छ सय लिटर नक्कली महसहित दुईजना पक्राउ

mahaनेपालगञ्ज, जेठ ३ गते । बाँकेमा नक्कली महको कारोबार अत्यधिक बढेको पाइएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले लामो समयदेखि नक्कली महको कारोबार गर्दै हिँड्ने दुई जना भारतीयलाई ठूलो परिमाणको नक्कली महसहित पक्राउ गरेपछि सो खुलासा भएको हो । 

प्रहरीले उनीहरूको साथबाट ६२९ लिटर गुणस्तरहीन मह बरामद गरेको जनाएको छ । कोहलपुर नगरपालिका वडा नं. ९ झन्डहवाबाट अवैध रूपमा भारतबाट गुणस्तरहीन मह र त्यसमा मिसावट गर्ने विभिन्न सामान ल्याई मिसावट गरिरहेको अवस्थामा प्रहरीले मिसावट गरेको ६०९ लिटर नक्कली मह बरामद गरेको जनाएको छ । भारतको खलिलावाद घर भई अस्थायी रूपमा कोहलपुर नगरपालिका–८ मा बसोबास गर्दै आएका ४८ वर्षीय अलाउद्दिन अन्सारी र वर्ष १८ को राजु अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूका साथबाट १५ लिटरका ४० वटा ग्यालिन र एक लिटरका २९ बटा बोतलमा गरी जम्मा ६२९ लिटर तयारी मह र मह मिसावट गर्ने चुकजस्तो तरल पदार्थ एक ग्यालिनमा रहेको १५ लिटर पनि प्रहरीले बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष टोलीले सो नक्कली र गुणस्तरहीन मह बरामद गरेको हो । सो मह बेच्न हिँडिरहेको समयमा उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताउनुभयो ।
सो महको अवस्था पत्ता लगाउन खाद्य तथा गुण नियन्त्रण कार्यालयमा आवश्यक कारबाहीका लागि पठाइएको उहाँले बताउनुभयो । उहाँले उनीहरूसँगै सोही काम गर्ने अरू मानिस पनि रहेको जानकारी आएकाले उनीहरूको पनि खोजी कार्य भइरहेको बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना