समृद्धिको बाटो.


nagendra raj paudel_1नगेन्द्रराज पौडेल

 

संविधानसभाबाट संविधान बनाउने नेपालीको रहर २००७ सालदेखिको हो । प्रजातन्त्रका पिता भनिने राजा त्रिभुवन र विकासका पर्याय ठानिएका अर्का राजा महेन्द्र दुवैले जनताको यो सपना तुहाइदिए । २०४६ को आन्दोलनपछि पनि राजाद्वारा बनाइएको आयोगले नेपाल अधिराज्यको संविधान २०४७ बनाएर जारी गरियोे । कतिपय राजनीतिक दलले यो संविधानलाई विश्वकै उत्कृष्ट संविधान मान्दै प्रशंसा गर्न थाले भने संयुक्त जनमोर्चा नेपालका नामबाट २०५२ माघ २१ गते ४० बुँदे माग पेस भयो । संविधानसभाको एजेन्डा पनि यसमा
प¥यो । फागुन १ गतेबाट जनयुद्ध शुरु भयो । राजा ज्ञानेन्द्रले २०५९ असोज १८ हुँदै २०६१ माघ १९ गते प्रत्यक्ष शासन शुरु गरे । अलि–अलि भएको प्रजातन्त्र पनि ‘कू’ भयो ।
माओवादी र तत्कालीन सात दललाई ज्ञानेन्द्रको यो कदमले नजिक्यायो । कार्यगत एकताको ढोका खुल्यो । २०६२ मङ्सिर ७ गते सात दल र माओवादीबीच १२ बुँदे सम्झौता भयो । यो सम्झौताले संविधानसभाबाट संविधान निर्माण गर्ने माओवादीको यात्रालाई अनुमोदन ग¥यो । सात दल र माओवादीबीच २०६२ चैत २४ गतेबाट संयुक्त रूपमा दोस्रो जनआन्दोलन शुरु गरियो । २०६३ सालको वैशाख ११ मा आइपुग्दा राजा ज्ञानेन्द्रले देशवासीका नाममा सम्बोधन गरी विघटित प्रतिनिधिसभा ब्युँताए । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकले संविधानसभामार्फत संविधान बनाउने सङ्कल्प प्रस्ताव पास ग¥यो ।
२०६३ मङ्सिर ५ गते माओवादीका तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच विस्तृत शान्ति सम्झौता भयो । माओवादीको आन्दोलनले औपचारिक रूपमा नै विश्राम लियो । २०६३ माघ १ गते अन्तरिम संविधान बनाई जारी गरियो । २०६४ पुस १३ गते संसद् बैठकले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जाने सङ्कल्प प्रस्ताव पास ग¥यो । यसअघि यही माग राखेर संविधानसभाको निर्वाचन पूर्व नै गणतन्त्र सुनिश्चित गर्नुपर्ने मागसहित सरकारमा सहभागी माओवादी सरकारबाट बाहिरिसकेको थियो । यहाँ पनि माओवादीको संविधानसभाको निर्णय पूर्व गणतान्त्रिक यात्राको थालनीलाई अरू दलले अनुमोदन नै गरी अघि बढे ।
‘मधेश आन्दोलन’ समेतलाई मध्यनजर गर्दै २०६४ फागुन १६ गते सङ्घीयतामा जान दलहरू सहमत भए । सबै दल २०६४ चैत २८ गतेलाई तोकिएको संविधानसभा निर्वाचन सफल पार्न लागे । निर्वाचन भयो ६१ दशमलव ७० प्रतिशत मतदाताले मतदान गरे । माओवादी पहिलो दल बन्यो । २०६५ जेठ १५ गते बसेको पहिलो संविधानसभाको बैठकद्वारा २४० वर्ष लामो इतिहास बोकेको राजतन्त्र पmालियो । २०६५ जेठ २९ गते ज्ञानेन्द्र शाह राजदरबारबाट बाहिरिए ।
वि.सं. २०६५ साउन ३१ गते प्रचण्ड प्रधानमन्त्री बन्नुभयो । २०६६ वैशाख २० गते सरकारले सेनापति हटाउने निणर्य ग¥यो । राष्ट्रपति डा. रामवरण यादवद्वारा निर्णय उल्टाइयो । सरकारले वैशाख २१ गते राजीनामा दियो । माओवादी सडकबाटै सत्ताकब्जा गर्ने भन्दै आन्दोलनमा उत्रियो । २०६६ जेठ ९ गते माधवकुमार नेपाल प्रधानमन्त्री बन्नुभयो तर तोकिएको समयमा संविधान बनेन । राजनीतिक दलबीच पाँच बुँदे सहमति भई संविधानसभाको कार्यकाल एक वर्ष बढाइयो । २०६८ माघ २० गते झलनाथ खनाल प्रधानमन्त्री बन्नुभयो । २०६८ भदौ ११ मा डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुभयो । प्रधानमन्त्री धेरै बने पनि संविधान बन्न सकेन । २०६८ मङ्सिर ९ गतको सर्वोच्च अदालतबाट २०६९ जेठ १४ गतेभन्दा पछि संविधानसभाको म्याद बढाउन नमिल्ने गरी आदेश भयो । संविधानसभाले मृत्युवरण गर्न पुग्यो । प्रधानमन्त्री डा. भट्टराईले मङ्सिरमा अर्को संविधानसभाको चुनाव प्रस्ताव गर्नुभयो तर विरोध भयो । फेरि अर्को चमत्कार भयो । चैत १ गते प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री बन्नुभयो । माओवादीको मोहन वैद्य समूह चुनावको विपक्षमा गयो । २०७० मङ्सिर ४ गते दोस्रो संविधानसभाको चुनाव भयो । ७८.७४ प्रतिशत मतदाताले मतदान गरे । माघ २७ गते सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो ।
वि.सं. २०७० चैत १४ गते बसेको दोस्रो संविधानसभाको पहिलो बैठकबाट पहिलो संविधानसभाले यसअघि गरेका कामको स्वामित्व लिने निर्णय ग¥यो । संविधान निर्माण हेतु यो निर्णय निकै उपयोगी साबित भयो । दलबीच द्वन्द्व बढ्यो । २०७२ वैशाख १२ मा भूकम्प गयो । फेरि दलहरूलाई एक जुट भई संविधान निर्माण गरी जारी गर्न यो भूकम्प वरदान साबित नै भयो । जेठ २५ मा प्रमुख दलबीच १६ बुँदे सहमति बन्यो । संविधान निर्माणको आधार तयार भयो । २०७२ असोज ३ गते संविधानसभाको १३५ औँ बैठकबाट इतिहासको सातौँ र संविधानसभाबाट निर्मित पहिलो संविधान जारी भयो । नेपाली जनता साँच्चिकै सार्वभौम भए, मालिक बने ।
लगभग ९० प्रतिशत सांसदहरूको हस्ताक्षरबाट जारी उक्त संविधानलाई आरम्भमा मधेशकेन्द्रित दलहरूबाट विरोध गरिए पनि संविधान क्रमशः संशोधन गर्दै यसमा देखिएका कमी–कमजोरी सुधार्दै जाने शर्तमा संविधान कार्यान्वयनका लागि यसअघि सम्पन्न सबै खालका चुनाव र तत््सम्बन्धी गतिविधिमा उनीहरूको पनि उल्लेख्य सहभागिता रहेकोले अब संविधान कार्यान्वयनमा खासै उल्झन नरहेको प्रस्ट हुन्छ । २०७४ वैशाख ३१ ,असार १४ र असोज २ गते सम्पन्न ७५३ स्थानीय तहको निर्वाचन शानदार रूपमा सम्पन्न भएको छ । एक करोड ४० लाख ५४ हजार ४८२ मतदातामध्ये लगभग ८० प्रतिशत मतदाताले मतदानमा भाग लिए । २०७४ मङ्सिर १० र २१ गते २ चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको छ । यसैबीच निर्वाचित प्रतिनिधिद्वारा राष्ट्रियसभा समेतको निर्वाचन सम्पन्न भइसकेको छ । यी सबै निर्वाचनमा जनताको उल्लेख्य उपस्थिति र सहभागिता देखिएबाट अब राजनीतिक क्रान्तिको चरण पूरा भएकोले देशले अब विकासको चरण पछ्याउनुपर्छ भन्ने कुराको छनक दिन्छ ।
अबको युग विकास र समृद्धिको हो । विगतका तितामीठा कुरा र व्यवहारलाई भुलेर सरकार, प्रतिपक्षी तथा आमनागरिकसमेतको तन, मन र विचार विकास र समृद्धितर्फ नै लक्षित हुनुपर्छ । विगतदेखिका राजनीतिक एजेन्डा अब लगभग सकिइसकेका छन् । देशले एउटा गारेटो समातेको छ । समग्रमा जित देशकै भएको छ । लोकतान्त्रिक पद्धति संस्थागत हुन थालेको छ । लोकतन्त्रका आधारस्तम्भ मानिने आवधिक निर्वाचन, बहुमतको शासन, प्रतिपक्षीको रचनात्मक सहयोग र सम्मान आत्मसात् गरिनैपर्छ । अबको चासो विकास र समृद्धिका लागि हुन जरुरी छ । मुलुक विकासका चरणमा प्रवेश गरी नै सकेको छ । सबै मिलेर अघि बढ्नु नै आजको आवश्यकता हो ।
दिगो विकासका १७ वटा लक्ष्यमध्ये गरिबीलाई शून्यमा झार्ने पहिलो लक्ष्य नेपालले अङ्गीकार गरेको छ । सन् २०३० सम्म यो लक्ष्य पूरा गर्नुपर्ने हुन्छ । हाल २१ दशमलव ६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि छ । आज प्रतिदिन विदेशिने युवाको सङ्ख्या दैनिक एक हजारभन्दा बढी छ । यसलाई रोक्नु छ । हालै अमेरिकाले नेपाली आप्रावासीलाई प्रदान गर्दै आएको अध्यागमनसम्बन्धी अस्थायी संरक्षणको व्यवस्था टेम्पोरोरी प्रोटेक्टेडद स्टाटस (टीपीएस) को सुविधा खारेज गरेको छ । स्वदेशमा युवा टिकाउका लागि यो पनि एउटा अवसर बन्न सक्नुपर्छ । प्रतिव्यक्ति आम्दानी ८६२ अमेरिकी डलरबाट बढेर १००४ पुगेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । सरकारका लागि यो पनि खुसीकै कुरा हो । अब युवालाई पलायन हुनबाट रोक्ने कार्यक्रम अघि सार्नुपर्छ । स्वदेशमै स्वरोजगारका लागि बग्रेल्ती कार्यक्रम अघि सारी कृषि, उद्योग र पर्यटनमा जोड दिई प्रतिव्यक्ति आम्दानी बढने गरी थप कार्यक्रम ल्याउन आवश्यक देखिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना