वर्षाले मकै भित्र्याउन समस्या


makai_2इनरुवा, जेठ ४ गते । सुनसरीका किसानले लगाएको मकै भित्र्याउन समस्या देखिएको छ । लगातारको वर्षाले खेतबारीका नै मकै कुहिन थालपछि भित्र्याउन समस्या भएको किसानले बताएका छन् । किसानले गहँु छोडेर मकै बाली लगाएकोमा यस वर्ष वैशाखको सुरुदेखि नै लगातार जस्तो वर्षा भएकाले मकै भित्र्याउन समस्या भएको हो । 

जिल्लाको १२ हजार हेक्टर क्षेत्रफलमा मकै बाली लगाइएकोमा मौसमले साथ नदिँदा मकै भित्र्याउन समस्या भएको कृषि विकास अधिकृत राजकान्त झाले बताउनुभयो । झाका अनुसार धेरै किसानले गहुँ छोडेर मकै बाली लगाएको तर मौसमले साथ नदिँदा समस्या भएको छ ।
किसानले पाकेर भित्र्याउन ठिक्क परेको बेला लगातारको वर्षा र असिनापानीले भित्र्याउन समस्या भएको किसान सियाराम यादवले बताउनुभयो । यादवका अनुसार विभिन्न गाउँपालिका र नगरपालिका क्षेत्रमा लगाइएको मकै बालीमा वर्षाको पानीले क्षति गर्नुका साथै बाँकी रहेको मकै भित्र्याउनसमेत समस्या भएको छ ।
कृषि प्राविधिक भुवनेश्वर यादवका अनुसार हरिनगर गाउँपालिकासहित विभिन्न वडामा किसानले लगाएको मकै बालीमा वर्षाको पानीले क्षति गरेकाले दुई करोडभन्दा बढीको नोक्सानी भएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना