प्रधानमन्त्रीद्वारा लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी

भक्तपुर, वैशाख ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचार गराइरहनुभएका लामिछानेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका प्रधानमन्त्री ओलीले चिकित्सकहरुसँग समेत उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

प्रधानमन्त्री ओलीले लामिछानेका परिवारसँग समेत भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

लामिछाने भक्तपुर क्षेत्र नं १ (ख)बाट नेकपा (एमाले)का तर्फबाट विजयी हुनुभएको थियो । हाल उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । (रासस) 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना