महिनामा एक लाख पर्यटक


विश्वास रेग्मी

काठमाडौँ, जेठ ३ गते । पर्यटक आगमनमा अघिल्लो वर्ष नयाँ रेकर्ड कायम गरेको नेपालले सन् २०१८ यता प्रत्येक महिना मासिक औसत एक लाख पर्यटक स्वागत गरेको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार जनवरीदेखि अप्रिल महिनासम्म तीन लाख ८५ हजार ९०५ जना विदेशी नेपाल भित्रिएका छन् । गड्डाचौकी, धनगढी, रसुवागढी, बेलहिया, जमुनाहा, काँकडभित्ता र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सो सङ्ख्या बराबरका पर्यटक भित्रिएको विभागले जनाएको छ ।
विभागका अनुसार जनवरीमा मात्रै ७३ हजार १८७ पर्यटक नेपाल भित्रिएका छन् । त्यसमध्ये ५७ हजार ५५५ विमानस्थलबाट र १२ हजार ९९६ बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका छन् । रसुवागढीबाट उक्त महिना एक हजार ५८४, काँकडभित्ताबाट ८३०, गड्डाचौकीबाट १७८, जमुनाहाबाट ३९ र धनगढीबाट पाँचजना प्रवेश गरेको तथ्याङ्क छ । त्यस्तै फेब्रुअरीमा नेपाल भित्रिएका ८९ हजार ३३९ विदेशीमध्ये विमानस्थलबाट ६६ हजार १८५, बेलहियाबाट २१ हजार ३७२, रसुवागढीबाट ८३४, काँकडभित्ताबाट ६९६, गड्डाचौकीबाट दुई सय, जमुनाहाबाट ५० र धनगढीबाट दुई जना रहेका छन् । tourist
मार्चमा एक लाख २४ हजार ६८६ जना विदेशी नेपाल भित्रिएको विभागको तथ्याङ्क छ । त्यसमध्ये ९३ हजार २५८ जना विमानस्थल र २९ हजार ९६० जना रूपन्देहीको बेलहियाबाट नेपाल प्रवेश गरेका छन् ।
अप्रिलभर पनि नेपालले करिब एक लाख पर्यटकको स्वागत गरेको छ । विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका मुख्य नाकाबाट अप्रिलमा विभिन्न ११३ देशका ९८ हजार ६९६ जना पर्यटक नेपाल भित्रिए । यो सङ्ख्या अघिल्लो वर्षको अप्रिल महिनाकै तुलनामा ११.४ प्रतिशतले बढी हो । हिमाल आरोहणको सिजनका रूपमा पनि अप्रिलमा पर्यटकको आगमन बढी रहन्छ ।
अप्रिलमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । विभागका अनुसार १६ हजार ६१२ जना भारतीय पर्यटक नेपाल प्रवेश गरेका छन् । त्यस्तै दोस्रो स्थानमा रहेको चीनबाट १२ हजार ५५२ पर्यटक नेपाल आएका छन् । चीनबाट आएका पर्यटकको सङ्ख्या अघिल्लो वर्षको अप्रिल महिनाकै तुलनामा ४६ प्रतिशतले बढी हो । भारतसहित सार्क देशबाट २० हजार ३५० पर्यटक नेपाल आएको तथ्याङ्क छ । चीनसहित सार्क बाहेक एसियाका अन्य देशबाट २३ हजार ९९३ पर्यटक नेपाल आएका छन् । युरोपबाट २६ हजार ५०२ जना पर्यटक भित्रिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै संयुक्त अधिराज्यबाट छ हजार ७२ जना पर्यटक नेपाल आएका छन् । यद्यपि यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा सात प्रतिशतले कम हो । संयुक्त राज्य अमेरिकाबाट आठ हजार १९१ र क्यानाडाबाट १८२६ पर्यटक नेपाल भित्रिएका छन् । अस्टे«ेलिया र न्युजिल्यान्डबाट कुल चार हजार ५६२ पर्यटक नेपाल भित्रिएको विभागले
जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना