र यसबाट दुवै मुलुकका लागि विद्युत अभाव टार्नेसँगै व्यापारिक दृष्टिले पनि आर्थिक लाभ लिन सघाउ पुग्ने निश्चित छ । किनकि भारतमा विद्युत् उत्पादन हुने पर्याप्त र उपयुक्त नदीनाला नभएका कारण र समथर भू–भागका कारणसमेत नेपालबाट बग्ने नदीनालाबाट सिञ्चाइसँगै विद्युत्को विकास गर्ने उसको सदीयौँदेखिको चाहनासँगै उसको बाध्यतासमेत थियो, छ । नेपालको विद्युत् उत्पादन गर्ने किचलोले उसलाई प्रायः सताइरहेको र हामी जलस्रोतको क्षेत्रमा धनी भएकै कारणले यसमा घमण्डमात्रै गर्ने अनि पुम्जीको अभाव र राजनीतिक छिनाझम्टी तथा विद्युत् उत्पादनमा एउटै आवाज नबनाउने किचलो बानीले दुवै मुलुकलाई नोक्सानी पु¥याइरहेको घामझैँ छर्लङ्ग छ ।
यसमा विगतका पाठहरूले सिकाएकै कारण ढिलै भए पनि जलस्रोतको उपयोग एवम् विद्युत् ऊर्जा विकासमा छिमेकी मुलुकहरूसँग हातेमालो गर्न थालिएकोमा अब भने सन्तोष गर्ने ठाउँ छ । यसैको उपजस्वरूप यसअघिका विद्युत् सम्झौतासँगै ठूला विद्युत् आयोजना निर्माण गर्ने निरन्तरतामा यो विद्युत् शिलान्यासले पनि गति लिन पुगेको छ । यतिमात्र होइन, अब नौमुरे, पश्चिम सेती, बूढीगण्डकी र अन्य यीभन्दा ठूला विद्युत् आयोजनामा पनि हात हाल्नु आवश्यक छ । किनकि अबको समय पर्याप्त पानी छ भन्दैमा हात बाँधेर बस्ने एवम् घमण्ड गरेर बस्ने बखत होइन । आफूसँग पुँजी छ भने आफैँले र नभए छिमेकीको सहयोग एवम् पँुजी भिœयाएर भए पनि यस्ता थप ठूला आयोजनाहरूमा सरिक हुनु बुद्धिमत्ता हुन्छ । हुन सक्छ भने आधुनिक प्रविधिको उच्चतम् उपयोग गरेर ठूलो आयोजनाका रूपमा लिन सकिने कोसी नदीको पानीसमेत उपयोग गर्नेगरी सिञ्चाइ तथा विद्युत् उत्पादनको बहुपक्षीय आयोजनाका रूपमा त्यसलाई निर्माण गर्नेतिर समेत दुवै मुलुक जुट्नु बुद्धिमत्ता हुन्छ । यसका लागि यस सद्भाव भ्रमणले समेत आधारशिला मजबुत पारेको ठान्न सकिन्छ ।
नेपालमा जलस्रोतको अपार सम्भावना भएर पनि सीमित पुँजी र अस्थिर राजनीतिक कारणले विद्युत्को उत्पादन आवश्यकताअनुरूप पनि गर्न नसकिरहेको वस्तुस्थिति सर्वविदित छ । अपार नदीनाला तथा पानीको भरपूर उपयोग गर्न नसकिएर अन्धकारमा बस्नुपरेको तथा विद्युत् अभावकै कारण उद्योगधन्दा चलाउन नसकिएको परिस्थिति एवम् उदाहरण हामीकहाँ छ । झण्डै २५ वर्ष पहिले अरुण जलविद्युत् आयोजना निर्माण गर्नेसम्बन्धमा संसद्मा प्रस्ताव पेस हुँदा जलमाफियाको फन्दामा परेर उक्त आयोजना निर्माणमा रोक लगाइएको थियो । यदि त्यतिबेला नै त्यतिबेलाको प्रतिपक्ष दल नेकपा एमालेले जलमाफियाको लहैलहैमा लागेर आयोजना नै बन्न नदिनेगरी आन्दोलनमा नलागेको भए तथा त्यसको विरोधमा रत्नपार्कलगायतका सडकपेटीका रेलिड. भाँच्ने, सडक भत्काउने काम नगरेको भए आज मुलुक अन्धकारमा बस्नुपर्दैनथ्यो र यसबाट मुलुकलाई चौतर्फी फाइदा पुग्ने थियो । त्यसो नभएको भए सायद अन्य राजनीतिक आन्दोलनबाट माओवादी आन्दोलनको पनि आवश्यकता पथ्र्यो, पर्दैनथ्यो भन्नेबारे शङ्का गर्न सकिन्छ । यो दूरदृष्टि त्यतिबेला राखिएन । अब भने त्यो चेत सबैमा खुल्न थालेको छ । मोदीले पहिलेको भ्रमणमा पनि पानीको बहुपक्षीय समुचित उपयोगमा हाम्रो मुलुकको ध्यानाकृष्ट गरेकै हुन् र अहिले पनि थप एक पाइला अघि सरेर त्यो पहल गरेकै छन् । हाम्रा प्रम केपी ओलीले पनि भारतमा यसअघि भ्रमणमा जाँदा त्यो कदम लिएकै कारण यी सबै सम्भावनाका रेखा कोरिएका हुन् भन्न सकिन्छ । यसैको निरन्तरतास्वरूप पछिल्लोपटक मोदीको नेपाल भ्रमणक्रममा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास सम्पन्न गरिएको छ । यसले दुवै मुलुकको आपसी विश्वास बढाउनुका साथै जनस्तरको सद्भावमा समेत थप मजबुती तुल्याएको मान्न सकिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना